• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

बंगलादेशीले पछारे, ५ देशका १ सय २६ लाई


खेल जम्मा १० चरण भएको  थियो १० औ चरणसम्म खेल्दा उनले कसैसंग हार खाएनन । बरु बराबरीमा रोके । प्रतियोगिताको अन्तीम चरणसम्म आईपुग्दा उनले अपराजित रहँदै ८ दशमलब ५ अंक जोड्न सके, प्रतियोगिता जित्न उनका लागि यो नै काफी भयो । 

प्रतियोगिताका   बिजयिहरुका साथ अन्तरास्ट्रिय अर्बिटर  उमेश के सी

सिमा जोडिएका देश चिन र भारतपछि नजिकै पर्ने बंगलादेशबाट बुद्धिचाल (चेस) खेल्न नेपाल आएका फिडेमास्टर इस्लाम इनामुलले दोलखामा भदौ ३० गतेबाट सुरु भएको माउन्ट गौरीशंकर अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि हात पारेका छन । उपाधीसंगै उनले नगद ३० हजार रुपैंया पुरस्कारस्वरुप हात पारेका छन । 
२२६८ रेटेड इस्लामले आज सम्पन्न दशौं चरणको अन्तिम खेलमा नेपालका राजेन्द्रप्रसाद श्रेष्ठसँग बराबरी खेले । राजेन्द्रप्रसाद २ वर्षअघि चरिकोटमा सम्पन्न एनसीसी कपका विजेता हुन् । 
जित्नेहरु बाहिरवाटै आउनेहरु थिए । दोश्रो स्थान अष्ट्रेलियका २४११ रेटेड अन्र्तराष्ट्रिय मास्टर अलेक्स्यान्डर वलले कब्जा गरे उनले नेपालका फिडेमास्टर मनिष हमाललाई पराजीत गर्दै ८ अंक बटुलेका थिए । प्रतियोगितामा त्यस्तै २३३२ रेटेड भारतका अन्र्तराष्ट्रिय मास्टर अतानु लाहिरी पूर्व नेपाल च्याम्पियन शुरवीर लामालाई हराउँदै तेश्रो स्थानमा रहन सफल भए । 
अनरेटेडतर्फ भारतका आसुतोश कुमार तथा नारायण गाहा पहिलो तथा दोश्रो स्थानमा रहे । रेटिङ समूहतर्फ १९०० देखि २०९९ मा नेपालका मदनकृष्ण कायस्थ, १७५१ देखि १८९९ मा भारतका १० वर्षीय सौरभ आनन्द, १६०० देखि १७५० समुहमा भारतका अभिसेक सोनु तथा १६०० भन्दा मुनि नेपालका भरत धिमाल अब्बल रहे ।
उत्कृष्ट स्थानीय खेलाडीको पुरस्कार सेराओङजु शेर्पाले हात पारे भने दिपक दाहाल र बिक्रमध्वज श्रेष्ठ दोश्रो तथा तेश्रो स्थानमा रहे ।
नेपालका गणेशमान दुवालले भेट्रानतर्फको पुरस्कार हात पारे भने १० वर्षमुनि उमेर समुहमा भारत सिक्किमका राहुल गुरुङ उत्कृष्ट रहे । उता १३ वर्षमुनि उमेर समुहमा भारतका सोन्कालन भारती तथा १७ वर्ष उमेर समुहमा रौनक मण्डल पुरस्कृत रहे ।
महिलातर्फ भने भारतकी सीन्जीनी विश्वास र नेपालकी अनुसा पाण्डे सफल रहे । भाद्र ३० गतेबाट शुरु भएको प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश र अस्ट्रेलिया गरी ५ देशका १ सय २६ खेलाडीको सहभागीता रहेको थियो । कुल २ लाख २ हजार रुपैंया पुरस्कार राशि रहेको प्रतियोगिता जिल्ला बुद्धिचाल संघ तथा नेपाल चेस क्लब दोलखाले संयुक्त आयोजना गरेको हो ।

(यो समाचार कार्यक्रमका आयोजक एवं अन्तराष्ट्रिय आर्विटर उमेश केसीको सहयोगमा तयार गरिएको हो ।)

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना