• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

दशैंसम्ममा माथिल्लो तामाकोसीको शेयर, दोलखालीका भागमा ५० हजार रुपैयासम्म

आयोजनाको गोगरमा रहेको प्रबेश सुरुङ्ग 
जिल्लाको लामावगरमा निर्माण हुँदै गरेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले आउने दशैं अगावै शेयर जारी गर्ने भएको छ । सदरमुकाम चरिकोटमा आज सम्पन्न माथिल्लो तामाकोसी आयोजना समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

आयोजनाले जारी गर्ने शेयरको १० प्रतिशत दोलखावासीका लागि छुट्ट्याइएको भएपनि कसरी वितरण गर्ने भन्नेमा विवाद रहँदै आएको थियो । बैठकले दोलखामा बसोबास गर्ने सबै नागरिकलाई ५ देखी ५० हजार रुपैंयासम्म शेयरमा लगानी गर्ने गरी निर्णय गरेको बैठकमा सहभागी नेकपा एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले जानकारी दिए । उनका अनुसार २०६४ साल माघ १५ गतेभन्दा यता बसाँई सरि आएकाहरुले भने शेयर खरिद गर्न पाउने छैनन् ।

बैठकमा माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रमूख विज्ञानराज श्रेष्ठ, जिल्लामा क्रियाशील राजनैतिक दल, नागरिक लगानीकोष, नेपाल धितोपत्र बोर्डका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।

४ सय ५६ मेगावाट क्षमता रहेको यो आयोजनाको शेयर खरिद गर्नका लागि आवाश्यक प्रकृयाहरुका बारेमा केहीदिनभित्रै सार्वजनिक सञ्चारमार्फत सुचना जारी गरिने बैठकमा सहभागी भएका कांग्रेस दोलखाका प्रतिनीधि रुद्र खड्काले जानकारी दिए ।

बैठकले दोलखालीले पाउने १ अर्व ५ करोड रुपैंया बराबरको शेयरमा आयोजना निर्माण भईरहको लामावगर गाविसका बासिन्दाहरुलाई सो को ४ प्रतिशत सुनिश्चित गर्ने निर्णय समेत गरेको छ । यो निर्णयका कारण लामावगरका प्रत्येक वासिन्दालाई करिब १ हजार ६ सय रुपैंयाबराबरको शेयर सुनिश्चित गरेको छ ।

आयोजनाले २०७३ सालसम्म विद्युत उत्पादन गर्ने लक्ष्यसहित काम भईरहेको जानकारी दिएको छ ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना