• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

युवा शसक्तिकरण कसरी ? के छ नेताको विचार ?

   लम्बेतान बोलिरहने नेताहरुलाई संचालकले 5 मिनेटको समय सिमा तोकिदियापछी कर्यम्मा बोल्ने नेता अलमल मा परे . यसले गर्दा कार्यक्रम  समयमा नै सकियो .  सहभागीहरु नेताक कुरा भन्दा कुटुम्ब ब्यान्डको सांगीतिक माहोलमा झुम्न बढी नै आतुर थिए .
    सधैंझै नेपालमा पनि यस वर्ष अगष्ट १२ को दिन युवा दिवस मनाइयो । झण्डै ४० प्रतिशतको संख्यामा रहेको युवा शसक्तिकरणका लागि राज्य तथा राजनैतिक दलले के गर्न सक्छन । यसै विषयमा नेपाल युवा संस्था सञ्जाल आयोनले छलफल कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको सञ्चालन नारायण श्रेष्ठले गरेको थिए ।
प्रदिप परियार
अध्यक्ष,नेपाल युवा संस्था सञ्जाल आयोन
युवाहरुको सशक्तिकरणका लागि नेतृत्व हस्तान्तरण हुनु आवाश्यक हुन्छ । नेतृत्व नदिको पानी जस्तै होस जुन निरन्तर परिर्वतन हुनु पर्छ । त्यसैकारण मैले नेतृत्व गरिरहेको नेपाल युवा संथा सञ्जाल(आयोन)मा यो साधारण सभावाट म नेतृत्व हस्तान्तरण गर्दैछु ।
आजको कार्यक्रमको बारेमा मैले फेसबुकमा पनि जानकारी राखेको थिएँ । त्यसमा पूर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल, माधव नेपाल, शेर वहादुर देउवा लगायतका नेताहरु कार्यक्रममा सहभागि हुने कुरा जानकारी राखेको थिएँ । एकजना मित्रले त्यसमा प्रतिक्रिया दिंदै हामीले त सधैं नेताका कुरा सुनेकै त छौं नी । नयाँ केही रैनछ म आउन्न भनेर भन्नुभयो । यसबाट राजनैतिक नेताहरुलाई नेतालाई ठाँउ दिएकोमा युवा साथीहरुले मन नपराएको वुझ्न सकिन्छ ।
नयाँ नेतृत्व जन्माउने कुराका लागि सबैले भूमिका खेल्नुपर्छ । एक पक्षमात्रै लागेर नयाँ नेतृत्व विकास गर्न धेरै अप्ठ्यारो छ ।
जुनसुकै मुलुकमा पनि जनसंख्याको ४० प्रतिशत युवा जनसंख्या हुनु एकदमै महत्वपुर्ण कुरा हो । यस अवस्थामा युवाहरुलाई सहि परिचालन गर्न नसकिए द्धन्दको अवस्था आउने विज्ञहरुको भनाई छ । अहिले नेपालमा पनि ४० प्रतिशतको हारहारीमा युवा जनसंख्या छ । यसलाई वोनस अवस्थाको रुपमा लिन सकिन्छ । ३० लाख भन्दा वढि युवा विदेश भएका कारण नेपालमा द्धन्द नभएको हो । नत्र नेपालमा पनि हिंसात्मक द्धन्द सुरु भइसक्थ्यो ।
हिजो हामीले गाली गरेर समय कटायौं । राजनैतिक दल, संघ संस्था सबैले यस्तो गरेनन उस्तो गरेनन भन्दैमा हाम्रो समय वित्यो । आज पनि हामीले गाली नै गरेर वस्ने हो भने देशको विकास सम्भव छैन । देशलाई राम्रो बनाउन मैले के गर्नसक्छु भनेर सोच्ने वेला आएको छ । हामी के गर्न सक्छौं भनेर सोचौं ।

अभिषेक प्रताप शाह 
नेता, मधेसी जनाधिकार फोरम
देशवाट अहिले धेरै युवाहरु वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन । हामीले हाम्रा नेताहरुलाई यसका वारेमा धेरैपटक कुरा गरेका छौं तर उहाँहरुले यसमा ध्यान दिन सक्नुभएको छैन । जतिसुकै कुरा गरे पनि देशमा आर्थिक विकास नहोउञ्जेल युवाहरु कामको खोजीमा विदेश गइरहनेछन । कसैले रोक्न सक्दैन ।
समृद्ध राष्ट्र निर्माणका लागि आर्थिक वृद्धिलाई प्राथमिकतामा राख्नै पर्छ । 
म अर्थशास्त्रको विद्यार्थी पनि हुँ । आर्थिक वृद्धिलाई प्रथमिकता नदिए राष्ट्र अगाडी वढ्दैन । देशको मूख्य समस्या भनेको हाम्रा नेताहरुले दीर्घकालिन दृष्टिकोण नराख्नु हो । हाम्रा नेताहरुसंग दृष्टिकोण छैन । नेपालमा धेरै सम्भावना भएका क्षेत्र भनेका जलविद्युत र पर्यटन हुन । यस क्षेत्रमा धेरै काम गर्न सकिन्छ । यसो भयो भने वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्छ ।
अगुवा नेता तथा युवा नेताले आर्थिक वृद्धिलाई प्रमुख प्राथमिकतामा राख्न नसके नेपालको भविष्य उज्जवल छैन । अगुवाले वुझ्नपर्छ ।
आर सि शर्मा 
नेता, वाइसिएल
समृद्ध नेपालका लागि युवा साझेदारी भन्ने कार्यक्रमको विषय नै महत्वपूर्ण छ भन्ने मलाई लाग्छ । युवाहरु आफ्नो मात्र नभई देशको मुहार फेर्न सक्षम रहेको कुरा पटक पटक प्रमाणित भइसकेको छ । आन्दोलनहरुमा युवाहरुको सहभागिताले यसलाई पुष्टि गर्छ ।
आन्दोलन हुँदा युवाहरुले उठाएका मागहरु सम्बोधन हुँदैनन । आन्दोलनमा युवाहरुको प्रयोगमात्रै हुने अवस्था छ अहिलेसम्म ।  युवा सधैं आन्दोलनमा हुनुपर्ने अवस्थामा परिवर्तन गर्नु आवाश्यक छ । युवाहरु पटक पटक आन्दोलनमा जानुपर्ने अवस्था अन्त गर्नु जरुरी छ ।
युवा शसक्तिकरणका लागि हरेक क्षेत्रमा युवा प्रतिनिधित्व आवाश्यक छ । पार्टीको नेर्तत्वमा ३ मा एक युवा हुनुपर्ने व्यवस्था गर्नुपर्छ । यसले मात्रै युवाहरुको शसक्तिकरणका लागि योगदान गर्न सक्छ । युवालाई भविष्यको कर्णाधार मात्र हैन वर्तमानको साझेदार वनाउनुप¥यो । आन्दोलनमा युवाको भूमिका महत्वपूर्ण छ । तर उपलव्धी पाएपछि वेवास्ता गरिन्छ । यसका कारण युवा मारमा परेका छन ।
तपाँईहरुको पार्टिको अधिवेशनमा तन्नेरीलाई कति ठाँउ दिईन्छ त ?
अवश्य पनि दिन्छ । धेरै युवाहरु नेतृत्वमा आँउछन । म पनि आँउदैछु ।
गरिविका विरुद्ध युवाहरु केन्द्रित गर्नुपर्छ । देशमा रहेको गरिबी निवारणका लागि युवाहरु परिचालन गरिनुपर्छ । खाडिमा जाने युवाहरुलाई झाडीमा र कोरिया जाने युवाहरुलाई खोरीयामा परिचालन गर्ने कार्यक्रमहरु आवाश्यक छ ।
रविन्द्र अधिकारी 
युवा नेता, ने क पा एमाले 
राजनीतिमा युवा साझेदारीको कुरा गर्दा राजनीति ठीक नभए अरु कुरा ठीक हुन सक्दैन । त्यसैकारण सबैभन्दा पहिला राजनीति सहि हुनुप¥यो । अहिले राजनीतिमा युवा कारिन्दा जस्तै भएका छन । उनिहरु आफैंले केही गर्न सक्ने अवस्था छैन । युवाहरुमा हुने सिर्जनात्मक क्षमतालाई राजनीतिले प्रयोग गर्न सकेन ।
