जिल्लाको लामावगरमा निर्माण हुँदै गरेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको शेयर बाँडफाँड सम्बन्धी विवाद बढ्दै गएपछि जारी हुने मिति पछि सर्ने भएको छ । साउन २२ मा सम्पन्न सरोकारवालाहरुको बैठकले दोलखालीका लागि आउने दशैं अगावै शेयर जारी गर्ने निर्णय गरेको थियो ।
समितिको निर्णयका विरुद्ध अन्तरपार्टी महिला सञ्जाल, नेकपा माले लगायतका दल तथा समूहहरुले प्रेस विज्ञप्ती जारी गरि विरोध गरेका थिए । शेयरको सिमा धेरै भएको र विदेशमा रहेका दोलखालीहरुहरुलाई पनि शेयरको सुनिश्चितता गर्नुपर्ने लगायतका मागहरु विज्ञप्तीमा उल्लेख गरिएको थियो । बैठकले गरेको ५ देखी ५० हजार रुपैंयाम्मको सिमाले दोलखामा पैसाको चरम अभाव हुने अवस्था आउने भएका कारण उक्त निर्णयको विरोध गरेको अन्तरपार्टी महिला सञ्जाल दोलखाकी संयोजक रिता रिमालले वताईन । ‘सबै जना शेयरमा लगानी गर्नका लागि आतुर छन । सिमा बढी तोक्दा सबैले पैसा बुझाउने र भोली औषधी उपचार गर्न समेत पैसा नपाईने स्थिती आउन सक्ने खतरा छ,’ उनले भनिन ।
अघिल्लो बैठकमा सहभागी नेकपा एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले बजारमा आएजसरी शेयर बाँडफाँडको निर्णय भईनसकेको जानकारी दिए । मंगलबार चरिकोटमा एक कार्यक्रममा बोल्दै उनले भने ‘सबै कुराहरु छलफलमा आएका मात्रै हुन । तिनीहरुका बारेमा अन्तिम निर्णय भईसकेको छैन ।’
विवाद आएका कारण दशैपछि मात्रै यस विषयमा निर्णय लिईने उनले जानकारी दिए । धेरै कुराहरु यस विचमा आएका छन सबैका कुरा सुनेर अध्ययन गरेर मात्रै निर्णय लिईने उनले बताए ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष राजेन्द्र मानन्धर शेयरको नीति, वितरण प्रकृया बारेमा प्रयाप्त अध्ययन नभई निर्णय भएका कारण समस्या निम्तिएको बताँउछन । ‘हरेक विषयको पूर्ण ज्ञान विना निर्णय गर्नु, बोल्नु र लेख्नुले गलत सुचना जान सक्नेतर्फ सबैले ध्यान दिनुपर्छ’, उनले भने ।
दोलखाली जिल्ला वासिहरुका लागि १० प्रतिशत शेयरको व्यवस्था गरिएको छ । जसअनुसार १ अर्व ५ करोड ९० लाख रुपैंया बराबरको शेयर दोलखालीले खरीद गर्न पाउनेछन ।
के भएको थियो बैठकमा निर्णय? पत्रकार लक्ष्मण खड्काले फेसबुकमा लेखे अनुसार
- दोलखाली भएको प्रमाण खुल्ने (नागरिकता, जन्मदर्ता, विवाह दर्ता) लगायतका प्रमाणका आधारमा सेयर लगानी गर्न पाउने । बाहिरी जिल्लावाट विवाह गरेर आउनेको हकमा सेयर निस्कासनको अवधि भित्र विवाह दर्ताको प्रमाण पत्र सहित आवेदन गर्न पाउने ।
- आयोजनमा ऋण लगानीको सम्झौता भएको मिति २०६४ साल माघ १५ गते भन्दा अगाडि बसाई सराई गरी दोलखा आएकाहरुले पनि सेयर लगानी गर्न पाउने ।
- एक व्यक्तिले न्यूनतम ५० देखि अधिकतम ५०० कित्ता अर्थात ५ हजार देखि ५० हजार सम्मको सेयर खरिद गर्न पाउने ।
- आयोजनास्थल लामावगर गाविस अति प्रभावित भएका कारण सो गाविसका लागि ४ करोड सेयर पूँजि छुट्याउने ।
- नागरिक लगानी कोषले धितो पत्र बोर्डको सहमति लिएर दशैं अघि सम्म दोलखावासीका लागि १ करोड ५ लाख ९० हजार कित्ता सेयर निस्कासन गर्ने ।
- पहिलो चरणमा तोकिएको रकम बराबरको सेयरका लागि आवेदन नपरे पुन : दोश्रो पटक निस्कासन गर्ने।
- सेयर आवेदन सँकलनका लागि चरिकोट, जिरी, सिँगटी र किर्ने बजारमा सँकलन केन्द्र राखिने।
No comments:
Post a Comment