• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

अवैध काठ प्रयोगको आरोपमा ५ व्यवसायी पक्राउ ।

दोलखा, ६ बैशाख
दोलखामा रहेका काष्ठ उद्योगहरुमा अवैध काठ प्रयोग गरिएको आरोपमा पाँच जना भेनियर व्यवसायी पक्राउ परेका छन । पक्राउ पर्नेहरुमा भीमेश्वर नगरपालिकाको मकैबारीमा सञ्चालित दिव्य प्लाई उड प्रा लि. का शिवबहादुर शिवाकोटी, शैलुङ्गेश्वरमा सञ्चालित सेतीदेवी भेनियरका शिवबहादुर कार्की, काब्रेमा सञ्चालित हनुमन्तेश्वर सःमिलका अर्जुन दाहाल, काब्रेकै मैनापोखरी सःमिलका उद्धव दाहाल र ठूलोपातलमा सञ्चालित दोलखा सःमिलका टेकबहादुर तमाङ रहेका छन । 

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी नायव उपरिक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए । उनीहरुलाई शुक्रबार पक्राउ गरिएको हो । 

जिल्लाका विभिन्न क्षेत्रमा सञ्चालित भेनियर र सःमिल उद्योगहरुले अवैध काठको प्रयोग गरेको अख्तियारको छानविनमा फेला परेपछि थप अनुसन्धानका सञ्चालकहरुलाई पक्राउ गरिएको जिल्ल वन कार्यालय दोलखाका प्रमूख रविन्द्र महर्जनले जानकारी दिए । जिल्लामा वनफडाँनीका बारेमा गुनासो बढ्न थालेपछि अख्तियार दुरुपयोग आयोगको अनुसन्धान टोलीले दोलखा आएर दुई हप्ता अघि केही उद्योगहरुमा छापा मारेको थियो । अख्तियारसँगै प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव कृष्णहरि बास्कोटाको टोलीले समेत जिल्लामा स्थलगत अनुगमन गरेको थियो । 

जिल्ला वन कार्यालय दोलखाका प्रमुख महर्जनका अनुसार जिल्ला वन कार्यालयले समेत सहायक वन अधिकृतहरु चन्द्रबहादुर थापा, मुकुन्दप्रसाद अधिकारी र गोविन्दप्रसाद दाहाललाई अनुसन्धान अधिकृत तोकी अनुसन्धान अघि बढाएको छ । दोलखामा एक प्लाई उद्योग सहित ८ वटा भेनियर सञ्चालित छन् । अख्तियारले उक्त भेनियर र समिलहरुमा टाँचा नलगाइएको अबैध काठहरु प्रयोग गरेको निष्कर्ष निकालेपछि उनीहरु पक्राऊ परेका हुन् । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना