• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

केही कुरा, आफ्नै विरुद्ध !

अर्जुन अपवाद

आफ्नै बारेमा के लेख्नु ! जाँगर मरेर आएकै हो तर नलेख्दा पनि अन्याय त ठहर्ला नै, त्यसैले यो लेख लेखिएको हो । धेरैलाई पाच्य लाग्ने छैन । क्षमा पाँउ !
केही समय अगाडी स्थानिय पत्रिकामा लेखेको “पार्टी, पत्रकार र पक्षधरता” लेखको यो निरन्तर श्रृङ्खला हो । यस लेखमा पछिल्लो पटक दोलखामा देखिएको पत्रकारीतामा मौलाएको ठालुपनलाई नियाल्ने प्रयास गरिएको छ ।
हुन त दुवै पक्षले आफ्नो जीत दावी गरिरहेका छन । तर एक कर्मचारीको नितान्त व्यक्तिगत मुद्धामा समाजका विवेकशिल ठानिने वर्गले यस पटक विवेक वन्धक राखेर सर्मथन ग¥यो । त्यसमा समाजको ऐना भनेर चिनीएको वर्ग पनि जोरी खोज्न जाँदा केही दिन चरिकोटको बेकरी सप होहल्लामा वित्यो । सातदोवाटोको चर्तिकाला हेर्दै अरुलाई खवरदारी गर्ने वर्गका केही व्यक्तिहरु झण्डै एक हप्ता कुहीरोको काग झैं रुमल्लिए । त्यतिबेला पङ्तिकार राजधानी शहर थियो । घटना नजिकबाट सुने देखेकाहरुलाई सोधेर तयार पारिएको यो सामाग्री पूर्ण रुपमा सहि नभए सुझाव पाँउ । 
सुनेकै कुराबाट सुरु गरौं । दोलखामा एक कर्मचारीलाई माताहतको कार्यालयले काममा चित्त नबुझेको भन्दै प्रष्टिकरण माग्यो । प्रष्टिकरण मागिएकी कर्मचारीलाई धेरैले राम्रो मान्दैनन । आफ्नो आस्थामा भएका सबैलाई विवेक वन्धक राखेर समर्थन गर्ने नेपालमा परम्परा नै वसेको छ । यस्तो अवस्थामा पनि उनकै जस्तो आस्था राख्ने विचमा उनको आलोचना भएको पटक पटक सुनिएको छ । यस अवस्थामा भएको स्पष्टिकरणका बारेमा उनका आफन्त जो पत्रकारीता पनि गर्छन उनि र स्पष्टिकरण माग गर्ने अधिकारीका विचमा भनाभन भएको भन्ने हल्ला छ मोबाईल फोनमा । कुरा यत्ति हो यसका वारेमा राष्ट्रिय पत्रिकामा खबर छापियो सुचना माग्दा पत्रकार थर्काइए भनेर । लेख्नेहरु दोलखाका अग्रज पत्रकार दावि गर्छन । गुरुबाहरु आन्दोलनमा लागे । हाम्राहरु सबै राम्रा भन्ने मुलमन्त्र जप्दै । 
जसरी भएपनि मुद्धा त सकिएको छ । तर केही प्रश्नहरु भने फेरी उठेका छन । जवाफ कसैले दिँदैनन दोलखामा । कुरा यत्ति हो । कुनै पनि घटनालाई लिएर एउटा पक्ष वहिष्कारमा उत्रन्छ अर्को पक्ष मौनता साध्छ । बौद्धिक वर्गको यो चाला देख्दा समाजले के भन्दो हो ? 
पछिल्लो समय लोकतन्त्रका नाममा समाजमा अग्रजहरु कुटिनु गर्वका विषय वन्दै गएको छ । थर्काइनु सामान्य हुने नै भयो । अराजकता भयो भनेर चोकचोकमा गुनासो गर्नेहरु अराजकताको मलजल गर्न भूमिका खेल्छन की खेल्दैनन आजका लागि यो प्रश्न गम्भिर भएर आएको छ । अरुतिर औंला तेस्र्याउँदा आफ्नैतिर औंला फर्केका छन भन्ने बुझ्न ढिला भएन र ? 
हामी अहिले लोकतान्त्रिक पद्धतीको अभ्यास गरिरहेका छौं । विश्वकै उत्कृष्ट ठानिएको शासन प्रणाली । नेपालमा लोकतन्त्र प्राप्त भएपछि हामीलाई थुप्रै किसिमका स्वतन्त्रता प्राप्त भएका छन । कुनै पनि दलको आवरणमा गरेको अपराध नै मिनाहा हुने अवस्था छ । कानुन वनाउन गएकाहरु कानुन कुल्चन्छन, भद्रहरु आफ्नो मान्छे हो वा होईन भनेर अनुसन्धानमा लाग्छन । उनिहरुको जिम्मेवारी त त्यो कदम सहि थियो की गलत थियो भनेर छुट्याउनुपर्ने थियो ।
लेखको अन्त्यमा कुनै पनि अनैतिक कामको बचाउ गर्न खोजिएको अर्थ लाग्ला भन्ने कुरामा सचेत हुँदाहुँदै बाबुले छोरासंग अंश खोज्नुहुन्न भन्ने कुरामा पङ्तिकार विश्वस्त छ । अग्रजहरुको बेईमानीले समाज भड्खालोमा पर्छ नै । पुरानै ठाँउमा फर्कन थुप्रै समय लाग्छ । बुझ्नेहरुले समय घर्केर बुझ्नुभन्दा समयमा नै बुझुन । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

हाम्रो फेसबुक पाना