• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

प्रभु, तपाँइको शिक्षा यहि हो त ?

मैले पाएको ज्ञान गलत हैन भने क्रिश्चियन धर्मका प्रवर्तक जिजस हुन । उनलाई तत्कालिन समयमा मानिंदै आएको संस्कारका विरुद्ध बोलेका कारण क्रुसमा टाँगेर मारिएको थियो । उनले आफ्नो मृत्यको समयमा मार्ने काममा संलग्नहरुलाई सम्बोधन गर्दै भनेका थिए, “पिता यिनिहरु अज्ञानी छन । यिनीहरुलाई माफी दिनुहोस । किनभने यिनीहरुलाई आफुले के गर्दै छु भन्ने थाहा छैन ।” (लुका ३0:३४)
यति महान विचार राख्ने विचारकका अनुयायीहरुका काम भने हदैसम्म घिनलाग्दा हुँदै गएका छन । हिमाल चढ्ने यात्रामा छौं भन्नेहरुको यात्रा ओरालीतिर झर्दो छ । समयमा नै सम्झाइदिने कोही होला की ? 
चरिकोट नजिकैको गाँउमा एकजनाले उहाँको सुसमाचार सुनेछन । उनले आफु जिजसको बाटोमा हिँड्ने प्रतिवद्धता जाहेर गरे । त्यसपछि चरिकोटको चर्च धाउन लागे । आफ्नी श्रीमतीलाई पनि सोही बाटोमा हिँडाए । आमालाई पनि । परिवारका एक सदस्य बाबुले सो बाटोमा हिँड्न इन्कार गरे । त्यसपछिको घरमा अशान्तीका दिन सुरु भए । बाबुले पुर्खादेखि नै मद्यपान गर्दै आएका थिए । यस्ता पदार्थहरु उनको घरमा नै निर्माण गरिने गथ्र्यो ।  भलै उनि त्यस्तो नशामा परेका मानिस होईनन् । आफ्नो भनाई नमानेपछि उनले बाबुले खाँदै आएको पदार्थको भाँडामा पिसाब समेत गर्न भ्याए ।
बाइबल भन्छ कोही तिम्रो बाटामा हिँड्न मानेनन भने तिनीहरुलाई घृणा नगर । राम्रो व्यवहार प्रदर्शन गर । काँडाले हिर्काउनेलाई फुलले हिर्काउ । आफ्नो भनाई नमानेकै कारण आफ्नै जन्मदिने बाबुमाथि यतिसम्म दुव्र्यवहार गर्न कसले सिकाँउदैछ ? यसमा उनलाई सुसमाचार सुनाउने तथा बाईबल सिकाउने पाष्टरको जीम्मेवारी कति हुन्छ ? यसले धर्मको सम्मान देला की अपमान ? 
कुरा यत्तिमा सकिएको छैन । “तिमीहरु जे जे गर्छौ गर तर म अहिलेसम्म मानेको संस्कार छोड्न सक्दिन”, बाबुले आफ्नो प्रष्ट अडान राखे । त्यसपछि छोराले सदरमुकामको एक चर्चबाट धार्मिक अगुवा पाष्टर लगायत अन्य विश्वासीहरु सहितको समूहलाई गाँउमा लगे । बाबुले मान्दै आएका संस्कारका सबै चिजविज सैतानका नाममा नष्ट गरियो । आफ्नै छोराले आफ्नो आस्थाको यत्तिधेरै घृणा गरेपछि बाबु आहत भए । त्यसपछि उनले जीउनुको कुनै अर्थ देखेनन र आत्महत्या गर्ने प्रयास गरे । दिन आईनपगेर होला उनले विष पिएर तामाकोशीमा हाम फाल्ने प्रयास गर्दा कसैले देख्यो र उनलाई अस्पताल भर्ना गरियो । यो लेखुन्जेलसम्म डाक्टरहरु उनको ज्यान बचाउने अभियानमा छन । सफल हुन्छन या हुन्नन त्यो भविष्यको कुरा । 
यत्तिसम्म लेख्दा बाईबलको विरोध गरेको भन्ने आरोप लाग्न सक्छ । केहि वर्ष अगाडीसम्म नेपालमा धर्मप्रचार गरेकै कारण जेल जानुपर्ने अवस्था थियो । अहिले देश धर्मनिरपेक्ष भएको छ । के यस्तै घटनाहरु भोग्नलाई हो र ? यसरी मानिसलाई आत्महत्या गर्न बाध्य हुनेगरि धर्मका नाममा यातना दिईनु न्यायोचित छ ? के भन्छन क्रिश्चियन विश्वासहरु ? धार्मीक रुपमा घरमा बाबुको बिचार सम्मान गर भन्ने हो की, आफुसमेत गएर मान्दै आएको संस्कारलाई सैतानका नाममा फ्याकिदीने हो पाष्टरको काम ? यस घटनामा कसले लिनुपर्ने हो जीम्मेवारी ?
केही वर्षअगाडी म रामेछापको एक गाँउमा थिएँ । त्यहाँ गाँउ नै क्रिश्चियन भएको रहेछ । एक घर क्रिश्चियन हुन मानेन । त्यसपछि क्रिश्चियनहरु मिलेर गैर क्रिश्चियनको परिवारलाई नै पानीवाहेक गरेछन । स्थानिय चर्चका पाष्टर भन्दै थिए “तिनीहरुलाई पनि क्रिश्चियन नबनाई भएको छैन ।” मैले उनलाई प्रश्न राखें “के येशुले यसै भन्नुएको छ,” उनले जवाफ दिए “त्यसो त छैन तर गाँउका सबै एकातिर लागेपछि तिनी एक्लै बस्नुभएन नि ।”
धर्म मानिसको व्यक्तिगत मामला हो । यसमा के गर्ने के नगर्ने भन्ने निर्णय गर्न व्यक्ति स्वतन्त्र छ । यसो भन्दैमा कसैलाई करकापमा धर्म परिवर्तन गर्न लगाउनु भनेको अपराध नै हो । जसलाई त्यहि धर्मले पनि सह्य मान्नु हुँदैन । 
बाईबलको वचनमा विश्वास मान्नेहरु परमेश्वरको मृत्यु भएको छैन र उहाँ हामीसंगै हुनुहुन्छ भन्ने विश्वास गर्छन । अनि सबै किसिमका पापहरु क्षमा दिने कुरा पनि । तर यतिसम्मको ज्यादती गर्ने कार्यमा संलग्नहरुलाई उहाँले क्षमा दिनुहोला ? 
apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना