• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

संविधानसँगै स्थानिय निर्वाचनका लागि हस्ताक्षर संकलन


देशमा भईरहेको संविधान निर्माणको काममा खबरदारी सँगै २०७१मा संविधान जारी र स्थानिय निकाय निर्वाचनका लागि दोलखा सदरमुकाम चरिकोटमा हस्ताक्षर संकलन कार्यक्रम आयोजना गरिएको छ । तन्नेरी चासोले शनिवार विहान चरिकोटको सातदोवाटोमा हस्ताक्षर संकलन कार्यक्रम आयोजना गरेको हो । 

देशमा २ दशक पुग्न लाग्दा पनि स्थानिय निकायको निर्वाचनका बारेमा दलहरु मौन रहेका कारण दवावका लागि अभियान सञ्चालन गरिएको तन्नेरी चासोमा आवद्ध गणेश बुढाथोकीले जानकारी दिए । उनका अनुसार यसअघि यस्तै अभियान पुर्वमा चितवन मकवानपुर सहित ७ जिल्ला, पश्चिममा गुल्मी, पाल्पासहित १० जिल्ला सुदुरपश्चिममा बाँके वर्दिया सहित ५ जिल्ला र देशका अन्य विभिन्न जिल्लाहरुमा गरि २५ जिल्लामा सञ्चालन गरिएको थियो । 

राजनैतीक दलहरुले चुनावी प्रतिवद्धतापत्रमा स्थानिय निकाय निर्वाचन गर्ने प्रतिवद्धता गरे पनि अहिलेसम्म सो विषयमा मौन वसेका कारण दवाव सिर्जना गर्न अभियान सञ्चालन गरिएको हो । विगतमा भएका कार्यक्रमहरुमा सर्वसाधारणहरुले यो अभियानलाई सकरात्मक रुपमा लिएको बुढाथोकीले वताए । दोलखा सम्पन्न कार्यक्रममा करिब ३ सयले हस्ताक्षर गरेको पनि उनले जानकारी दिए ।

विगत ४ वर्षअगाडी स्थापना भएको यो सञ्जालले सामाजिक उत्तरदायित्वका लागि समय समयमा विभिन्न अभियानहरु सञ्चालन गरिरहेको कार्यक्रममा जानकारी दिइएको थियो । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना