• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

सामुदायिक भवनमा विद्यार्थी

विद्यालयको कार्यालयको कामका लागि छुट्ट्याइएको कोठालाई काठको बारले बारिएको छ । एकापट्टि कार्यालय छ, अर्कोपट्टि विद्यार्थी पढ्छन । दुवैतिरको आवाज दुवैतिर प्रष्ट सुनिन्छ । यसले कार्यालयको काम र कक्षा वनाइएको कोठामा पनि असर गरेको छ ।

सुरी गाविस वडा नं. आठको गुरुम्फीमा अवस्थित नवज्योती निम्न माध्यामिक विद्यालयमा यस्तो दृष्य सामान्य छ । एउटै कक्षालाई विचमा काठको फलेक वा चित्राले बारेर दुईवटा वनाएर कक्षा सञ्चालन गरिएको छ । यसले विद्यार्थीलाई पढलेखमा समस्या परेको वताँउछन शिक्षक वद्रि रिमाल । उनि भन्छन “हामीले पढाएको विद्यार्थीले नसुन्ने अवस्था छ ।”

यस्तो अभावबाट पार पाउनका लागि विद्यालयमा कुनै संघसंस्थाबाट सहयोग लिएर काम गर्ने योजना बनाएका थिए गाँउलेहरुले । यसै क्रममा उनिहरुले गाँउमा सामुदायिक भवन आवश्यक प¥यो भनेर जिल्ला विकास समितिको कार्यालयमा निवेदन दिए । कार्यालयले सामुदायिक प्रयोजनका लागि भनेर यस आर्थिक वर्षमा ४ लाख रुपैंया विनियोजन ग¥यो । गाँउलेहरु सबै मिलेर काम सुरु गरेको १५ दिनमा नै भवन निर्माण सम्पन्न गरे । भवनमा सामाजिक काम कारवाहीहरु हुँदैनन । नवज्योती निम्न माध्यामिक विद्यालयका विद्यार्थीहरु पढलेख गर्ने गर्छन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन ओली भन्छन “विद्यालय भवनको धेरै समस्या परेकाले भवनलाई विद्यार्थी पढ्ने प्रयोजनमा प्रयोग गरिएको हो ।” विद्यालयको भवन सामुदायिक केन्द्रका रुपमा प्रयोग गर्न दिइने पनि उनले वताए । उनले अगाडी भने “अहिले वनाइएको भवन विद्यालयलाई मिल्ने गरि वनाइएको छ । यो भवनको सबै काम सकिएपछि विद्यालयले आफ्नो भवन सामुदायिक केन्द्रलाई दिनेछ ।”
भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष एवं विद्यालयका अभिभावक भक्तबहादुर खड्का भन्छन “यस ठाँउमा सुरी गाविस लगायत छिमेकी चंखु गाविसका विद्यार्थीहरु पनि अध्ययनका लागि आउने भएका कारण भवन निर्माणमा जोड दिइएको हो ।”

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना