• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

बेठी व्युँताउँदै जिलुवासी

बाजा बजाउनेहरु हिलो खेतका गराहरुमा बाजा बजाईरहेका छन । थुप्रै मानिसहरु बाजाको धुनमा कम्मर मर्काई मर्काई नाचिरहेका छन । बाजा वजाउनेहरुले टोपीमा धानको विउ सिउरेका छन ।  जिउमा हिलो लतपतिएको छ । नाच्नेहरु पनि हिलोले गर्दा नचिनिने भएका छन । 
दोलखा जिल्लाको भिमेश्वर नगरपालिकाको जिलु गाँउमा केहि दिनअघि यस्तै देखियो । झट्ट हेर्दा कुनै विवाहको दृश्य जस्तै लाग्छ, तर यो धान रोप्ने बेलामा आयोजना गरिने बेठिको दृश्य हो । नेपालको प्रमुख अन्नका रुपमा लिईने धान रोप्दा नौमति वाजासहित सामुहिक रुपमा जम्मा भएर गाईने बेठीको आफ्नै भाका लय र संगित छ । 
बेठीमा नाच्दै स्थानीय  /तस्बिर गंगा रिमाल 
६५ वर्ष पुगेका कृष्णबहादुर नेपाली बेठीका लागि वाजा वजाउँदै छन । जिलु गोबर्धनेका स्थानिय वासिन्दा नेपाली पहिलेभन्दा अहिले बेठीको चलन कम भएको वताँउछन । “पहिला गाँउलेहरु सबै जम्मा हुने, बाजा बजाउने गित गाउने, हिलो छ्यापाछ्याप गर्ने रमाईलो गर्ने काम गरिन्थ्यो । अहिले अव अलि हट्दै गएको छ ।” नेपालीले भने । 
रामकुमार नेपाली समुहमा सहनाई वाजा वजाउने काम गर्छन । “आफ्नो संस्कृति हराउन दिनु भएनन नि । त्यहि भएर म बाजा वजाउन आएको हो ।” बेठीभाकामा रमाईरहेका उनले भने ।  
संस्कार संस्कृति लोप हुने कुरामा सञ्चारमाध्यम पनि जिम्मेवार भएको हरिवहादुर नेपाली वताँउछन । उनले भने “एफएमहरुले खाली पश्चिमका भाका र हिन्दी गितहरु बजाँउछन । यस्ता हाम्रा भाकाहरु बजाएको छैन ।” 
बेठीले के बुढापाका, युवा, बालबालिका सबैलाई मनोरञ्जन दिएको बताँउछन जिलुकी सुमित्रा केसी ।  उनि भर्खर १३ वर्षकी भईन । “धेरै मान्छे आउनुभाको छ । बेठी  रमाईलो लागेको छ ।” हिलोमा नाच्दै गरेकी उनले भनीन् । 
जिलुमा यो चलन हराउन नदिन बेठी गाउने काम लगातार गर्दै आईएको स्थानिय वासिन्दा वताँउछन । “हामीले पुरानो चलन छोडेका छैनौं । वर्षेनी गर्न सकिएको छैन । २, ४ वर्षको फरक पारेर गरिरहेका छौं”, स्थानिय छविन्द्र चौंलागाँईले भने । यसअघि गाँउमा सिञ्चाईको राम्रो प्रबन्ध हुन नसकेका कारण वर्षेनी गर्न नसकिएको उनले जानकारी दिए । 
नेपालका अधिकाँश नागरिकहरु कृषि पेशामा छन । यसैकारण हाम्रा मौलिक संस्कार तथा संस्कृतिहरु पनि खेतीपातीमा आधारित छन । समाजका यस्ता सम्पत्ती आगामी पुस्ताका लागि संरक्षण गर्नु हामी सबैको दायित्व हो । 
रेडियो सैलुङ्गबाट प्रसारण भयको रिपोर्ट सुन्नुहोस 


डाउनलोड गर्नुहोस 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना