स्वदेशी लगानीमा दोलखाका लामावगरमा वन्दै गरेको माथिल्लो तामाकोशी जलविद्युत परियोजनाको सुरक्षाको जिम्मा आजदेखी शसस्त्र प्रहरीले लिएको छ ।
शसस्त्र प्रहरीका प्रहरी नायव उपरिक्षक गंगाराम श्रेष्ठको नेतृत्वमा ६५ जना प्रहरीको एक टोली आज परियोजना निर्माणस्थल गोगर पुगेका छन । परियोजनको अहिलेसम्म जनपद प्रहरीले सुरक्षा गर्दै आएको र आजवाट शसस्त्र प्रहरीले त्यसको जिम्मेवारी लिएको तामाकोसी जलविद्युत आयोजनाका सहायक प्रवन्धक विमल गुरुङ्गले जानकारी दिनुभयो । ४५६ मेगावाट क्षमताको यो योजना सन २०१५ सम्ममा सकिने लक्ष्य राखिएको छ ।
No comments:
Post a Comment