• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

महानता के ले नाप्छ आमा ?

अर्जुन अपवाद
मैले अघिल्लो दिनमा नै भेट्न आउने खवर गर्न खोजेको थिएँ । फोनमा कुरा भन्दा वढि क्यार क्यार सुनिएको थियो । कुरा बुझियो की बुझिएन थाहा पाईन । तीनचार दिन अगाडीदेखी नै उनको पिछा गरिरहेको थिएँ । म किन भेट्न जाँदै छु भन्ने उनलाई पनि थाहा थिएन ।
मलाई उनिसँग भेट्नुभन्दा पनि कुरा गर्नु चुनौतीपुर्ण थियो । उनिसँग गर्नुपर्ने कुराको विषय पनि त्यस्तै थियो । म त्यही कुरा गर्नका लागि नै बजारबाट आधाघण्टाभन्दा वढिको पैदल यात्रा गरेर उनको घरमा नै पुगेको थिएँ ।
उनको घर कहाँनिर छ भन्ने ठ्याक्कै थाहा थिएन । म सोध्दै सोध्दै गँए । घरमा उनि भान्साको काम गर्दै थिइन । असारको महिनामा मकैमा माटो हाल्ने काम थियो रे त्यस दिन । मैले उनको नाम नै लिएर घर सोधेपछि उनि छक्क परिन । उनको नाम धेरैलाई थाहा थिएन अरे ।
घरमा सासु वुहारी मात्र रहेछन । एकै छिन घरायसी कुराकानी भयो । मलाई उनी कुरा गर्न मान्छिन कि मान्दिनन् भन्ने थाहा पाउनु थियो । त्यसैले गर्दा मैले सुरुमा नै आफु जानुको कारण भनिँन । केही बेर कुरा गरेपछि मलाई उनिसँग कुरा गर्न सकिन्छ भन्ने विश्वास भयो ।
एकपाखे छाना भएको २ तल्ले घर । आगँनमा काँक्राको झाल । ठुला मुट्ठीभरका भएका थिए । झालभरी चिचिलाभन्दा धेरै फुल थिए । नजिकै सुन्तलाका बुढा रुख पनि थिए मर्न मर्न लागेका ।
एकैछिन अगाडी उनले मोबाईलमा पैसा हालेकी रहिछन । उनले मलाई मोबाईल दिइन र भनिन “बाबु यो मोबाईलमा १ सय रुप्याँ हाल्द्या छ त ?” आँगनमा उनको हातबाट मोवाईल लिँदै मैले उनको मोबाईलमा पैसा चेक गरें । ९८ रुपैंया रिचार्ज गरेको कुरा मोबाईलले नै जानकारी दियो । “छ, छ सय रुपैंया नै हालेको छ”, मैले भनें । “अस्ति भर्खर १ सय रुप्याँको रिचार्ज गरेको एक ठाँउमा त ५० रुप्याँ मात्रै हालिदिएछ”, उनले भनिन ।
अनुहारमा धेरै चाउरीपन थियो । कपाल तिलचामल तिलचामल थियो । सायद कालो रङ्गले रङ्ग्याइएको थियो । सोध्ने मन पनि थियो अरु कुरा गर्दा विर्सेछु । “मभन्दा धेरै काम गर्नुहुन्छ,” बुहारीले एकैछिन अगाडी मलाई सुनाएकी थिईन ।
..............................
२०६८ सालको चैत्र महिनामा काठमाण्डौबाट च्यामातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा दोलखा भिमेश्वर नगरपालिका ७ मिलघुम्तीका कृष्ण दाहालको घटनास्थलमा नै मृत्यु भयो । उनको मृत्यु भएपछि यात्रुहरु सवारी वन्दको त्रासले आँत्तिएका थिए । तर परिस्थिती उनिहरुले सोचेको भन्दा पनि उल्टो भयो । सवारीले ठक्कर दिएको आधाघण्टामा नै सवारी साधन सुचारु भयो । स्थानियहरु सवारी वन्द गर्ने तयारी गर्दै गर्दा मृतककी आमा ललितादेविले वन्द गर्न तम्सिएकाहरुलाई वन्द नगर्न आग्रह गरिन ।
..........................................
यहि जानकारीलाई पछ्याँउदै म उनको घरसम्म पुगेको थें । लोग्नेस्वास्नेको घरझगडामा सडक वन्द गर्नु सामान्य बन्दै गएका बेलामा उनको यो महानताबारे मलाई जानकारी लिनु थियो र सारङ्गीको भलाकुसारीमार्फत देशभरका श्रोताहरुलाई त्यो जानकारी बाँड्नु थियो ।
बाटोमा जाँदै गर्दा मलाई लागेको थियो झण्डै २ वर्षअगाडीको त्यो कुरा उनले बोल्न मान्लिन की नमान्लीन ? उनले किन त्यस्तो निणर्य गरिन होला ? जबकी अन्य स्थानियले बाटो बन्द गर्नुपर्छ भन्दै थे अरे । ८० वर्षको हाराहारीमा पुगेको मान्छेले मैले सोधेको प्रश्नको उत्तर सहि दिन सक्ला या नसक्ला ? विर्सने वा सुन्ने समस्या पो होला की ?
मैले उनलाई भेटेर थोरै अन्य घरायसी कुरा गर्दा नै उनमा त्यस्तो केही समस्या भएको पाइन । उनि त्यसदिनलाई सम्झेर आफ्नो कुरा भन्न नसक्ने अवस्थामा पो पुग्ने हुन की भन्ने डरचाँही अन्तरवार्ता रेर्कडको अन्तसम्म लागिरह्यो ।
अन्तरवार्ता रेर्कड गर्दै गर्दा धेरै पाटाहरु उघ्रिए । उनी घटना हुँदाका बखत काठमाण्डौ रहिछन । आँखाको अप्रेसन थियो रे त्यहि दिन । त्यो घटनाकै कारण उनको अपरेसन तीन महिना पछि सरेको रहेछ ।
कुराकानीकै क्रममा उनले भनिन् “महिलाहरु सुत्केरी हुन नसकेर मर्छन भनेर मैले बाटो रोकिनँ ।” गाडीले ठक्कर दिएर मरेका कृष्ण दाहाल उनि १९ वर्ष हुँदा जन्मिएका रहेछन २००७ सालमा । तिनै छोरै जन्मदा नै उनलाई सात दिन व्यथा लागेको थियो रे । “ज्यानबाट ज्यान निकाल्ने काम कति गाह्रो छ । डाक्टरकाँ पुग्न  नपाँउदा बाटाकी त्यो सुत्केरी मर्दिन त ?”
उनले अर्को घतलाग्दो कुरा पनि भनिन । “केही दिन लास राखेको भए ४, ५ लाख थप रकम आँउथ्यो भन्ने थाहा थ्यो । तर लास कुहाएर व्यापार गर्न मन लागेन ।”
आफ्नै छोरालाई ठक्कर दिएको बसको चालकलाई भेटेर अव यस्तो नगर है भनेर सम्झाएकी रहिछन उनले । “बाबु अवदेखि याद गरेर चलाउ है भनेर आँए ।”
उनको अन्तरवार्ता सकियो । अन्दाजी २० मिनेट कुरा गरेको थिएँ । हिँड्ने बेलामा चप्पल लगाउन लाग्दा मोबाईल गोजीबाट खसेर आगनमा बजारियो । तिन दिनसम्म मोबाईल विहिन भइयो । जानै लाग्दा आमाले भनिन “फोन गर्नु है बाबु । चरिकोटतिर आएको बेलामा भेटौंला नी ।”
मलाई आफ्नै पाईलाहरु गह्रौ लागे । बाटोभरी विभिन्न प्रश्नहरु मनमा आए । अझैसम्म पनि म संग तिनको कुनै जवाफ छैन । महानता के ले नाप्छ ? पढ्नु र नपढ्नुमा महानता कहाँनिर गाँसिन्छ ? जसले समाज हाँक्न सक्ने हैसियत राख्छन तिनीहरुलाई यस्तो विवेक किन नआएको होला ? तिनिहरुले यस्ता मसिना कुरामा थोरै विवेक राखिदिए समाज यहिँ वसिराख्ला र ?
त्यसदिन यता आमासंग मेरो भेट भएको छैन । भेटमा आमासंग सोध्न मन लागेको छ आमा पुस्तकहरु चपाएको दावि गर्नेहरु भन्दा यत्ति धेरै विवेक तपाँईले कहाँबाट सिक्नुभयो ? 

सारंगीको भलाकुसारीमा प्रसारण भएको अन्तरबार्ता सुन्नुहोस 



सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना