• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

गुरुङ्गले भने राईको समूह जनविरोधी तत्व



कार्यक्रममा उनि अध्यक्ष भएर बसेका थिए । अघिल्लो दिनदेखी सुरु भएको भेलामा धेरै समय बिताउनु परेका कारण हुनसक्छ उनको जिउमा थकान देखिन्थ्यो । अध्यक्षका तर्फबाट सचिवले कार्यक्रमका बारेमा पत्रकारका सामु विभिन्न जानकारी प्रस्तुत गरे ।
नेकपा एमाले दोलखाको तेश्रो प्रतिनीधि परिषदको बैठकका बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा देखिएको दृश्य हो । आश्विन १९ र २० गते भएको कार्यक्रमका बारेमा जानकारी दिन चरिकोटमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । कार्यक्रममा एमाले दोलखाका जिल्ला कमिटी अध्यक्ष पार्वत गुरुङ्गको हस्ताक्षर रहेको प्रेस विज्ञप्ती सचिब भरत दुलालले प्रस्तुत गरे । प्रेस विज्ञप्ति प्रस्तुत गर्दै दुलालले समसामयिक राजनीति लगायतका विभिन्न विषयमा नेकपा एमालेका २६ बुँदामा बैठकले पारित गरेका सार्वजनिक महत्वका प्रस्ताव प्रस्तुत गरे । प्रस्तावमा भर्खरै एमाले छोडेका नेताहरुतर्फ लक्षित गर्दे देश र जनताविरोधी देश विखण्डन गर्न चाहन शक्तिको उक्साहटमा लागेर केही व्यक्ति चोईटिएको र उनिहरु जनविरोधी भएको उल्लेख गरिएको छ । प्रेस विज्ञप्ति डाउनलोड गर्नुहोस 
कार्यक्रममा बोल्दै एमाले पोलिटब्युरो सदस्य पशुपति चौंलागाँईले अन्तराष्ट्रिय कम्युनिष्ट संस्था रिमको चाहनाअनुसार पार्टीका केही व्यक्तिले पार्टी छोडेको वताए । अमेरीकी संस्था युएसआइडी र बेलायती संस्था डिएफआईडीको नामै किटेर चौंलागाँईले भने नेपालको कम्युनिष्ट आन्दोलन कमजोर वनाउन चाहने संस्थाहरुका कारण केही साथीहरु पार्टीमा अडिन नसकेका हुन । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना