नेपाली महिलाहरुले विशेष रुपमा मनाउने हरितालिका तिज आउन अझै केही दिन बाँकी छ । तीजका नाममा विभिन्न कार्यक्रमहरु मनाउने क्रम महिना दिन अगाडीदेखी नै सुरु भइसकेका छन । तीजमा गरिने यस्ता कृयाकलापहरुले चाडपर्वलाई भड्कीलो बनाँउदै लगेको भन्दै चिन्ता व्यक्त गर्नेहरुको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । तर यसरी तीज मनाउने कुराले तीजको महत्व बढाएको र यसले सामाजिक सद्भाव कायम गर्नका लागि पनि सहयोगि हुने धेरैको विश्वास छ ।
यस विषयमा पक्षतर्फ बहसका लागि सहभागि हुनुहुन्छ ।
कार्यक्रम तपाँई डाउनलोड गरेर जुनसुकै समय सुन्न सक्नुहुन्छ ।
यसरी चाडपर्व आउनु अगावै तीजका नाममा हुने क्रियाकलापहरुले समाजमा कस्तो असर पारेका छन त ? कार्यक्रम तार्किक निष्कर्षको यस अंकमा हामी यसै विषयमा छलफल गर्दैछौं । यस पटकको छलफलका लागि हाम्रो विषय रहेको छ । “तीज अगावै तीज मनाउने कार्यक्रमले तीजलाई विकृत बनाएको छ ।” बहसमा विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरु सहभागि हुनुहुन्छ ।
यस विषयमा पक्षतर्फ बहसका लागि सहभागि हुनुहुन्छ ।
- गिता शिवाकोटी, शिक्षक पशुपति कन्या मन्दिर माध्यामिक विद्यालय चरिकोट
- विमला दुलाल, शिक्षक कुटीडाडा उच्च माध्यामिक विद्यालय मकैबारी
- पार्वती खड्का, अध्यक्ष, अन्तरपार्टी महिला सञ्जाल दोलखा
- कमला बस्नेत सचिव सामुदायिक बन उपभोक्ता महासंघ दोलखा
- लक्ष्मी मरासिनी, प्रमुख च्छोरोल्पा नर्सिङ कलेज चरिकोट
- गितालक्ष्मि शिवाकोटी, कार्यक्रम उत्पादक रेडियो शैलुङ्ग
- शान्ति पाख्रिन, पूर्व सभासद संविधानसभा तथा केन्द्रिय सदस्य अखिल नेपाल महिला संघ ।
कार्यक्रम तपाँई डाउनलोड गरेर जुनसुकै समय सुन्न सक्नुहुन्छ ।
यसका लागि यहाँ थिच्नुहोला ।
No comments:
Post a Comment