मानो खाएर मुरी उब्जाउने असारको महिना । जिल्ला प्रशासन कार्यालय दोलखामा सेवाग्राहीको भीड पातलिएको छैन । सदाबहार छ । नागरिकता वितरण फाँटमा जस्तै भिड छ राहदानी फाँटमा ।
असारको पहिलो दिन जिल्लाबाट सिफारिस लिएर काठमाण्डौबाट राहदानी लिनका लागि २५ जनाले दरखास्त दिए । जसमा १० जना महिला थिए । अधिकांश नयाँ राहदानी लिनेहरु थिए । हस्तलिखित राहदानी फेर्नेहरु केही थिए लाईनमा ।
जिल्लाबाटै राहदानी लिनेहरुको संख्या काठमाण्डौ जानेभन्दा धेरै छ । दुवैको कुरा गर्दा औसतमा दिनमा ५० ओटा राहदानी लिन्छन दोलखाबासी । चरिकोट बजारको सामुन्ने रहेको दोलखा बेंशी केहीवर्षदेखी दाँत फुक्लिएको बूढाबूढीको अनुहारजस्तो देखिन्छ । विचविचमा खेती नगरेका कारण । खेतहरु जस्तै दोलखाका गाँउहरु पनि उजाडिँदै छन । युवाहरु विदेसीँदै छन । परिवार शिक्षादिक्षाको नाममा, अन्य बहानामा शहर पस्दैछन । गाँउघर सम्हाल्ने ठेक्का बुढाबुढीको हातमा पुगेको जस्तो देखिन्छ केहीवर्षयता ।
कसैको चिन्ताको विषयभित्र युवा पलायनता अझै परेको छैन । कहिलेकाँही राजनैतिक भाषणहरु तथा गैरसरकारी संस्थाका कार्यक्रमहरुमा अली अली कुराहरु उठ्छन त्यत्ती नै हो ।
माथीको उदाहरणहरुले प्रष्ट गर्छन जिल्लामा युवाहरुको स्थिती तथा श्रम पलायन । १ लाख ८६ हजार ५ सय ५७ जनसंख्या भएको जिल्लामा १५ देखी ४० वर्षसम्मको जनसंख्या ६५ हजार ८ सय छ । सक्रिय जनसंख्या मानिने यहि उमेरकाहरुमध्ये महिनामा १ हजार ५ सयले राहदानी वनाँउछन । त्यसमा अधिकांश २५ वर्षमुनीका युवाहरु छन । त्यसभीत्र पनि प्राय खाडी मुलुकमा काम गर्न जानका लागि लिनेहरु हुन ।
काम नै नपायर युवा पलायन भईरहेको भनिहाल्न सकिने प्रशस्त आधारहरु छैनन । वैत्यश्वर काउ फर्म नाम्दुका सञ्चालक शान्त उप्रेतीलाई यस वर्ष हिमाली परियोजनाबाट भैसी पाल्नका लागी अनुदान प्राप्त हुने भयो । अनुदान आउने पक्का भईसक्दा पनि उनी योजना सुरु गर्नेमा अन्यौल थिए । कारण थियो कामदार अभाव । गाँउमा काम गर्ने युवा नै छैनन । योजना सुरु मात्रै गरेर के गर्ने ?
पवटीमा रहेको पाठक बाख्रा फार्मका सञ्चालक दुर्गा प्रसाद पाठक पनि उप्रेतीकै जस्तो समस्यामा छन । मानिसहरु अरबमा जत्तीकै पैसा चाहियो भन्छन । त्यत्रो रकम दिँदा व्यवसाय नै सञ्चालन गर्न सकिन्न । जनशक्ती अभावकै कारण १०० बाख्रा थपेर २ सय पु¥याउने पाठकको योजना थन्किएको छ ।
कृषिमा मात्रै हैन । अन्य क्षेत्रमा पनि कामदार अभाव चर्को छ चरिकोटमा । एक प्रेस कम्पनीले कामदार चाहिएको विज्ञापन एक हप्तासम्म स्थानिय रेडियोमा दिंदा पनि कोही आवेदन दिन आएन ।
सरकार तथा गैरसरकारी पक्षले तामझामपूर्ण कार्यक्रम गरिरहँदा वास्तविक युवाहरु यसबाट बेखबर छन । सरकारले प्रत्येक वर्ष युवाहरुका लागि गर्ने भनेर छुटयाएका कार्यक्रमहरु वास्तविक लक्षित गरिएका युवाहरुसँग नपुग्दै सकिन्छन । यस वर्षको सरकारी कार्यक्रम विगतभन्दा अलिकतीमात्रै युवाका क्षेत्रमा उल्लेख्य काम भएको देखिनेछ ।
युवा विदेश पलायन हुँदा धेरै चुलोमा आगो बलेको छ । आङ ढाक्न राम्रो लुगा मिलेको छ । निजी विद्यालयमा पढाउनका लागि अवसरहरु उब्जेका छन । फर्किएका युवाहरुले जिल्लालाई व्यवसायिक कृषितर्फ उन्नत गराएका छन । विगतमा कुखुरा आयात गर्ने दोलखा अहिले निर्यात गर्ने स्थितीमा पुगेको छ । उपलब्धीहरु देखेर मक्ख पर्नुपर्ने अवस्था भने पक्कै छैन । वैदेशिक रोजगार देशका लागी दीर्घकालिन समाधान हैन ।
युवा पलायन हुँदा अवसरहरु मात्रै हैन चुनौतीहरु पनि साथै आएका छन । सामाजीक आर्थीक मनोवैज्ञानिक तथा सामाजिक समस्याहरु साथसाथै लिएर आएको छ । यस वर्षको युवा दिवसमा सरकार तथा गैरसरकारी पक्षले वास्तविकताको धरातल टेकेर कार्यक्रमहरु सञ्चालन तथा सुरु गरेभने त्यो देशविकासका लागि ऐतीहासीक कदम हुनेछ ।
No comments:
Post a Comment