• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

उत्कृष्ट कि निकृष्ट हामी ?

केही दिनअगाडी काठमाण्डौ हुँदै धादिङ्गसम्म जानुपर्ने थियो । चरिकोटबाट यस्तै ५ घण्टामा बसले पु¥याईहाल्छ, किन अघिल्लो दिन नै जानु भन्ने लागेर पुग्नुपर्ने दिनको विहान चरिकोटबाट निस्किएँ । बसमा मानिसहरुको निकै घुँइचो थियो । अघिल्लो दिन यातायात मजदुरले खै के के माग राखेर बन्द गराएका थिए । त्यसैकारण हुनुपर्छ ।
खाडिचौर पुगेपछि वाटो बन्द छ भन्ने सुनियो । हल्ला चलाउनेसँग सोधपुछ गर्दा माझी समुदायका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेका कारण वन्द भएको भन्ने जानकारी पाईयो । जानकारी दिने आफैं निश्चिन्त थिएनन् आफुले पाएको जानकारीमा । बसमा रहेका यात्रुहरु त्यसमा ढुक्क हुन त सकेनौं तर करेन्ट लगाएर माछा मार्ने काम गरेका कारण यसो भएको रहेछ की भन्ने लख काट्यौं ।
अँधेरीमा वर्दिवाला ट्राफिक प्रहरीसँग सोधपुछ ग¥यौं । उसले पनि बाटो बन्द भएको त वतायो तर उतै पुगेर थाहा पाईहाल्नुहुन्छ नी भनेर टा¥यो । गाडी चेहेरेमा रोकिएको रहेछ । हामी गाडीबाट ओर्लियौं र वास्तविकता बुझ्न अगाडी लाग्यौं । एकजना युवालाई वन्दका वारेमा सोधपुछ ग¥यौं । उनले एकजना चालकलाई प्रहरीले पक्राउ गरेको विरोधमा बाटो बन्द गरिएको वताए । चालक त्यसै ठाँउका स्थानिय वासिन्दा हुँदा रहेछन । झण्डै ४५ दिनअघि काठमाण्डौंबाट खासातर्फ जाँदै गर्दा उनको भ्यानमा प्रहरीले हात्तीको दारा भेट्टाएको रहेछ । उनिसँगै हात्तीको दाराका मालिक चिनिया नागरिक पनि थिए अरे । उनलाई चाँही कुनै कारवाहि भएनछ । त्यसै आरोपमा चालकलाई नियन्त्रणमा लिएर कारबाही अगाडी वढाइएको रहेछ । स्थानियले उनलाई विनाशर्त रिहाई हुनुपर्ने माग गरेर वन्द गराएका रहेछन ।
प्रहरीको उपस्थिती वाक्लो थियो । जनपदसंगै शसस्त्र प्रहरी पनि परिचालन गरिएका थिए । चर्को घामले यात्रुहरु सुस्ताइरहेका थिए । कोही गर्मी छल्न नजिकैको सुनकोशीमा पौडी खेल्न लागे । बन्दकर्ता बाटो खुलाउने पक्षमा थिएनन् उनिहरु जिल्ला सदरमुकाम चौतरामा भईरहेको वार्ताको नतिजा पर्खेर वसेका थिए ।
वन्दका क्रममा भारतिय प्रहरीहरुको टोली पनि थुनिएछ । कैलाश यात्रामा हिंडेका उनिहरु भाडाको प्लेट भएको गाडीमा सवार रहेछन । प्रहरी टोलीमा भारतिय प्रहरीका डिएसपी पनि थिए । उनिहरुकै लागि नेपाली प्रहरी बन्दकर्तालाई गाडी छोडिदिन आग्रह गरिरहेका थिए । अन्तमा भारतिय डिएसपी आफैं बन्दकर्तालाई गाडी छोडिदिन आग्रह गर्न गए । धेरैवेरको आग्रहपछि मात्र उनिहरुलाई बाटो छोड्न बन्दकर्ताहरु राजी भए । अरुहरु घाममा सुकेर बसेका थिए । बाटो खुल्ने कुनै लक्षण देखिएको थिएन ।
उनीहरुलाई जान त दिइयो तर झण्डै २ घण्टाभन्दा बढि बन्दमा परेको भारतिय सुरक्षाअधिकारीको टोलीले नेपालीहरुप्रति कस्तो दृष्टिकोण वनायो होला ? अव उसको देशमा नेपाली भेटीयो भने उसले कस्तो व्यवहार गर्छ होला ? जहिल्यै छिमेकीले हेप्यो भनेर हामी बुद्रुकबुद्रुक उफ्रन्छौं सडकमा । नेताहरुका लागि राजनीति गर्नका लागि छिमेकीको ठालुपन राम्रै मसला बन्छ ? सत्तामा पुगेपछि निहुरमन्टी गर्नु अर्कै कुरा । हाम्रा बेथितीले हामीलाई कसरी चिनाईरहेको छ होला छिमेकीहरुविचमा अनी अझै परका ठाँउहरुमा पनि ?
विहान बस गुड्नुअगाडी एक महिला १२ वजे काठमाण्डौं पुग्न सकिन्छ सकिन्न भनेर सोध्दै थिइन । बसमा बुझ्दा उनलाई अस्पतालमा चेकजाँच गर्नका लागि १२ वजेको समय दिइएको रहेछ । उनि निन्याउरो मुहार लिएर यताउति गर्दै थिईन । बन्दकर्ताहरु कसैको कुरा सुन्ने मनस्थितीमा थिएनन । बन्दकर्ता सामु एक वृद्ध आए । उनले भने “मेरो छोरा आज वेलुका कतार उड्नु छ । मैले पैसा लिएर आको छु ।” बन्दकर्ताहरुले उनको कुरा सुन्न त सुने । उनिहरु लाचार थिए । “तपाँईलाई जान दिएपछि अर्कोले पनि जान खोज्छ । वन्द गरेको त सारै भएन नी ।” बन्दकर्ताबाट यस्तै जवाफ पाएपछि बुढा शित्तल खोज्दै उनिहरुबाट ओझेल परे । मोटरसाईकलवालाहरुलाई भने उनिहरु बैकल्पिक बाटो सुझाँउदै थिए ।
“विहानै थाहा भएको भए त आईन्नथो नि ।” चर्को घाममा पसिना काड्दै एउटी महिला बोलेको सुनियो । “अव त लोग्नेको फोन स्वास्नेले नउठाए नि बन्द हुने जमाना आयो ।” अर्कोले सहि थप्यो । आफ्नो विचारसहित ।
बन्दको कारण ४५ दिनअगाडी भएको घटना । प्रशासनमा थुनछेक पक्कै भयो । कानुनी उपचार खोज्ने बाटाहरु प्रशस्त छन । तैपनि किन सडक नै उपयुक्त विकल्प देख्छ मान्छेले ? मानिसहरुको विजोग भएको थाहा छ । तैपनि किन बुझ पचाँउछ हँ मान्छे । आफ्नो गन्तव्यमा हिँडेका यात्रुको के विराम छ र विनाकारण हैरानी झेल्न ? अनि विना गल्तिको सजाय कहिलेसम्म भोगिरहन्छौं हामी ?
झण्डै ४ घण्टापछि बाटो खुल्यो प्रहरीले बल प्रयोग गरेपछि । १०० मिटर क्षेत्रमा हामी कत्तिखेर कताबाट ढुङ्गा आउने हो भन्ने त्रासमा थियौं । स्थानियभन्दा धेरै प्रहरी उपस्थित थियो । झण्डै ३ सय मिटरसम्म गाडीको ताँती थियो । मान्छेको विस्कुन हटाउन यहाँ त प्रहरी अग्रसर भयो । राज्यले उपस्थिती देखायो । कत्ति स्थानमा त राज्य रमिता मात्रै हेर्छ ।
मैले यो घटना हुँदा सम्म ललितादेवीलाई भेटेको थिईन । उनका बारेमा सामान्य सुनेको मात्रै थिएँ । मलाई त्यसदिन लागेको थियो । यो देशमा हामीजस्तै समाजका अगुवाहरुले ललितादेवीलाई विभिन्न सार्वजनिक समारोहमा अभिनन्दन गर्न किन कञ्जुस्याई गर्छौ ? यस्ता कुराहरुलाई बाटो बन्दगर्नेहरुका अगाडी राखेर सार्वजनिक सम्मान गर्ने हो भने पक्कै मान्छेले सिक्दो हो किनभने उसलाई प्रकृतिले अन्य जीवहरु भन्दा उत्कृष्ट वनाएको छ विवेक दिएर । समयमा विवेक प्रदर्शन गर्न नसक्ने हामी अन्य जीवभन्दा उत्कृष्ट छौं की निकृष्ट ? अव त जवाफ खोज्नैपर्ने बेला भईसकेन र ?


सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना