इश्वरी दाहाल |
हर्ष र उल्लाससँगै
इन्द्रेणी जस्तै सप्तरङ्ग टिका
रातोमाटो र कमेरोले सजिएका घरहरुलाई
झन सजाउन
मैनबत्तिको शिखा जलाँउदै
गाँउशहर तिर भित्रियो ।
तर,
तिहार
सबैजना खुसी हुने तिहारमा
म खुसी हुन सकिन
रमाउन सकिन
दूखी हुँदै झोक्राएर बसिरहें
सम्झिरहें नारायण गोपालको आवाज
‘छातीमाथी ढुङ्गा राखि हाँस्नु प¥या छ
..................................'
तिहार आँउछ
बहिनीको सम्झना आँउछ ।
कहाँ होली ? के गर्दै होली ?
बगैंचाभरि हाँसिरहेका
सयपत्रि गोदावरी मखमली हेर्छु,
फुलहरु मुस्कुराँउछन, म टोलाईरहन्छु
बहिनीको यादमा ।
तिहार हर्ष र उल्लासको प्रतिक
धेरैका लागि सहि कथन
मेरा लागि भएन
देउसी भैलो निरासा गाँउदै थिए
आशिषले उत्साह छर्न सकेनन
मालाहरु उनिएनन
लक्ष्मि पुजा गरिएन ।
आखिर
उनिए दूख र वेदनाका मालाहरु
आँशुका थोपाहरुमा दिप जले
शोकमा असह्य पिडाको पुजा भयो
सबैसंग तिहारले खुसी साटासाट ग¥यो रे
मलाई त यो साल पनि
तिहार आएन ।
मिर्गे 5 दोलखा
No comments:
Post a Comment