• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

रिक्त स्थानिय निकाय, हैरान सेवाग्राही ।


दोलखाको दक्षिणी भागमा पर्ने डाँडाखर्क गाविसबाट सदरमुकाम चरिकोट आईपुग्न १ दिन लाग्छ । गाँउ विकास समितिमा गर्नुपर्ने कामका लागि स्थानिय वासिन्दालाई चरिकोट नआई नहुने अवस्था छ । स्थानिय मोहन बहादुर खड्का भन्छन “गाविसमा गर्नुपर्ने सानो कामका लागि पनि स्थानिय जनता सदरमुकाम धाउनुपर्छ । गाविस सचिवहरु गाँउमा भेटिन्नन ।” ५ रुपैंया लाग्ने सिफारिस लिने कामका लागि चरिकोट आँउदा १ हजार सम्म खर्च हुने उनको भनाई छ । केही दिनअगडी चरिकोटमा भेटिएका उनले भने “गाँउमा गाविस भवन छ । सेवा लिन चरिकोट नआई हुँदैन ।”
दोलखा शहरे गाविसका नारायणध्वज खड्का २०५४ सालमा सम्पन्न भएको को गाविसको निर्वाचनमा गाविस अध्यक्ष चुनिएका थिए । पछि २०५९ असारमा  सरकारले स्थानिय निकायका जनप्रतिनीधिहरुलाई पदमूक्त गरि उनिहरुले गर्ने काम गाविस सचिवले गर्नुपर्ने अवस्था मिलायो । यसका कारण स्थानिय निकायबाट सम्पादन हुनुपर्ने काममा चुस्तता नभएको उनको भनाई छ । उनि भन्छन “सरकारले स्थानिय निकायका बारेमा बेलैमा ध्यान दिन नसक्दा स्थानिय निकायप्रतिको जनताको विश्वास घट्दै गएको छ ।” गाँउमा हुने विकास निर्माणका काममा पनि यसले प्रत्यक्ष असर पारेको उनको भनाई छ । “गाविस सचिवहरु स्वभावैले जागिर खाने मानसिकताका हुन्छन । यसका कारण उनिहरु कुनै पनि किसिमको जोखिम मोल्न चाहँदैनन । यसले गर्दा गाँउमा हुनै विकास निर्माणका काम प्रत्यक्ष प्रभावित भएका छन ।” उनले भने ।
गाँउ विकास समितिमा ४७ जनप्रतिनिधिहरु निर्वाचित हुने व्यवस्था थियो । सरकारले यी सबै जनप्रतिनिधीले गर्ने कामको जिम्मा अहिले गाविस सचिवलाई पं्रदान गरेको छ । यसले गर्दा कामको चाप धेरै भएर काम प्रभावकारी हुन नसकेको गाविस सचिवहरु बताँउछन । शहरे गाविसका गाविस सचिव भुमबहादुर बुढाथोकी भन्छन “४७ जनप्रतिनिधीको काम एक्लै सचिवले गर्नुपर्छ । एउटा गाविस सचिवले गाँउमा विभिन्न सिफारिस गर्ने कामका साथसाथै गाँउ विकास समितिभरि हुने विकास निर्माण लगायत अन्य विभिन्न काम समेत गर्नुपर्छ यसका कारण गाँउमा गर्नै काम प्रभावकारी हुन नसकेका हुन ।” उनले भने ।
१ जना सचिवले १ गाविसको काम गर्नुपर्ने हो । दोलखामा रहेका ५१ गाविस मा ३३ जना मात्र गाविस सचिव कार्यरत रहेको जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत नारायण सेढाँईले जानकारी दिए । उनका अनुसार रिक्त रहेका १८ गाविसको कामको जिम्मेवारी पनि केही गाविस सचिवहरुलाई थप जिम्मेवारी दिइएर कार्यसम्पादन भईरहेको छ ।
    स्थानिय निकायमा जनप्रतिनिधि हुँदा काम गर्न धैरै सहज हुने गाविस सचिहरु बताँछन । दोलखाको बोच गाविसका गाविस सचिव श्यामकृष्ण थापाले गाविस सचिवका रुपमा काम गर्न लागिको २ दशक भन्दा धैरै समय वित्न लाग्यो । जनप्रतिनिहिरुसंग बसेर भन्दा नबसेर काम गर्न धैरै असहज हुने उनको अनुभव छ । उनि भन्छन “जनप्रतिनिधी हुँदा सबै कामको जस अपजस जनप्रतिनिधिहरुले लिने हुनाले कार्य सम्पादन चुस्त र दुरुस्त गर्न सजिलो थियो तर अहिले सबै कामको जस अपजस आफैंले लिनुपर्ने हुनाले समस्या छ ।”
    गाविस हकहित संरक्षण केन्द्र दोलखाका अध्यक्ष समेत रहेका थापाको अनुभवमा गाविस सचिवहरु प्रयाप्त नहुनु तथा अनावश्यक राजनैतिक दवाबहरु आउने हुनाले स्थानिय निकायमा कामहरु प्रभावकारी हुन सकेका छैनन । “स्थानिय स्तरमा राजनैतिक दलहरुको खिचातानीमा समेत अनावाश्यक रुपमा गाविस सचिवलाई आरोप लगाउने चलन पनि छ यसले गर्दा पनि स्थानिय निकायको काम प्रभावकारी हुन नसकेको हो”, उनले भने
    सरकारले स्थानिय निकायको समयमा निर्वाचन गर्न नसक्दा त्यसको मार स्थानियले खेपिरहेका छन । यसका कारण स्थानिय वासिन्दामा स्थानिय निकायप्रतिको विश्वास समेत खस्कन सक्छ । सरकारले बेलैमा ध्यान दिनु आवाश्यक छ ।
apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना