• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

डिबेट तालिम सम्पन्न

इश्वरी दाहाल
दोलखाको लामिडाँडा ६ अवस्थित कालिनाग उच्च माध्यामिक विद्यालयमा सिङ्गटीमा ३ दिने सामुहिक वादविवाद (डिबेट) तालिम सम्पन्न भएको  छ । 
रेडियो शैलुङ्ग सामुदायिक एफ एम र सहभागिमुलक ग्रामिण विकास कार्यक्रम  (पिआरडिपि) दोलखाको संयुक्त आयोजनामा पौष ९ गतेदेखी ११ गतेसम्म आयोजना गरिएको तालिममा कालीनाग उच्च माध्यामिक विद्यालय र प्रताप स्मृति कलेजका गरि २८ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । तालिममा कुनै पनि विषयमा तर्क गर्नका लागि प्रमाण जुटाउने, प्रभावकारी ढंगवाट आफ्ना भनाईहरु राख्ने लगायतका विषयमा प्रशिक्षण दिईएको तालिमका प्रशिक्षक गणेश वुढाथोकीले वताए ।
तालिमको समापन समारोहमा आफ्नो भनाई राख्दै कालिनाग उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक दाताराम नेपालले विद्याथीृहरु विचमा गराईने यस्ता छलफलहरुले विद्यार्थीमा सिर्जनशिल क्षमताको विकास गरेको वताँउदै विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा यस्ता किसिमका क्रियाकलाप समावेश गरिने बताए । उनले भने “यस तालिममा विद्यार्थीहरुले सामुहिक क्रियाकलाप गर्ने, तर्क प्रमाणहरु खोज्ने लगायतका काम गरेको मैले पाएको छु । यस्ता कसिमका क्रियाकलाप गर्न हामी विदालयमा हुने अतिरिक्त क्रियाकलापका दिनमा समय मिलाउँछौं ।”
तालिमको समापन समारोहमा वोल्दै सहभागीहरुले तालिममा सिकेको सिपले आफुलाई भविष्यमा प्रभावकारी ढंगवाट कसरी कुरा गर्ने भन्ने सिप सिकाएको वताए । तालिमका क्रममा रेडियो शैलुङ्ग सामुदायिक एफएमबाट प्रसारण हुँदै आएको तार्किक निष्कर्ष कार्यक्रमको रेर्कड समेत गरिएको थियो ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना