अर्जुन ‘अपवाद’
तिम्रा सामु आँशु, झार्नु गल्ति थियो
बहाना पारेर, टार्नु गल्ति थियो ।
सोचाई एउटा, भोगाई अर्को प¥यो
सधैंलाई आश, मार्नु गल्ति थियो ।
धेरै थिए योजना, खोला तर्नलाई ।
सुरुमै आत्तिएर, हार्नु गल्ति थियो ।
अन्तिममा त, सोच्यौ होला तिम्ले
आफैंलाई घेरामा, पार्नु गल्ति थियो ।
हत्केलाले सूर्य, के छेकिन्थ्यो बाबै
बगिरहेको नदि, बार्नु गल्ति थियो ।
सबै कुरा नियममा, बाँधिदैनन सधैं
अपवाद वादमा, सार्नु गल्ति थियो ।
मिर्गे –५, दोलखा
apawad@hotmail.com
No comments:
Post a Comment