• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

सभासद सचेत गराउँदै तन्नेरीहरु

संविधान जारी गर्न नसकी विगठन भएको पहिलो संविधान सभामा आवद्ध सभासदहरुले गरेका क्रियाकलापहरुबारे पुस्तक प्रकाशन भएको छ । तन्नेरी चासोले उक्त पुस्तक प्रकाशन गरेको हो । 

पुस्तकको आज एक समारोहका विच सभासद एवं पूर्व उर्जामन्त्री गोकर्ण विष्ट, कांग्रेस सभासद डिना उपाध्याय, रामहरी खतिवडा र नेपाल परिवार दलका सभासद मिलन कुमारी राजवंशीले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको थियो । पुस्तकमा पहिलो संविधानजसभामा संलग्न सभासदहरुले गरेका नकरात्मक कार्यहरुको वारेमा चर्चा गरिएको छ ।

विमोचन कार्यक्रममा बोल्दै सभासद गोर्कण विष्टले युवाहरुले गरेको यो कामले सभासदलाई जिम्मेवार बन्न सहयोग पु¥याउने वताउनुभयो । पुस्तकले राजनीति गर्नेहरुलाई गम्भिर बनाएको विष्टको भनाई थियो । 

राजनैतिक उत्तरदायित्वका लागि काम गरिरहेको संस्था तन्नेरी चासोले प्रकाशन गरेको पुस्तक सबै सभासदलाई उपलब्ध गराईने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा बोल्दै कांग्रेस सभासद रामहरी खतिवडाले काम गर्न नसकेका कारण नै पहिलो संविधानसभाका धेरै नेताहरुले सार्वजनिक स्थलमा दूव्र्यवहार भोग्नुपरेको भन्दै राजनीतिज्ञहरुले आफ्नो व्यवहार सुधार गर्नैपर्ने वताउनुभयो ।

पुस्तक सार्वजनिक गर्दै कांग्रेस सभासद डिना उपाध्यायले पुस्तकले आफुलाई थप जीम्मेवार भएको वताउनुभयो । ‘पुस्तकमा मेरो नाम पनि सम्पत्ती विवरण नवुझाउनेमा परेको रहेछ । त्यसै भएर मैले यस वर्ष अस्ति नै सम्पत्ती विवरण वुझाईसकेको छु’ उपाध्यायले भन्नुभयो ।  

गलत कुराहरुको मात्रै पुस्तकमा उल्लेख गरिएको भएपनि त्यसले सकरात्मक सन्देश छोडेको नेपाल परिवार दलकी सभासद मिलन कुमारी राजवंशीले वताउनुभयो । 

कार्यक्रममा मन्तव्य राख्दै वरिष्ठ मानवअधिकारकर्मी शुसिल प्याकुरेलले स्थानिय निकाय निर्वाचन नभएका कारण भ्रष्टचार बढ्दै गईरहेको वताउनुभयो । ‘पछिल्लो समयमा राजनीति सहि हुन नसक्दा समाज अराजकतातर्फ गईरहेका कारण जनताको खबरदारी अत्यन्तै आवाश्यक भएको छ ।’

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना