• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

अदालत परिसरबाट २ कैदी फरार

दोलखा, ८ बैशाख

जिल्ला अदालत दोलखाले विभिन्न समयमा फैसला गरेका मुद्धाहरुमा फरार रहेकाहरुलाई पक्राउ गरि अदालतमा बुझाएपछि परिसरबाटै कैदी फरार भएपछि अदालतका कर्मचारी खोजी अभियानमा जुटेका छन । जिल्ला प्रहरी कार्यालयले पक्राउ गरि अदालत बुझाउन लैजाँदा माली २ घर भएकी तेनिया शेर्पा अदालतपरिसरबाटै फरार भएकी हुन । उनलाई वहुविवाहको मुद्धामा अदालतले २०६० कार्तिक ७ गते २८ दिन कैद र २ हजार रुपैंया जरिवानाको फैसला गरेको थियो ।

जिल्ला अदालत दोलखाले अदालतबाट फैसला भएका मुद्धाहरुमा उल्लेख भएको कैद तथा जरिवानाको सजाय अटेर गर्ने ४ सय ७६ जनाको विवरण प्रहरीलाई उपलब्ध गराएपछि प्रहरीले पक्राउका लागि अभियान नै सञ्चालन गरेको थियो । अभियानका क्रममा शेर्पालाई पक्राउ गरि अदालतमा बुझाउन लैजाँदा उनि भिडभाडको मौका पारी फरार भएको अदालतका श्रेस्तेदार ध्रुवराज कार्कीले जानकारी दिए । उनले भने ‘शेर्पालाई प्रहरीले अदालतमा बुझाउन ल्याएको थियो । हामीले कैदि पुर्जी दिन नपाँउदै उनि फरार भएकी हुन ।’ शेर्पा आईतबार फरार भएकी हुन ।

यसैगरि ज्यान मार्ने उद्योगमा २० वर्ष कैद सजायको फैसला भएका खोपाचाँगु ४ का खेम विक्रम खड्कालाई अदालतमा वुझाएपनि जेलमा नरहेको प्रहरीले जानकारी दिएको छ । घटनाका बारेमा जिल्ला अदालतका श्रेस्तेदार कार्कीले आफुलाई तत्काल जानकारी नभएको र जानकारी लिने प्रयास भैरहेको बताए ।
जिल्ला अदालतले गरेको ६ सय ५४ वर्ष ३ महिना १७ दिन कैद तथा ७ करोड ५७ लाख ८७ हजार ९ सय २७ रुपैंया ३३ पैसा जरिवानाको सजाय कार्यान्वयन हुन नसकेको तथ्याङ्क केही समयअघि सार्वजनिक भएको थियो ।

  • फैसला भएको ४८ वर्षपछि पक्राउ

अभियानका क्रममा प्रहरीले २०२२ सालमा फैसला भएको गर्भपतनको मुद्धाका कैदीलाई पक्राउ गरेको छ । जफेका ८३ वर्षिया कर्णबहादुर बुढाथोकीलाई अदालतले १ वर्ष कैदको सजाय सुनाएको थियो । उनि हालसम्म फरार रहेका थिए । उनलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमूख प्रहरी नायव उपरिक्षक सुरेशराज काफ्लेका अनुसार अहिलेसम्म फैसला अटेर गर्ने ९२ जनालाई पक्राउ गरिएको छ । अदालतले विवरण उपलब्ध गराएका सबैलाई पक्राउ गर्ने काफ्लेले बताए ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना