• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

१० वुँदे घोषणापत्रसहित बालसाहित्य सम्मेलन सम्पन्न

बालबालिका भविष्यका कर्णधारमात्र नभई वर्तमानका साझेदार हुन भन्ने धारणालाई आत्मसात गर्दै उनिहरुसँगको सहभागिता र सहकार्यलाई महत्वकासाथ प्रवद्र्धन गर्ने लगायतका १० बुँदे दोलखा घोषणापत्र जारी गर्दै दोलखामा विहिबारदेखि सञ्चालन भएको बालसाहित्य सम्मेलन सम्पन्न भएको छ ।
नेपाल वाल साहित्य समाज काठमाण्डौ, कला साहित्य प्रतिष्ठान दोलखा, नेपाल प्रज्ञा प्रतिष्ठान, सिविन नेपाल र टुकी संघ दोलखाको संयुक्त आयोजनामा सम्पन्न सम्मेलनमा वालसाहित्यका विविधि विषय तथा बालचित्रकलाका वारेमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । ‘बालबालिकाको पूर्ण पोषणका लागि बालसाहित्य’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा देशभरका ४५ जना वालसाहित्यको क्षेत्रमा कलम चलाउने साहित्यकारहरुको सहभागिता रहेको थियो ।

सम्मेलनमा बालसाहित्यका विविध पक्षहरुका वारेमा ११ वटा कार्यपत्रहरु प्रस्तुत गरिएको आयोजक संस्था कला साहित्य प्रतिष्ठानका अध्यक्ष विर्ख क्रान्तिले जानकारी दिए । साहित्यमा आधुनिकताका नाममा भित्रिरहेको साँस्कृतिक प्रदुषणबाट वालवालिकालाई जोगाउनका लागि नेपालको मौलिक संस्कृतिको प्रवद्र्धन गर्ने, वहुसाँस्कृतिक समाजबिच सद्भाव बढाउने तथा वैज्ञानिक चिन्तन फैलाउने साहित्य सिर्जनामा सम्मेनका सहभागीहरुले जोड दिएका थिए ।

कार्यक्रमको समापन समारोहमा वोल्दै नेपाल वाल साहित्य समाजका अध्यक्ष भिक्टर प्रधानले दोलखामा वालसाहित्य प्रवद्र्धनका लागि स्थानिय भाषाहरुमा भएका बालसाहित्यको खोज तथा अनुसन्धान गरिनुपर्ने वताए । नेपालको वाल साहित्य अन्तराष्ट्रिय स्तरमा पु¥याउनका लागि अनुवाद साहित्यमा जोड दिनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा वरिष्ठ बाल साहित्यकार शान्तदास मानन्धरले वालसाहित्यले वालवालिकाको वौद्धिक विकासमा प्रत्यक्ष असर पार्ने भएका कारण सर्जकहरु सिर्जना गर्दा जीम्मेवार हुनुपर्ने वताए ।

सम्मेलनमा बालकथा वाचन तथा लेखन, चित्रकला, पुस्तकालय व्यवस्थापन तथा कार्यपत्र प्रस्तुती गरिएको थियो । जिल्लाका विभिन्न स्थानमा रहेका विद्यालयहरुबाट १०० जना विद्यार्थी तथा शिक्षकहरु कार्यक्रममा सहभागि भएको आयोजकले जानकारी दिएको छ ।

सम्मेलनमा नेपाल साहित्य समाजले साहित्य लेखनतर्फ रामप्रसाद ज्ञवाली र चित्रकलामा सुमन महर्जनलाई पुरस्कार प्रदान गरेको छ । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना