सिन्धुपाल्चोकको मांखा गाविसको जुरेमा यही साउन १६ गते शुक्रबार राती गएको पहिरोमा १ सय ५० बढिको मृत्यु भएको सरकारले बताएको छ । २७ जनालाई उद्धार गरिएको थियो । ५ सय जना विस्थापितहरु अहिले सरकारले बाँडेकेो पालमा दिन कटाईरहेका छन ।
पहाडको ढिस्कै खसेर सुनकोसी नदी थुन्दा बनेको ताल घटाउने प्रयास अझै जारी छ । सरकारले तत्कालै नदी आसपासका क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी बस्ती खाली गरेपनि अहिले मानिसहरु बस्तीमा फर्कन लागेका छन । पहिरोले बगाएको गाँउ र डुबानमा परेको क्षेत्रका वासिन्दाहरुका लागि सरकारले सरकार अझै के गर्ने भन्ने टुँगोमा पुगेको छैन । पहिरोले क्षतीग्रस्त भएको अरनिको राजमार्गका लागि सरकारले वैकल्पिक मार्ग तयार भएको वताएको छ तैपनी चिनबाट सामाग्रीहरु आयात हुन सकेको छैन ।
पहिरो गएपछि सहकर्मी रामचन्द्र गिरी पटकपटक घटनास्थल पुगेका थिए । उनले उपलब्ध गराएका केही तस्विरहरु
| नदीमा थुप्रिएको पहिरो। यो तस्बिर लिँदा सम्म पानीको निकास भएको थियन |
| नदी थुनिएपछि सुनसान खाडीचौर बजार। पहिरोले गर्ने क्षतिको डरले उनीहरु घर पसल छोडी सुरक्षित स्थानमा सरेका थिए। |
पहिरोमा परेका संरचना अवलोकन गर्दै सुरक्षाकर्मीहरु
| नदी थुनिएर बनेको ताल हेर्दै सर्वसाधारण |
| घटनाबारे पत्रकारहरुलाई जानकारी दिदै एक स्थानीय |
| उद्धारका लागि तयारी गर्दै सुरक्षाकर्मी |
पहिरोले गरेको बिनाश हेर्दै सर्वसाधारण
| नदीको पानी निकास सुरु भएपछी ताल घटाउन काम गर्दै नेपाली सेना |
नदीको विनाशलिला
No comments:
Post a Comment