अर्जुन 'अपवाद'
सुनखानीका दिनेश शिवाकोटी गएको वर्ष भारतको एक होटलमा काम गर्दै थिए । भारत जानुअघि पनि उनले धेरै ठाँउमा नोकरी गरिसकेका थिए । अहिले उनी आफ्नै गाँउ फर्किएर व्यवसायिक रुपमा कुखुरा र खसि पालन व्यवसाय गर्न लागेका छन । “धेरै ठाँउमा हण्डर खाईयो अव त यहि पेशा गर्छु । मेरो फाईनल डिसिजन नै यहि हो ।” केही दिन अगाडी चरिकोटमा भेटिएका उनले भने । (हेर्नुहोस अन्तरवार्ता)
दिनेश जस्तै युवाहरु यसरी मासुजन्य व्यवसायमा संलग्न हुन थालेपछि दोलखामा मासु आयात निर्यातको अवस्था नै बदलिएको छ । ३, ४ वर्ष अगाडी सम्म मासुका लागि काठमाण्डौ भर पर्ने दोलखा अहिले आत्मनिर्भर भईसकेको छ । संगम होटलका सञ्चालक सुदर्शन कार्कीका अनुसार गाँउगाँउमा युवाहरु मासुजन्य व्यवसायमा लागेका कारण यो अवस्था आईपुगेको हो ।
नेपालीहरुको महान पर्व दशैं र तिहार भर्खरै सकिएको छ । दोलखा सदरमुकाम चरिकोटमा दैनिक झण्डै २०० किलो मासु खपत हुन्छ । चाडपर्वका वेलामा त्यो माग अझै धेरै बढ्छ । सदरमुकाममा ३ वर्षदेखि कुखुरापालन गरिरहेका प्रविण प्रधानका अनुसार कुनै समय अन्य बेलामा समेत जिल्लाबाहिरवाट मासुका लागि पशुपन्छि आयात गर्ने दोलखा आजभोली चाडपर्वको अवस्थामा पनि जिल्लावाहिर निर्यात गर्ने अवस्थामा पुगेको छ । उनि भन्छन “मजस्तो पाल्ने धेरै छन यहाँ चरिकोटमा । त्यसै भएर दोलखा आत्मनिर्भर हुने अवस्थामा पुगेको हो ।”
कुखुरामा जिल्ला आत्मनिर्भर भईसके पनि खसिको मासुमा अझै बाहिरी जिल्लामा भर पर्नु पर्ने अवस्था रहेको व्यापारीहरुको भनाई छ । चरिकोटमा रहेको चरिकोट फ्रेस मिट हाउसले दैनिक ५० केजीभन्दा धेरै खसिको मासु विक्रि गर्ने हाउसका कामदार कैलाश वस्नेतले जानकारी दिए । यहाँ बेचिने मासुका लागि अझै ६ महिना बाहिरी जिल्लाको भर पर्नुपर्ने अवस्था छ । सञ्चालक अर्जुन कार्की भन्छन “सुरुको अवस्थाभन्दा केही सुधार त भएको छ चर अझै पनि दोलखाले धानेको अवस्था छैन ।” उनका अनुसार अझै दोलखामा रामेछाप लगायतका जिल्लाबाट खसि ल्याउनुपर्ने अवस्था छ ।
मासुमा जिल्ला आत्मनिर्भर रहेको जिल्ला पशुसेवा कार्यालयको तथ्याङ्कले देखाँउछ । कार्यालयका अनुसार गएको वैशाख महिनादेखी असोजमहिनासम्मको ६ महिनामा दोलखाबाट ५७८ ओटा राँगाभैसी, ६५ ओटा बंगुर ४५ ओटा खसिबोका, र १६०० ओटा ब्रोईलर कुखुरा मासुको प्रयोजनका लागि बाहिरिएका छन । कार्यालयका भेटेनरी अफिसर डाक्टर रामचन्द्र सापकोटा भन्छन “दोलखा मासुका लागि पूर्ण रुपमा आत्मनिर्भर छ ।” उनका अनुसार अहिले जिल्लाबाट दैनिक रुपमा मासुजन्य पदार्थका लागि पशुपन्छि जिल्ला बाहिरिरहेको अवस्था छ ।
No comments:
Post a Comment