• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

खरी हैन तरकारी, खरिढुङ्गाको नयाँ चिनारी !

“दौडेर निगाले हाटमा जान्थ्यौं । साथीले लगिहाल्ला कि भन्ने लागेर तिनचार दिनलाई हुने तरकारी एकैदिन किनेर ल्याँउथ्यौं । बासी बनाएर पु¥याई पु¥याई खान्थ्यौं ।”
दोलखा जिल्लाको लाँकुरीडाँडा गाविसको खरिढुङ्गाकी फुलमाया श्रेष्ठ विगत वताँउदै थिईन । उनको यो विगत एकादेशको कथा भएको छ । अहिले उनि वर्षमा तरकारी वेचेर एक लाख  रुपैंयासम्म कमाउँछिन । तरकारी नै उनको परिवारको खर्च चलाउने मूख्य श्रोत हो ।
खरिढुङ्गा नेपालकै सबैभन्दा ठुलो खरिढुङ्गा (म्याग्नेसाईट)को खानी भएको क्षेत्र हो । यहाँ २०३५ सालदेखी म्याग्नेसाईट उद्योग सञ्चालन भएको थियो । खरीढुङ्गाले  गाँउको परिचयका साथै स्थानियहरुलाई रोजगारी दिएको थियो । १४ वर्षदेखी यो उद्योग वन्द छ ।
सडक छेउको श्रेष्ठको घरमा गाडीले धुलो र धुँवा मात्रै दिएको थियो । बसका यात्रुहरु उजाड डाँडा देखेर यो गाँउका मानिसहरु के खाएर बाँच्छन होला भनेर भन्थे । यस्तो सुन्नुपर्दा फुलमायालाई नरमाईलो लाग्थ्यो । “घरमा श्रीमानले कमाएर ल्याए मात्रै घरव्यवहार सञ्चालन गर्नुपर्ने अवस्था थियो । यस्तो होला भन्ने त आश नै थिएन,” उनले भनिन । उहिले उनको घरवरपर काउली वन्दा लगायतका तरकारीको हरियाली छ ।
विगत ५ वर्षदेखि फुलमायाको गाँउमा व्यवसायिक तरकारी खेति गर्न थालिएको हो । अहिले यस गाँउबाट मात्रै वर्षमा झण्डै १ करोड रुपैंया बराबरको तरकारी काठमाण्डौ निर्यात गर्छ ।
श्यामलाल तामाङ सवारी चलाउने काम गर्थे । अहिले त्यो पेशा छोडेर गाँउमा गाँउमा तरकारी खेति गर्न फर्किएका छन । “वर्षमा झण्डै ५० हजार रुपैंया नाफा आँउछ,” उनले भने । प्रत्येक घरले झण्डै १ लाख रुपैंया तरकारी वेचेर कमाँउछन तामाङ भन्छन ।
देश बहादुर श्रेष्ठ यस गाँउमा भईरहेको तरकारी खेतीका अभियन्ता हुन । २०३६ सालमा १७ वर्षको उमेरमा भागेर भारतको हिमाञ्चल पुगेका उनले तरकारी खेति गर्ने सिप त्यतै सिकेका हुन । हिमाञ्चल प्रदेशमा उनले काम गर्ने ठाँउको भौगोलिक अवस्था दुरुस्त आफ्नो गाँउको जस्तै थियो । ८ वर्षपछि २०४२ सालमा उनी हिमाञ्चलको जस्तै तरकारी खेती सुरु गर्न गाँउ फर्किए । त्यत्तिखेर नेपालमा तरकारीको वजार नै थिएन । गएको वर्ष उनको गाँउबाट ८० लाखको काउली र बन्दा काठमाण्डौ निर्यात भयो ।
सुरुसुरुमा यस ठाँउको तरकारी काठमाण्डौमा विक्रि गर्न पनि धेरै समस्या भयो । कालो माटोमा फलेको आलुका अगाडी भक्तपुरको चिल्लो आलु ग्राहकका आँखामा सजिलै पर्ने गर्दथ्यो । “आलु भनेको त यस्तो पो हो त । त्यस्तो कालो माटो टाँसिएको आलु नि कसैले खान्छ त भन्थे । तर अहिले यस गाँउको आलु तथा तरकारी काठमाण्डौमा हारालुछ हुन्छ,” श्रेष्ठ भन्छन ।
गाँउका झण्डै १०० घरधुरी व्यवसायिक तरकारी खेतिमा छन । आलु तथा अन्य तरकारीको विक्रिबाट गाँउमा झण्डै १ करोड भन्दा धेरै रुपैंया भित्रिने गर्छ । देशबहादुर गाँउमा चाहिने तरकारीको विउ पनि आफैं ल्याईदिने गर्छन । गाँउमा उत्पादन भएको तरकारी काठमाण्डौ लैजाने काम गर्छन । “यसैगरी मानिसहरुको संलग्नता हुँदै जाने हो भने तरकारी बेच्नका लागि केही समय पछि नयाँ बजार खोज्नैपर्ने दिन आँउदैछ,” श्रेष्ठले भने ।
“नबुझेर हो ।” बैदेशिक रोजगारीका कारण गाँउहरु युवाविहिन हुदैं गईरहेकोतर्फ इङ्गित गर्दै उनले भने । मौरीपालन तथा बाख्रापालन गर्न नेपालमा अझै सम्भावना छ । “वजारमा मह तथा मासुको माग अति नै धेरै छ । त्यसमा गरे त भैगयो नी,” उनले अगाडी थपे । कृषिमा आधुनिकिकरण नहुनुमा सरकारी निकायहरु किसानसम्म नपुग्नुमा प्रमुख कारण रहेको उनको बुझाई छ । उनले भने “हाकिमहरु अफिसमा मात्रै बस्छन । तिनिहरुले सिकेको सिप किसानलाई बाँड्न सके कृषिमा आधुनिकिकरण हुने थियो । यसले गर्दा युवामा पनि आफ्नै गाँउमा काम गर्न सकिने विश्वास जाग्ने थियो ।”
उनका अनुसार गाँउमा प्लाष्टिक टनेल भयो भने अझै आम्दानी वढाउन सकिन्छ । “तरकारी पनि अहिले हामी हावापानीमा भर परेर गरिरहेका छौं । टनेलको व्यवस्था गर्न सकिए बेमौसमी तरकारी पनि खेति गर्न सकिने थियो,” उनले अगाडी भने ।
उनले तरकारी खेतिका बारेमा औपचारीक अध्ययन गरेका छैनन । “मैले धेरै पढेको छैन सर । जम्मा ११ दिन स्कुल गएको हुँ । तरकारी खेतिका बारेमा हिमाञ्चल प्रदेशमा बस्दा र विभिन्न किताबहरु किनेर अध्ययन गरेर जानेको हुँ,” उनले भने ।

यसै बारेमा रेडियोमा प्रसारण भएको रिपोर्ट सुन्नुहोस । 

डाउनलोड गर्नुहोस
apawad@hotmail.com


सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना