• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

गणतन्त्र आएपछि !

सम्पादकको नजर राम्रैसँग परे लेख नछापिन सक्छ । मनमा लागेको कुरा मनमा मात्रै राख्नुभन्दा लेखे धेरैसम्म पुग्छ । छलफल हुन्छ भन्ने आशय हो । 

प्रतिगमनकारी, यथास्थितिवादी बुर्जुवा लगायतका पगरी गुथ्न नडराई सत्य कुरा भन्न आँट गर्ने हो भने देशका आम मानिसले कथित परिवर्तनबाट केहि फाईदा लिन सकेका छैनन् । गणतन्त्र आएको ६ वर्ष पुरा हुनै लाग्दा हामीले त्यसपछि के पायौं भनी लेखाजोखा गर्ने हो भने फ्याट्ट भन्ने उत्तर हामी धेरैसँग छैन । गोलमटोलमा केहि कुरा गरेर प्रश्नकर्ता अल्मल्याउन सक्छौं बुँदागत उत्तर दिएर हैन ।

गणतन्त्र आएपछि देशमा भएका परिवर्तनलाई बुँदागत रुपमा भन्ने हो भने त्यसले केही काम अवश्य गरेको छ । परिवर्तनहरु आम जीवनमा जोडिएकी जोडिएनन् भनेर भन्ने हो भने उत्तर नकरात्मक आँउछ नै । यसो भन्दा पश्चगामी भईन्छ । विसौलीको जिब्रो फड्काल्नुभन्दा धार्नीको टाउको हल्लाउनु बेश !

गणतन्त्रले राजमार्गलाई लोकमार्ग वनायो । बाटाको खाल्डाखुल्डी पुरेन । स्तर सुधार गरेन । यसले तराईलाई मधेस बनायो । त्यहाँको असमानता घटाएन । विभेद अन्त्य गरेन । 

इतिहास सहि कि गलत हो । एकले आवेगमा आएर गर्न मिल्ने निर्णय थिएन । हामीले गणतन्त्रका नाममा देशका अमूल्य कलाकृतिहरुलाई धुलोमा मिसाँयौं । भित्तामा केही थान पात्राहरु फेरीन नपाँउदै हामीले त्यसलाई पुर्ननिर्माण पनि ग¥यौ । हामी मक्खै छौं । यस्तै यस्तै कामका लागि । भोली नयाँ पुस्ताले यिनै कामहरुको उपादेयताका बारेमा गरेको प्रश्नमा हामीले आजैदेखी तयार गरेर राखेपनि चित्तबुझ्दो उत्तर हुनेछैन । 
इतिहास लेख्नेले गलत लेखेका हैनन भने आफुले जितेको राज्यमा मानिएको कुमारी प्रथालाई शाहबंशले स्विकार गरेर दाम राख्यो । काठमाण्डौमा चलेका रितिरिवाज मास्न लागेन । आफ्नो धर्मसंग मिल्ने मात्रै हैन फरक आस्था राख्नेहरुलाई पनि स्थान दियो ।

राज्य बलियो हुनैपर्छ । निरिह राज्यले नागरिकलाई सुरक्षा प्रदान गर्न सक्दैन । न त आत्मसम्मान प्रदान गर्न सक्छ । बर्दिका सुरक्षाकर्मीप्रति गणतन्त्र भन्दा अघि नागरिक अलि परै बस्थ्यो । गणतन्त्रपछि बर्दिमा खटिएका सुरक्षाकर्मीलाई गाला चड्काउने हैन हत्या नै गर्न सक्ने आँट पलाएको छ नागरिकमा । नारायणहिटी दरवार हटाईयो त्यसका ठाँउ रित्त छ कि भरियो सामान्य राजनीति बुझ्नेहरुलाई व्याख्या गर्न पर्दैन ।  

राजधानीमा रहेका बखत एक पुराना पत्रकारले सञ्चालन गर्ने रेडियो कार्यक्रम सुन्दै थिए । बारामा जन्मिएका मधेसी मुलका एक नागरिकसँगको अन्तवार्ता थियो । जो वारामा नेपालको पहिलो निर्वाचनको उपनिर्वाचनमा संसद चुनिएका थिए । जुम्लामा गएर विमानस्थल निर्माण गरेका थिए । उनले नेपालमा गरेका कामहरुका बारेमा चाहिनेजत्ति चर्चा भएन किनभने उनले सबैका लागि काम गरेका थिए । अहिले त कविलातन्त्रतर्फ समाज गईरहेको छ । यस्तो समयमा उनको मृत्यु पनि गुमनाम भएर गयो ।

सबैको मत लिएर प्रतिनिधी चुनिएपछि एक वर्गको मात्रै हुँ भन्दै हिड्नु गर्वको विषय भएपछि समाजमा भाँडभैलो मच्चिन्छ नै । पक्कै पनि आफुले प्रतिनिधित्व गरेको समुदायप्रति सबैको सहानुभुती रहन्छ । अलि अगाडी पुगेपछि सबैको हुँ भन्ने भावना भने विकास हुन सकेको छैन । सुसुप्त अवस्थामा रहेको या प्रवृत्ति गणतन्त्र आएपछि मौलाएको छ । यसलाई मौलाउनुपर्छ भन्नेमा अलिक वौद्धिक वर्ग नै लागिपरेपछि भन्न वाँकी नै के रह्यो र ? 

हामीले महान ठानेका कामहरुको दीर्घकालिकता कतीसम्म हो । एकान्तमा बसेर सोच्नैपर्ने बेला आईसकेको छ । हामीले आफ्ना ठानेका महान एजेण्डाहरु समाजमा कसरी छिर्छन भन्ने कुरा कनकमणी काण्डले छर्लङ्ग पारीसकेको छ । हामी बुझ पचाँउछौं भने त्यो भीन्नै कुरा हो ।

पक्कै पनि हामीलाई विकास चाहिएको छ । विकास कसरी गर्न सकिन्छ भन्नेमा फरक फरक मत हुन सक्छन । सबै पक्ष एकै थलोमा रहनुपर्छ र देश विकासमा लाग्नुपर्छ । अहिलेको आवश्यकता यत्ती नै हो । हामीलाई मिठा र अकल्पनीय कल्पनाहरु चाहिएको छ । नेताले भाषणमा त्यस्तै कुरा गर्छन । हामीले औला ठड्याउँदैनौ । त्यसो गर्न हामीलाई कसैले अराउनुपर्छ । सिकाउनुपर्छ । हात समाईदिनुपर्छ ।

चौपाया वस्तुका बथान र मानिस मात्रै हिड्ने बाटाका लागि हाम्रा अग्रजहरु ३ मिटरको बाटो छोडेर दुबैतिर १ मिटर अग्लो पक्कि पर्खाल बनाँउथे । हामी ४ पाङग्रे गाडी गुड्ने बाटो २ मिटर भए पुग्छ भन्ने विश्वास गर्छौ । नेपालमा गणतन्त्र आउनु सहि थियो कि गलत थियो । भोलीले बताउने छ नै । हामीले अव गर्ने काम भने दीर्घकाल सोचेर गरौं । पछिल्लो पुस्ताले सोधेको जवाफ दिनसक्ने गरेर !
apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना