दोलखामा लोक्ताको क्षेत्रमा काम गरिरहेका दोलखा उद्योग बाणिज्य संघ का अध्यक्ष रामेश्वर मानन्धर केहि बर्षपछी दोलखाको परिचय नै लोक्ता हुने बताउछन । उनका यस्तै योजना र दोलखामा लोक्ताको अन्य अवस्थाका बारे गरिएको कुराकानी
- दोलखामा सञ्चालित एक गाँउ एक उत्पादन कायक्रमअन्तर्गत सञ्चालनमा रहेको लोक्ता खेतीको अहिलेको अवस्था कस्तो छ ?
अहिले हामी जिरिमा उद्योग स्थापनाका लागि काम गरिरहेका छौं । अहिले ट्रकका ट्रक लोक्ता काठमाण्डौ निर्यात भईरहेको छ । यसले दोलखाका उद्योग त संकटमा परेका छन नै, धेरैको रोजगारी पनि खोसिएको अवस्था छ ।
एक ट्रक लोक्ता रोक्न सकिए दोलखामा वर्षमा सय देखि तीनसय जनाले रोजगारी पाँउछन । नेपाली कागजलाई चिल्लो वनाउने लगायत विभिन्न सामाग्रीहरु डायरी तथा टोपी लगायतका सामान वनाउनका लागि सेक्टर नं. ३ जिरीमा उद्योग स्थापना गर्न लागेका छौ । यसका लागि भवन निर्माण गर्न सात लाख वजेट समेत प्राप्त भइसकेको छ । यसमा अहिले तत्काल १५ देखी २० जनाले रोजगारी पाँउछन । त्यसमा हामीले यसअघि सञ्चालन गरेका विभिन्न तालिममा सहभागि भएकाहरुलाई रोजगारी प्रदान गरिनेछ ।

- एक गाँउ एक उत्पादन कार्यक्रम (ओभिओपी) कहिलेबाट सुरु भएको हो दोलखामा ?
दोलखामा ओभिओपी २०६६ सालवाट सुरु भएको हो । अहिले हामी चौथो वर्षमा छौं । यो चार वर्षमा हामी २ ओटा उद्योग स्थापना गर्न सफल भएका छौ. । यो सफलतामा उद्योग वाणिज्य संघ कृषि उद्यम केन्द्रले पनि भूमिका खेलेको छ । केन्द्रले कार्यक्रम सञ्चालन गरेको १० वर्षको अवधीमा दोलखामा पहिलोपटक हामीले ओभिओपी कार्यक्रमबारे महोत्सव आयोजना गर्न सफल भयौं । यसले गर्दा अन्य जिल्लाका लागि पनि दोलखा अनुकरणिय भएको छ ।
- लोक्तावाट कागजमात्रै बनाईन्थ्यो हाम्रो समुदायमा । हामीले चाँही के के निर्माण ग¥यौ त ?
लोक्ताबाट पहिले नेपाली कागजमात्रै बन्थ्यो दोलखामा । खाम र डायरी पनि बनेको अवस्था थिएन । हामीले खाम डायरीलाई मुल उत्पादनसंग गाँस्दै गहनाहरु वनाएका छौं । प्रेस गरेर टोपी ज्याकेट वनाएका छौं । गमलाहरु पनि वनाएका छौं । हामी टेवुल वनाउन खोजिरहेका छौ । हामीले तीन ग्रामको कागजवाट धागो बनाइसकेका छौ । यसबाट हामी लुगा वनाउने तयारीमा छौं । यो बनाइनसकेका कारण मानिसहरुमा यो बलियो होला र भन्ने भ्रम छ । तर यो छाला जत्तिनै वलियो हुन्छ । हामीकहाँ थोरै बजेटबाट यो काम गर्नुपर्ने भएका कारण हामीले अहिलेसमम धागोमात्र बनाउन सक्यौं । हामी अब सुट, पाईन्ट, कोट वनाउनका लागि कपडा निर्माण गर्दैछौं । यसका लागि सबैलाई एकै किसिमको रङ्ग मन नपर्न सक्छ । हामी यसका लागि आवाश्यक पर्ने रङ्ग बनमारा, ओखर लगायतका स्थानिय समाग्री प्रयोग गरेर बनाँउदैछौं । यो पुरै अर्गानीक बनाउने हाम्रो सोच छ ।
- भनेपछि अब सबै कुरा स्थानिय नै हुने भयो ?
हो, त्यो पुरै दोलखाली उत्पादन हुने भयो ।
५१ गाविसमा हाम्रो ३७ गाविसमा लोक्ता उत्पादन गर्न सकिन्छ । जिरीमा हामीले मेसिन राख्दैछौं तर लोक्ता सबैभन्दा वढि मागापौवामा उत्पादन हुन्छ । यसका लागि हामीले उद्योगहरुका बिचमा समन्वय गर्नु जरुरी छ । मागापौवामा हामी कागज उद्योग स्थापना गर्ने तयारीमा छौं । त्यहाँ ३ ग्राम, ५ ग्राम, २० ग्राम र ४० ग्रामको कागज उत्पादन हुन्छ । यसका लागि हामीले सामाग्रीसमेत खरिद गरीसकेको अवस्था छ ।
नेपाली कागज र कागजवाट बन्न सक्ने सामाग्री धेरै छन । कच्चा पदार्थ गोलवन्द गर्न सकिएको अवस्था छैन । यसरी गोलवन्द गर्नका लागि उद्योग वाणिज्य महासंघले पहल गरिरहेको छ । सकभर पब्लीक प्राईभेट पाटनरसिप(नीजि सार्वजनिक साझेदारी) तरिकाबाट उद्योग सञ्चालन गर्नुपर्छ । भोली कसैले २ टन लोक्ता जम्मा गरेर उद्योग तीन महिना चलाएर हुँदैन । कसैले ५० टन जम्मा गरेर काठमाण्डौ लगेर बेचेर पनि भएन । यसलाई गोलवन्द गरेर काम गर्न सकिए लोक्ता उत्पादन नै नहुने स्थानमा पनि लोक्ताको काम दिन सकिन्छ । लोक्ता उत्पादन हने स्थानमा लोक्ता प्रसोधन गरेर कागज बनाउने, नहुने ठाँउमा कागजबाट अन्य सामाग्री बनाउने । बढिभन्दा बढि दोलखालीलाई समावेश गरेर उद्योगहरु सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो ।

- तपाँईले नयाँ उद्योग स्थापनाको कुरा गर्नुभयो तर दोलखामा भएका उद्योग नै सञ्चालनमा छैनन नी ?
नेपाली कागज र कागजवाट बन्न सक्ने सामाग्री धेरै छन । कच्चा पदार्थ गोलवन्द गर्न सकिएको अवस्था छैन । यसरी गोलवन्द गर्नका लागि उद्योग वाणिज्य महासंघले पहल गरिरहेको छ । सकभर पब्लीक प्राईभेट पाटनरसिप(नीजि सार्वजनिक साझेदारी) तरिकाबाट उद्योग सञ्चालन गर्नुपर्छ । भोली कसैले २ टन लोक्ता जम्मा गरेर उद्योग तीन महिना चलाएर हुँदैन । कसैले ५० टन जम्मा गरेर काठमाण्डौ लगेर बेचेर पनि भएन । यसलाई गोलवन्द गरेर काम गर्न सकिए लोक्ता उत्पादन नै नहुने स्थानमा पनि लोक्ताको काम दिन सकिन्छ । लोक्ता उत्पादन हने स्थानमा लोक्ता प्रसोधन गरेर कागज बनाउने, नहुने ठाँउमा कागजबाट अन्य सामाग्री बनाउने । बढिभन्दा बढि दोलखालीलाई समावेश गरेर उद्योगहरु सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो ।
- विभिन्न किसिमका सामाग्री उत्पादनको चर्चा गर्नुभयो । बजारको अवस्था कस्तो छ ?
बजारको अवस्था राम्रो छ । नेपालमा हुने माग नै हामीले पुरा गर्न सक्ने अवस्था छैनौं । हामीले राम्ररी काम गर्न सक्ने हो भने मागको २०% आपुर्ति गर्न सक्छौं । दोलखामा कच्चापदार्थ चोरिनिकासीको समस्या चर्को रुपमा छ । यसलाई रोक्न सकिएको छैन । झण्डै तीन चौथाई कच्चा पदार्थ काठमाण्डौ पुग्छ चोरिनिकासीका कारण । हामीले हातैले सामाग्रीहरुको निर्माण गर्दा सामाग्री महंगो पर्न गयो साथै आर्कषक पनि देखिएन । यसैले गर्दा हामी मेसिनबाट उत्पादन गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्यौं । अब हामी सामान सस्तो बनाउनका साथै आकर्षक पनि वनाउन सक्छौं । अहिलेसम्म हामीले स्थानिय बजारका लागि काम ग¥यौं अव हामी राष्ट्रिय र अन्तराष्ट्रिय बजारका लागि काम गर्दैछौं ।
- लोक्तामा काम गरेको चार वर्ष पुरा हुन लाग्यो । कस्ता किसिमका समस्या झेल्नु परिरहेको छ ?
पहिलो समस्या लोक्ताको चोरी निकासी व्यापक छ । यसलाई रोक्नुपर्छ । जिल्ला वन कार्यालयले सम्बन्धीत विषयमा विज्ञ व्यक्ति उपलब्ध गराइदियो भने हामीलाई काम गर्न सहज हुन्छ । हामी अन्तराष्ट्रिय बजारमा जाने तयारीमा छौं । यसका लागि हामीसंग धेरैभन्दा धेरै उद्योग स्थापना गर्नु जरुरी छ ।
No comments:
Post a Comment