• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

सामाग्री पाएपछि ढुक्क भए स्थानिय


अर्जुन अपवाद 

दोलखाको सुरी गाविसका अर्जुन कुमार ओली तामाकोशी नदि किनारको तिनेखु वजारमा व्यापार गर्छन । केहि वर्षअगाडीसम्म उनी तामाकोसीकै किनारमा रहेको भोर्ले बजारमा व्यापार गर्थे । उनको पसलको अगाडीबाट वग्ने नदिको मुहानमा रहेको च्छोरोल्पा हिमताल फुट्ने हल्ला पटक पटक चलिरहन्छ । नदिमा साँच्चिकै बाढि आयो भने के गर्ने ? केही वर्षअगाडीसम्म उनलाई यो कुराले पटक पटक सताईरहन्थ्यो । तर अहिले उनी विपद परिहालेमा जोखिम कसरी न्युन गर्न सकिन्छ भनेर जानकारी लिईरहेका छन । यसका साथै उनीजस्तै जोखिममा रहेका समूहहरुलाई उद्धार गर्नका लागि उनको अगुवाईमा सामाग्री समेत गाँउमा आएको छ ।

जलवायु परिवर्तनका कारण विश्वको हिमाली क्षेत्रमा अन्य क्षेत्रको भन्दा धेरै तापक्रम वढिरहेको विभिन्न अध्ययनहरुले निष्कर्ष निकालेका छन । यसरी भएको तापक्रम वृद्धिका कारण हिमतालहरुको आकार वढ्ने हिमालको हिउँ धेरै मात्रामा पग्लने समस्या निम्तिन थालेको छ । यसका कारण पनि च्छोरोल्पा हिमतालबाट आउने पानीले वनेको नदि नजिकका क्षेत्रमा जोखिम धेरै छ । संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम युएनडिपिका वृहत्तर जोखिम व्यवस्थापन कार्यक्रमका कार्यक्रम व्यवस्थापक मान थापा भन्छन नेपालका जोखिमयुक्त जिल्लाको सुचिमा दोलखा पनि पर्छ । दोलखामा वाढी पहिरो हिमपहिरोका जोखिम धेरै भएका कारण युएनडिपिले इकार्डस दोलखासंगको सहकार्यमा विगत केही समयदेखी सुरी लगायत अन्य ४ गाविस गरि ५ गाविसमा विपद व्यवस्थापनका लागि विभिन्न काम गरिरहेको थापाको भनाई छ । स्थानियमा आधारित विपद जोखिम व्यवस्थापन नाम दिइएको यो परियोजना सञ्चालनका क्रममा स्थानिय वासिन्दालाई प्राथमिक उपचार खोज तथा उद्धार तालिम लगायतका विषयमा तालिम दिने, जोखिम क्षेत्रको पहिचान गर्ने लगायतका काम सञ्चालन भईरहेका छन । परियोजनाका दोलखा संयोजक विमल खतिवडा भन्छन यस परियोजनामा विपद परिहालेको अवस्थामा जोखीम कसरी न्युन गर्ने विषयमा विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ ।
विपद पर्नुपुर्व यसरी सचेतना कार्यक्रम सञ्चालन गर्दा जोखिम कम गर्न सहयोग पुग्ने स्थानिय वासिन्दाको भनाई छ । चंखुमा गठन गरिएको स्थानिय विपद व्यवस्थापन समितिकी निमा लमु शेर्पा भन्छीन यस कार्यक्रम सञ्चालन भएपछि विपद परेको वेला कसरी जिउधनको सुरक्षा गर्ने लगायतका कुरा पनि सिकियो । साथै प्रत्येक गाविसमा विपदको अवस्थामा उद्धार तथा प्राथमिक कार्य सञ्चालन गर्नका लागि विभिन्न सामाग्री समेत स्थानिय समुहहरुलाई उपलव्ध गराइएको छ । शेर्पाले भनिन यस्ता सामाग्री कसरी प्रयोग गर्ने भन्ने जानकारी संगै सामान पनि दिएको छ । यसले हामीलाई खुसी वनाएको छ ।
खारेखोला जलाधार क्षेत्रमा आधारति रहेका सुरी खारे चंखु मार्वु र झ्याकु गाविसमा परियोजना सञ्चालन विगत २ वर्षदेखी परियोजना सञ्चालित छ । यसै क्रममा केही समय अगाडी संस्थाले विपदको अवस्थामा प्रयोग हुने विभिन्न किसिमका करिब रु पाँच लाख वरावरको उद्धार तथा प्राथमिक उपचार सामाग्री प्रत्येक गाविसमा गठन भएका समूहहरुलाई वितरण गरेको थियो सिङ्गटी वजारमा आयोजना गरिएको एक कार्यक्रममा दोलखाका स्थानिय विकास अधिकारी टुबराज पोखरेलले स्थानिय स्तरमा गठन भएका विपद व्यवस्थापन समूहका प्रतिनीधीहरुलाई हस्तान्तरण गर्नुभयो । प्रत्येक समूहलाई कम्बल हाते माईक प्राथमिक उपचार बक्स जस्ता विभिन्न २३ प्रकारका सामाग्रीहरु वितरण गरिएको र सामाग्रीहरु स्थानिय समुदायले आवाश्यक परेको अवस्थामा प्रयोग गर्न सक्ने युएनडिपि र ईकार्डस दोलखाले संयुक्त रुपमा सञ्चालन गरिरहेको समुदायमा आधारित जलवायुजन्य जोखिम व्यवस्थापन परियोजनाका परियोजना सहायक सुन्दर विश्वकर्माले जानकारी दिए ।
स्थानिय समुदायमा विपदको अवस्थामा प्रयोग हुने विभिन्न सामाग्रीहरुले मानविय जोखिम कम गर्ने जिल्ला रेडक्रस दोलखाका सभापति हर्कबहादुर श्रेष्ठको भनाई छ । उनी भन्छन अहिलेसम्म सबैको ध्यान विपद परिसकेपछि मात्रै छ । यसले गर्दा विपदको अवस्थामा मानविय क्षती धेरै भएको हो । विपद पूर्व नै तयारी अपनाउने यस्तो कृयाकलापले जोखिम कम गर्नका लागि धेरै सहयोग गर्छ ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना