• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

लगानी गर्न आ'को, फन्दामा परियो!

ठगि आरोपमा पक्राउ गरिएका भुजेल : तस्बिर दिल सागर 
जिल्ला प्रहरी कार्यालय दोलखामा आयोजना गरिएको पत्रकार सम्मेलनमा निर्धारित समयमा नै पत्रकार आईसकेका थिए। जिल्ला प्रहरी प्रमुख सुरेश काफ्लेले पक्राउ गरिएको व्यक्तिका वारेमा जानकारी दिएपछि मूख्य अभियुक्त पत्रकार सामू प्रस्तुत गरे।
भारतको वेष्ट वंगाल प्रान्तको जलपाईगुडी घर भएका ३५ वर्षीय विक्रम भुजेल हतकडीमा देखा पर्नासाथ पत्रकारलाई राम्ररी कुरा वुझ्न आग्रह गरे। 'कुरा बुझेर मात्र लेख्नुहोला। नेपालमा रोजगारी सिर्जना गर्न लगानी गरौं भन्ने लागेर काम थालेका हौं। यस्तो फन्दा आईलाग्यो।'
काठमाडौंमा देवभूमी इण्टरनेशनल प्राईभेट लिमीटेड स्थापना गरी नेटवर्कीङ व्यवसायका नाममा सर्वसाधारण ठगी गरेको अभियोगमा दोलखा प्रहरीले ३ दिनअघि भुजेललाई नियन्त्रणमा लिएको थियो। भुजेलको पक्राउ तथा जिल्ला प्रहरी कार्यालय दोलखाबाट गत आ.व.मा सम्पन्न गरेका क्रियाकलापहरुबारे जानकारी दिनका लागि आयोजना गरेको पत्रकार सम्मेलनमा मंगलबार देखिएको दृश्य हो यो। 

भुजेललाई दोलखा लगायतका जिल्लामा सर्वसाधारणलाई ठगी गरेको उजुरी परेपछि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। सर्वसाधारणसँग ५५ दिनमा लगानी गरेको रकममा ८० प्रतीशत थप गरि फिर्ता गर्ने भन्दै पैसा उठाँउदै सर्वसाधारण ठग्दै हिडेका कारण उनलाई नियन्त्रणमा लिएको दोलखा प्रहरी प्रमूख सुरेश काफ्लेले जानकारी दिए। भुजेलले आफुहरुबाट पैसा लिएर फिर्ता नगरी ठगेको भन्दै झापाका प्रेम तामाङले दोलखा प्रहरीमा उजुरी दर्ता गराएका थिए। उनका अनुसार भुजेलले रकम फिर्ता गर्ने भन्दै खाली चेक दिएपछि ठगीको खुलासा भएको थियो। 
पत्रकारहरुसँगको कुराकानीमा भुजेलले कम्पनीले इण्टरनेट कम्पनी गुगलसँग सम्झौता गरि किताबहरु डिजिटलाईज गर्न लागेको वताए। आफूले नेपालको कानुनअनुसार नै काम गरिरहेको र सो नभएमा कारवाही भोग्न तयार रहेको उनको दावी थियो। 
काठमाण्डौ महानगरपालिका वडा नं. ३३, ज्ञानेश्वरमा विवेक कोईरालाको नाममा दर्ता भएको देवभूमि इण्टरनेशनलको कार्यालयमा केहीलाई जागीरसमेत लगाईदिएको भेटीएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार भुजेलका बारेमा थप प्रमाणहरु संकलन गरी केही दिनमै मुद्धा दायर गरिने प्रहरीले जानकारी दिएको छ। भुजेलले ३ महिनाको अवधिमा ३ सय २ जनाबाट करिब रु. २ करोड ५० लाख ठगी गरेको प्रहरीले जनाएको छ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना