नेकपा एमालेका सचिव योगेश भट्टराईले समानुपातिक निर्वाचन प्रणालीले राजनीतिमा अराजकता सिर्जना गरेको बताएका छन । नेकपा एमाले दोलखाले आज सदरमुकाम चरिकोटमा आयोजना गरेको ३६ औं पुष्पलाल दिवसको अवसरमा नवौं महाधिवेशनको सन्देश प्रवाह तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै भट्टराईले समानुपातिक निर्वाचन प्रणालीका कारण साना दलहरु खोल्ने र हरकुरामा च्याँखे थाप्ने संस्कृतीको विकास हुँदै गईरहेका कारण अवको २ ओटा निर्वाचनपछि यसलाई हटाईने बताए ।
उनले भने समानुपातीक प्रणालीका कारण संसदमा पनि असर परेको छ । संसदमा २ किसिमका मात्रै दलहरु हुनुपर्छ । त्यसका लागि समाुनुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्छ । उनले नेकपा एमालेले १० वर्ष शासन चलाउन पाए नेपाल विकसित मुलुकको सुचिमा पुग्ने वताए । आरक्षणको लागि व्यवस्था गरिएको समानुपातीक निर्वाचन प्रणालीले सक्नेहरुलाई पनि अल्छी बनाएको उनको तर्क थियो। अवको १० वर्षसम्म एमालेले समाजमा समानताका लागि काम गर्ने भन्दै उहाँले त्यसपछि आरक्षणको व्यवस्था हटाईने बताए ।
कार्यक्रममा आफ्नो भनाई राख्दै नवनिर्वाचित एमाले नेता पशुपति चौंलागाईले विगतमा भएका तिक्तताहरु विसेर सबै पार्टी निर्माणका लागि लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे । हिजो भएका सबै तिक्तताहरु बिर्सेर पार्टी निर्माणमा लाग्नुको बिकल्प छैन भन्दै चौलागाईंले एमाले बलियो भएमात्रै नेपालमा बिकाश हुने बताए।
कार्यक्रममा नवौं महाधिवेशनमा विजयी केन्द्रिय सदस्य पशुपति चौंलागाँई इश्वरी रिजाल, पार्वत गुरुङ र रचना खड्का अनुशासन आयोगका सदस्य शिव भण्डारीलाई सम्मान गरिएको थियो ।
No comments:
Post a Comment