• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

आयोजकसँग खिन्न प्रमुख जिल्ला अधिकारी

प्रमुख जिल्ला अधिकारी जिल्लामा सरुवा भएर आएको ५ दिनमात्रै भएको थियो । सार्वजनिक समारोहमा उनको उपस्थिती दोश्रो पटक थियो । अघिल्लो दिन उर्जामन्त्रि उमाकान्त झा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको स्थलगत अध्ययनका क्रममा दोलखा आएका थिए । पत्रिकाहरुमा तामाकोशीका  वारेमा नकरात्मक समाचार आउन लागेपछि उनि आयोजना बन्दै गरेको लामावगरको गोगरस्थित निर्माणस्थलमा पुगेका थिए । मन्त्रिसंगै प्रमुख जिल्ला अधिकारी पनि लामावगर पुगेका थिए । 
तामाकोशी अध्ययनबाट फर्कदा बाटोमा पर्ने सुनखानीमा खुला दिशामुक्त गाविस घोषणा कार्यक्रममा सहभागी हुन कालीनाग मन्दिर छेउमै ओर्लीए प्रमुख जिल्ला अधिकारी । कालीनाग उच्च माध्यामिक विद्यालय जाने बाटो सोध्दै उनि उकालो लागे । विद्यालयमा पुग्दा त्यहाँ कार्यक्रमको कुनै सुरसार थिएन । विद्यालयका प्रधानाध्यापक रामप्रसाद शिवाकोटी के गर्ने के नगर्ने भन्नेमा अलमल परे । 
गृह मन्त्रालयबाट भर्खरै सरुवा भएर जिल्ला आएका दोलखाका प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलको सुनखानीको कार्यक्रम दोश्रो सार्वजनिक औपचारीक कार्यक्रम थियो । कार्यक्रमको निधार्रीत समयमा पुगेका उनले कार्यक्रम सुरु नभएपछि स्थानिय कुराहरु सुनेर समय विताए । कार्यक्रम सुरु गर्दा १ वजेर १५ मिनेट गइसकेको थियो । सञ्चालकले गाँउका लगभग सबै घरका प्रतिनीधि पर्ने गरि सबैलाई अतिथीको आसन ग्रहण गराँउदै झण्डै आधा घण्टा वितिसकेको थियो । 
गाँउका धेरै मानिसहरुले बोल्ने समय थिएन । त्यसलाई कटौती गरेर स्थानिय स्तरमा श्रृजना गरिएका गित संगितमा बालवालिकाहरु नचाईयो । जिल्लाबाट गएका जिल्लास्तरिय नेताले सरसफाईभन्दा वढि राजनैतिक भाषण गरे । एमाले जिल्ला सचिब भरत दुलाल गएपछि उनले आफ्नो पार्टी एमालेको बखान गरे अनि कांग्रेस र एमालेलाई गाली गरे । त्यसपछि बोल्ने पालो पाएका कांग्रेस दोलखाका सभापति तारा कोईराला के कम ? उनले स्थानियले खाएको फोहोरभन्दा माथिल्लो तहका नेताले खाएको फोहोरले देश नै विरामी भएको वताँउदै सुनखानीमा आफ्नो व्यक्तिगत नाता जोड्दै भोट मागे । पालो आयो एमाओवादीको । केन्द्रिय बैकल्पिक सदस्य शंकर लामा मञ्चमा पुगेर भोट नगनुन्जेल सबैले जित्ने भनेर दुवैलाई हलुका वनाए । उनले एमाले कांग्रेस जीतको भ्रममा परेकाले चुनाव निश्चित भएको वताए । “हाम्रा अध्यक्षले भनेका थिए । एमाले माओवादीलाई चुनाव जित्छु भन्ने भ्रम परेमात्रै चुनाव हुन्छ नत्र त विभिन्न बहानामा चुनाव हार्छु भन्नेले भाँडीहालछ नी !”
स्थानिय विकास अधिकारी टुवराज पोखरेलले मन्तव्य राखेपछि प्रमुख जिल्ला अधिकारीको पालो आयो । उनले मञ्चमा पुग्नेवित्तिकै आयोजकलाई धेरै मानीसलाई अतिथीमा वोलाएको भन्दै असन्तुष्टी व्यक्त गरे । उनले कार्यक्रमका बखत घडी हेरेरै बसेका रहेछन । “म अलिकती अचाडु कुरा गर्छु” स्थानियका लागि नयाँ शब्द प्रयोग गर्दै उनले आफ्नो कुरा सुरु गरे । “२७ मिनेट २७ सेकेण्डको समय तपाँईहरुले अतिथी वोलाउन मात्रै लगाउनुभयो । यो त सामन्तवादी व्यवहार भयो । त्यो समयमा ५ ५ मिनेट मात्रै भए पनि ५ जनाभन्दा वढि व्यत्तिले वोल्ने समय पाउने थिए ।” 
साहित्यमा राम्रो दखल भएका उनले कविताबाटै सुनखानीबासीको प्रशंसा गरे । मन्तव्यका क्रममा उनले अतिथीका नाम मात्रै वोलाएर व्यर्थमा खर्च गरिने समयको उपयोग गर्नुपर्ने बताँउदै यसलाई सुधार गर्नु आवाश्यक भएको वताए । उनका कुरा सुनेपछि उनको कुरा सुनिरहेका मञ्चको अघिल्तीर बसेका र मञ्चमा बसेका अतिथीहरु एक आपसमा कानेखुसी गर्न लागे । मञ्चको अन्तिम सिटमा बसेका एक तारावाला प्रहरीले भने गृहमन्त्रालयमा त धेरै अगाडीदेखी नै थोरै समयमा औपचारीक कार्यक्रम सम्पन्न गर्न निर्देशिका नै भएको वताए । प्रमुख जिल्ला अधिकारी पोखरेलले एकैछिनअघि स्थानियले गाएको असारे गितको भाका गाउने प्रयास गरे र त्यहि गितबाटै सबैलाई धन्यवाद दिए अनि आफ्नो भनाई अन्त गरे । 
सुनखानी गाविस जिल्लाको छैठौं खुला दिशामुक्त गाविस घोषणा भएको छ । गएको चैत्र महिनाबाट सुरु भएको खुला दिशामुक्त अभियानका क्रममा गाँउमा ३८७ घरधुरीमा चर्पी निर्माण गरिएको गाविस सचिव दिलवहादुर आचार्यले जानकारी दिए ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना