राष्ट्रपति डा. रामवरण यादवले राजनैतिक व्यवस्था स्थिर हुन नसक्दा देश विकासको गतिमा पछि परेको बताउनुभएको छ । अन्तराष्ट्रिय युवा दिवस २०१२ का अवसरमा आज युवा तथा खेलकुद मन्त्रालय र नेपाल युवा संस्था सञ्जाल (आयोन)ले आयोजना गरेको युवा भेटघाटमा बोल्दै यादवले नेपालमा श्रोत साधनको प्रयाफ्तता भएपनि राजनीतिक अस्थिरताका कारण वर्षेनी युवाहरु कामको खोजीमा विदेसिनु परिरहेको बताउनुभयो । यादवले भन्नुभयो “हामीले लोकतन्त्र गणतन्त्र भन्यौं तर हामी कहिल्यै पनि स्थिर हुन सकेनौं । यसले गर्दा हामी सधैं ढलमल स्थितीमा रह्यौं” ।
![]() |
राष्ट्रपतिसँग सामुहिक फोटो खिचौन्दै युवाहरु : फोटो AYON |
भेटघाटमा वोल्दै नेपाल युवा संस्था सञ्जाल आयोनका अध्यक्ष प्रदिप परियारले अहिले नेपालमा युवाहरुको संख्या झण्डै ४० प्रतिशत रहेको र यो अवस्था देशको विकासका उपयुक्त अवसर हुने भएपनि युवाका लागि देशमा प्रयाप्त अवसर नभएको कारण धेरै युवा वैदेशिक रोजगारमा संलग्न हुनुपरेको वताउनुभयो । उहाँको अनुसार हाल नेपालमा अतिरिक्त युवा जनसंख्या भएकाले यस समयलाई सदुपयोग गर्न सकेमा देशको मुहार परिवर्तन गर्न सकिने बताए । साथै “युवाका लागि राज्यले गर्न खोजेका केही कार्यक्रम पनि प्रभावकारी हुन सकेका छैनन । सरकारले युवाहरुका हितमा सञ्चालन हुने गरि युवा स्वरोजगार कोषको स्थापना गरेपनि सहि सदुपयोगहुन सकेन” परियारले भन्नुभयो ।
कार्यक्रममा युवा मन्त्रालयका सचिव शुसिल घिमिरे, नेपाल युवा संस्था सञ्जालका बृजकुमार कुशवाहा, शुसिला केसी लगायतले वोल्नुभएको थियो । नेपालमा यस वर्षको युवा दिवस “समृद्ध नेपाल निर्माणमा युवासंग साझेदारी” भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरि मनाँईदैछ । युवा दिवसको अवसरमा युवा मन्त्रालय र नेपाल युवा संस्था सञ्जाल (आयोन)ले युवा दिवसको दिन साउन २८ गते ¥याली, सडक नाटक तथा नेपालका पूर्व प्रधानमन्त्री संग युवा नेता संग छलफल गर्ने लगायतका कार्यक्रमहरुको आयोजना गर्दैछ ।
No comments:
Post a Comment