दिनेश शिवाकोटी
सुनखानी
- कुखुरापालन गर्न लाग्नुभा कति भयो ?
मैले कुखुरा प्लस खसिपालन दुवैलाई व्यवसायिक रुपमा सुरु गरेको छु घरेलुमा दर्ता गरेर । अहिले लगभग ८ महिना भो ।
६२ सालमा एस एलसी दिएँ । एसएलसीपछि एउटा नीजि वोर्डिङमा जव गर्न थालें व्याचलर सकियो जव गर्दागर्दै । त्यसपछि गाँउको सरकारी विद्यालयमा जागिर खाइयो । अरुको अण्डरमा वस्न नसक्ने गाली सहन नसक्ने त्यो खालको वानी थियो । हेडमास्टरसंग डिस्कस प¥यो । विद्यालय व्यववस्थापन समितिले मलाई बर्खास्त गर्दियो । त्यसपछि भारतिय राजदुतावासमा सेक्युरीटि गार्ड गर्न थालें लैनचौरमा । लैनचौरमा सेक्युरिटी गार्ड गर्दै जाँदा एकजना साथीले भन्नुभयो लखनउ जाऔं । लखनउमा गइसकेपछि मैले ताज होटलमा वेटरको काम गर्न थालें । वेटर काम १८ महिना गरेपछि फर्किएर आँए । अव गर्ने के त ? व्यवसाय नै अँगालौं भनेर व्यवसाय सुरु गरेको हो ।
- धेरै तिरवाट फर्केर आर काम गर्न लाग्नुभाछ, कस्तो देख्नुभाछ भविष्य ?
भविष्य त अव मेहनत गरेपछि कामको फल त पाईन्छ । कामलाई माया गनुृपर्छ कामलाई माया गरेपछि भविष्य त राम्रो नै हुन्छ । कामलाई ध्यान दिएर गर्नुपर्छ ।
- दशैं तिहारको बेलामा धेरै मासु खपत हुन्छ तपाँईको उत्पादन वजारमा आईसकेको थियो कि थिएन ? बजारमा आईसकेको छ ।
दशैंको बेला १६ ओटा जसो खसी बेचें । अव अर्को वर्षमात्रै हुन्छ अहिले मसँग ४० ओटा खसी छन । अव कुखुराहरुचाँही एकदम बजारमा गैराको छ ।
- मासुको बजार कस्तो छ दोलखामा ?
बजारमा अलि अस्वस्थ प्रतिस्पर्धा छ । वाहिरबाट बुढा कुखुराहरु ल्याइदिने, सौ डेढ सौमा छोड्देर जाने खालको समस्या छ । मान्छेले सस्तो खाज्छ गुणस्तर खोज्दैन । अनि अर्को के भाको छ भने सिमित मूल्य तोकिएको छैन ।
- दोलखामा मासुको खपतको अवस्था गाँउमा शहरमा कस्तो पाउनुभाको छ ?
मासुको खपत त अत्याधिक नै हुन्छ । १ जना व्यक्तिलाई दैनिक २ सय ग्राम मासु सन्तुलित भोजनामा चाहिनछ भनेको छ । त्यो रेसियो त दोलखालीहरुले दिन सकेको अवस्था छैन । र पनि अहिले यो चाईनाको सिनो हाईड्रोले गर्दाखेरी मासु अत्याधिक खपत हुन्छ ।
- कति जान्छ उतातिर ?
भगवान खड्का भन्ने साथी हुनुहुन्छ उहाँको वाट पनि अत्याधिक जान्छ मेरोबाट एक लटमा असि प्रतिशत सम्म जान्छ ।
- कती पाल्नुभाछ कुखुराचाँही ?
अहिले मसंग गिरिराज कुखुरा २०० ओटा र ब्रोईलस ३०० ओटा छन ।
- यही पेशामा अडिनुहुन्छ ?
धेरै ठाँउमा काम गरिसकें । अव त मैले अडान नै लिएको छु अव कीc साधु वन्छु बनारस छिर्छु । जसरी पनि यहि पेशामा अडिन्छु । धेरै ठाँउमा हण्डर खाईयो फाईनल डिसिजन नै यहि हो ।
No comments:
Post a Comment