वैदेशिक रोजगारमा जाने युवाहरुलाई रोक्ने भनेर मात्रै हुन्न । त्यसका लागि युवालाई देशमा नै केही गर्न सकिन्छ भन्ने सम्भावना देखाउनुप¥यो । अहिले नेपालको राजनीति खुद्रा कुरामा अल्झिएको छ । यसले गर्दा युवालाई आश्वस्त वनाउन सकिएन । राजनीति ठीक नभए कुनै कुरा ठीक हुन्न । राजनीतिको सुधारका लागि युवालाई राजनीतिक वृतमा ल्याउनुपर्छ । अनीमात्र राजनीति सुधार हुन्छ ।
पार्टीहरुले युवा सोचको दुरुपयोग गरेका छन । यो अवस्था फेरिनुपर्छ । पुरानो नेतृत्वलाई अयोग्य भन्दैमा हामीले खोजेका कुरा पाईन्न । काम गर्छु भनेर आशा गर्नेहरुलाई अयोग्य भन्न मिल्दैन । नसक्ने काम पनि गर्छु भनेर वसिराख्नेहरु चाँही अयोग्य हुन । युवाहरुको शसक्तिकरणका युवाहरुले प्रतिनिधित्व गर्ने वातावरण वनाउनुप¥यो पार्टीहरुले । युवाहरु कृयाशिल भएर राजनीतिमा नलागे दलहरु सुधार हुन सक्दैनन । त्यसैकारण युवाहरु राजनीतिमा आउनुप¥यो । युवा शसक्तिकरणका लागि पहिलो शर्त राजनीतीमा युवाको सहभागीता दोश्रो शर्त क्षमता । नेतृत्वमा पुग्नलाई युवाहरुले कसरत गर्नुप¥यो ।
गगन थापा 
युवा नेता, नेपाली कांग्रेस
केही दिन अगाडी मलाई एउटा कार्यक्रममा सहभागीताका लागि आमन्त्रण गरियो । काठमाण्डौ महानगरपालिकावाट उमेर हदका कारण अनिवार्य अवकाश पाएका व्यक्तिको विदाई कार्यक्रम रहेछ । मैले साथीहरुलाई सोधें । कार्यक्रमका वारेमा । महानगरपालीकामा कुचीकारको काम गर्ने कर्मचारी रामकाजी गुरुङ्ग ५८ वर्ष पुगेपछि सरकारले उनलाई उमेर हदका कारण अनिवार्य अवकाश दिएको रहेछ । 
उनका आँखा कमजोर भए । उनले फोहोर उठाउन सक्दैनन । उनले शारिरिक श्रम गर्न सक्दैनन् भनेर राज्यले उनलाई अवकाश दिएको हो । यहि कुरा राजनीतिमा किन लागु नहुने । मेरा अग्रज नेताहरु यहिं हुनुहुन्छ उहाँहरुलाई पनि मेरो प्रश्न यहि हो । मेरो कुरा गर्नुहुन्छ भने म ५८ वर्ष भन्दा वढि राजनीति गर्दिन । म भन्दा योग्य अरु आँउछन । उनिहरुका लागि हामीले ठाँउ छोड्नुपर्छ ।
हामीले राजनीतिमा सबै भाग मागेका छैनौं । हामीले साझेदारी खोजेको हो त्यो पाएनौं । साथीहरुले हामीलाई भन्नुहुन्छ तिमिहरु त दलमा छौ, किन काम नगरेको ? हो हामी दलमा छौं तर ठाँउ दिइएको छैन । हामीले सबै क्षेत्रमा युवाहरुको भुमिका चाहियो भन्ने कुरा उठाएका हौं ।
सबै कुरामा हाम्रो मात्रैदोष देखाएर हुँदैन । मेरो एउटा प्रश्न छ निर्माणका पक्षमा युवाहरु किन नजुटेको ? सरकार भत्काउनका लागि आन्दोलन गर्न संगठन छ । समर्थन गर्न त संगठन छ ? त्यसमा पनि धेरै युवाहरु नै छन ।
समाजप्रतिको जिम्मेवारी वोध हुनुप¥यो तन्नेरीहरुसंग । नेपालको सम्पन्नता नेपालीको प्रशन्नतामा निर्भर छ । नेपालमा रहेका युवाहरु अहिले आफैंमा प्रशन्न छैनन । कम पढेकाहरु खाडी जान आतुर छन । अलि धेरै पढेकाहरु युरोप अमेरीका तिर । अनि नेपाल बनाउनु पर्छ भनेर अगुवाई गर्ने कस्ले ? प्रशन्न हुन नसके उपलव्धीको काम छैन ।
हामीले गएको वर्ष गरेका कामका वारेमा आफैलाई प्रश्न गरौं । आफुलाई हित हुने काम हैन । गएको वर्ष हामीले समाजका लागि २ ओटा काम के गर्यौं । यसरी सोच राख्ने हो भने मात्र समाज विकास हुन सक्छ ।
सरिता गिरि 
अध्यक्ष,  नेपाल सद्भावना पार्टी
आज विहानी म किताव पढ्दै थिएँ जर्ज वर्नाड शाहको । त्यसमा मन परेको कुरा यहाँ राख्न मन लागेको छ । त्यसमा लेखिएको थियो । २ प्रतिशत सोच्छन ३ प्रतिशत मैले सोचेको अनुभव गर्छन ९५ प्रतिशतले सोच्दैनन । सोच्न लगाए आत्महत्या नै गर्छु भन्छन । देशमा अहिले त्यस्तै अवस्था छ । यसलाई परिवर्तन गर्न नसके हामीले खोजेको परिवर्तन सम्भव छैन ।
युवा दिवसका वारेमा युवाहरुको विभिन्न कुरा सुनिन्छ । केही युवाहरु नेता बुढा छन हामीले किन दिवस मनाउने भन्छन । केही युवा हिजो र अस्ति वन्द थियो २ दिनको आजै कमाउन लागेको थिए । नेपालमा अहिले नियम कानुन एकातिर काम कारवाही अर्कोतिर भइराखेको छ । सरकारले खाडीमा काम गर्न जान महिलालाई ३० वर्षको उमेर हदवन्दि लगाइयो । झट्ट हेर्दा यो महिलाको पक्षमा देखिन्छ । यो अर्थराजनीति हो । यसले वेचविखन वढाइरहेको छ । यसका वारेमा साच्ने कम छन ।
अहिले राजनीतिमा २ धार छ । दुवै धार वलिया देखिन्छन । एउटा सरकार हट्नुपर्छ भन्छ । अर्को सरकार बस्नुपर्छ भन्छ । मधेसी नेताहरुको पनि समूह छ हामी तेश्रो धार हो । दुवै पक्ष प्रष्ट नभए हामी कतै जान्नौं ।
मलाई त्यत्तिवेलाको राजनीति राम्रो लाग्यो र म ४६ सालमा राजनीतिमा लागें । त्यतिखेरको संविधान हटाइयो ६३ मा नयाँ आयो । नेताहरुले त्यसलाई वचाउन नसके राजनीति छोड्नुपर्छ ।
अमिक शेरचन 
नेता, एकिकृत नेकपा माओवादी
वर्तमान पनि युवाको भविष्य पनि युवाको । समृद्ध नेपालको निर्माण स्थिर राजनीति भएमात्र सम्भव छ । संविधानसभावाट संविधान वनाउने कुरा को वहस धेरै चल्यो नेपालमा । तर नयाँ संविधान निर्माण नगरी संविधानसभा भंग भयो । नयाँ चुनावको घोषणा पनि भयो । संविधान संसोधन नगरि चुनाव हुने अवस्था छैन । चुनाव नभई स्थिर राजनीतिक व्यवस्था प्राप्त हुन सक्दैन । त्यसकारण केही समय संविधानसभा व्युताएर ऐन संशोधन गरेर त्यसपछि चुनाव गर्नुपर्छ अनि युवामा अधिकार दिन सकिन्छ ।
५८ वर्षपछि राजनीति छोड्नुपर्छ भन्ने कुरामा म सहमत छैन । राजनीति अगाडी वढाउनका लागि वौद्धिक तथा अनुभवशिल नेता आवाश्यक पर्छ ।  युवालाई नेतृत्व वर्गमा ल्याउन कञ्जुश्याई गर्ने पार्टी युवाहरुले छोड्नुपर्छ ।




 माधवकुमार नेपाल 
नेता, ने.क.पा. एमाले
युवा दिवसको दिन सकरात्मक सोच अघि सारेर काम गर्ने आयोनलाई धन्यवाद । नयाँ नेपाल निर्माणका क्रममा हातेमालो गरौं । राजनीति चक्रव्युहमा फसेको अवस्था छ । नेपालको राजनीति लोकतन्त्र भन्दा वाहेक आर्थिक मुद्धामा प्रवेश गर्न सकेन । आर्थिक मुद्धामा काम गर्न नसके कुनै पनि कुरा दिगो हुन्न । स्थिर राजनीतिका लागि हामी चुकेको छौं । नेपालमा लोकतन्त्र संवैधानीक सर्वोच्चता लगायतका कुरा स्विकार गर्ने कुरामा हामीले प्रतिवद्धता व्यक्त गरेका छौं ।
संघियताको मुद्धाले नेपालीहरुविचमा झगडा वा विभाजन ल्याउनु हुन्न । कुनै समय गरिव राष्ट्रका रुपमा रहेका कोरिया, मलेसिया, चिन जस्ता देशहरु अहिले विकासको गतिमा धेरै अगाडी वढिसके । हामीले पनि युवालाई प्रयोग गरेर काम गर्नुप¥यो । प्रतिभावान युवाहरु खोजि गर्न ट्यालेन्ट सर्च जस्ता कार्यक्रमको आयोजना गरेर योग्य मानिसको खोजी गर्नुपर्छ । विकसित देशमा लागु भएका यस्ता कार्यक्रम हामीले पनि लागु गर्न सके राज्य अगाडी जान सक्छ ।
नमरेसम्म कुर्सी नछोडेने प्रकृया वन्द गर्न १ पदमा २ कार्यकाल भन्दा वढि काम गर्न नदिने अवस्था राख्नुप¥यो । काम गर्नेले थोरै समयमा काम गर्छ । २ कार्यकाल भनेको १० वर्ष हो त्यो नै पर्याप्त हुन्छ काम गर्नेहरुलाई । विहारमा नितिश कुमारले काम गरेर देखाए । उनि फेरी दोश्रो कार्यकालका लागि छानीए ।
 म प्रधानमन्त्रि भएको वेला सबै खालका युवासंग छलफल गरेर युवा नीति पास भयो युवा परिषद बनाउन सकिएन । परिषदमा युवाहरुलाई राखेर युवाका समस्याका वारेमा छलफल गराएर राज्यले युवाका लागि कार्यक्रमहरु निर्माण गर्नुपथ्र्यो । हामीले आफ्ना मान्छे हैन पछि परेका र योग्य मान्छेलाई अगाडी ल्याउनुपर्छ । यसका लागि राज्यले २ किसिमका नीति वनाउनुपर्छ । योग्य र सक्षमका लागि र पछि परेका गरिवहरुका लागि । नेपालको भविष्य सुन्दर छ । सबै एकतावद्ध भएर अगाडी वढ्नुपर्छ ।
शेर वहादुर देउवा 
नेता, नेपाली कांग्रेस
३ वर्षअगाडी भारतमा अंग्रेज हट्यो ३ वर्ष पछि नेपालमा राणा शासन । त्यहाँ संविधान वनाइयो सिष्टम अनुसार काम भयो । अहिले त्यहाँ राम्रा काम भइरहेको छन । देश विकासको गतिमा अगाडी छ । नेपालमा ७ सालमा संविधान वन्यो १७ सालमा महेन्द्रले च्याते ४७ सालमा संविधान वनाइयो ६१ सालमा ज्ञानेन्द्रले च्याते ।
नेपालमा वैदेशिक लागनी भित्र्याएर काम गर्न सके अहिलेको अवस्था फेर्न सकिन्छ । त्यसै भएर अहिले हामीले लगानीको वातावरण वनाउनुपर्छ । तर नेपालमा संविधान निर्माण गर्न सकिएन । दलका मुख्य नेताहरुका विचमा मूख्य कुरामा सहमति गरेर संविधान १५ दिनका लागि व्युँझाउनु पर्र्छ । अनि देश अगाडी वढ्न सक्छ । हाम्रो पार्टी कांग्रेसमा २ पटक सभापति उठ्नै पाउन्न यस कारण भविष्य तपाँईहरुको नै हो । नेपालमा युवाहरु धेरै छन जापान लगायतका देशमा आश्रितहरु वढि छन । त्यसैकारण देशको भविष्य उज्जवल छ । युवाहरु आउनुस नेतृत्व गर्नुस, तपाईहरुलाई शुभकामना ।

नेपाल युवा संस्था सञ्जाल आयोनले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा २०६९ साउन २८ गते राष्ट्रिय नाच घर जमलमा आयोजना गरेको छलफल कार्यक्रममा राजनैतीक दलका नेताहरुले राखेको विचारको सम्पादित अंश ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना