• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

बिर्सिएपछि

भर्खरैसम्म सम्झना थियो
अहिले विर्सिएछु
मनले पनि
कत्तिचाँडै विर्सन सकेको .?

केही प्रसङ्ग बिर्सनुपर्ने नै थिए
बिर्सिएर राम्रै भयो ।
केही कहिल्यै बिर्सनु नहुने थिए
तिनिहरु नि विर्सिएछन्
राम्रो भो की नराम्रो ?

कुनै बखत विर्सन नसक्दा
म बेचैन थिएँ
कयौँ दिन वितेथे विर्सने प्रयासमा
तर,
सम्झना झनै बलियो भईदिन्थ्यो
मन मर्माहत बनाउँदै ।

कसरी सबै बिर्सिइयो आज
सम्झदै छु मनभित्रै
तर्क विर्तक दिमाग वरपर ।

ढुक्क हुनु तिमी
मैले तिम्रा हरेक कर्तुत पनि
आजैका मितिबाट विर्सिएको छु
कहिल्यै कहिल्यै नसम्झने गरेर ।

तिम्रा अवगुणहरु सँगसँगै
गुणहरु पनि बिर्सिएको छु,
तर पनि
तिमीलाई बिर्सन
गाह्रो गाह्रो भैरहेछ ।

कुनै समय कहिल्यै नबिर्सने
बाचा गरेथ्यौं क्यार  हामीले
त्यो पनि मैले बिर्सिसकेको छु

ढुक्क हुनु तिमी
म अब चाहेर पनि
विगत सम्झने छैन ।
हिजो अस्तीजस्तै ।
२०७० पौष ४

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना