• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

ज्यानमात्रै बाँकी रह्यो

हरी नेपाली २ वर्ष अगाडी रामेछापको गुम्देल गाविसबाट जिरी बजारमा काम गर्न आए । बसपार्कमा उनले भारी बोकेर राम्रै कमाई गरे । कमाई राम्रो भएपछि परिवारलाई पनि जिरीमा बोलाए । २ वर्षकी छोरी इशासँगै श्रीमती रीता नेपाली जिरी आईन । परिवारले वसपार्कनजिकै निर्माण गरिएको टहरामा डेरा लियो । डेरामा तीन जनाको परिवार राम्रैसँग बसेका थिए ।

साउन २३ गते बसपार्कको डेरा नजिकै रहेको ससुरालीबाट उनलाई खबर आयो । ‘ससुरा विमारी भएका कारण उनलाई काठमाण्डौ लैजानुपर्ने भो । घर रुंग्न आईदिनुप¥यो ।’ बेलुकातिर उनि परिवारसहित ससुराली लागे । बेलुका घनघोर वर्षा भयो ।

भोलीपल्ट उनले थाहा पाए बेलुकाको वर्षाले उनको वासस्थान पहिरोले बगायो । सबै सामाग्री पनि पहिरोसँगै विलाए । २ हप्तापछि रेडक्रस सोसाईटीले प्रदान गर्न लागेको राहत लिन आएका उनले भने ‘त्यस दिन यता नआएको भए परिवारको एकै चिहान हुने रहेछ । भाग्यले वचायो ।’

उनका छिमेकी किर्तिमान जिरेलको भने परिवार नै उजाड बनाइदियो पहिरोले । पहिरोमा परेर सम्पत्ती त सबै पुरियो । २ सन्तान पनि पहिरोमा पुरिए कहिल्यै नफर्किने गरेर । अचेल उनि राम्रोसँग बोल्न पनि सक्दैनन । ‘सर्वस्व सक्यो पहिरोले’, उनले भने ।

किर्तिमानको जस्तै आङदावा तामाङका श्रीमती र छोरी पहिरोमा विलाए । भोलिपल्ट खोजी हुँदा उनिहरुको शव मात्रै फेला प¥यो ।

फुरी शेर्पाको २५ गतेको उडान थियो । रोजगारका लागि दुवई जान सबै प्रकृया पुरा भईसकेको थियो । उनले २४ गते खबर पाए पहिरोले श्रीमती छोराछोरीलाई पु¥यो । विदेशको सबै कुरा छोडेर उनी हान्निदै जिरी आए । छोरा, छोरी र श्रीमतीलाई उद्धार गरिसकिएको रहेछ । श्रीमती साङलेमु सामान्य उपचारपछि दैनिक कामकाज गर्न सक्ने भएकी छिन भने छोरा आङफुटी र आङनिमाको जिरी अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डौको टिचिङ हस्पिटलमा उपचार भईरहेको छ ।

पहिरो प्रभावितहरु ५ परिवारमध्ये कोही आफन्तकोमा शरण लिएर बसेका छन । कोही नयाँ डेरा खोजी गरेर बस्न लागेका छन । उनीहरुको एउटै आग्रह छ ‘सुरक्षित स्थानमा पुर्नवास होस ।’

यसैबिच पहिरोपिडत ५ परिवारलाई रेडक्रस सोसाइटी दोलखाले राहत वितरण गरेको छ । पहिरोका पिडितहरुलाई शनिवार रेडक्रस सोसाईटी दोलखाले राहत वितरण गरेको हो ।

जिरीमा आयोजित एक कार्यक्रमका विच प्रमूख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले पहिरो पिडित ५ परिवारलाई रेडक्रसका तर्फबाट नगद तथा जिन्सी सामाग्री सहयोग गर्नुभएको थियो । कार्यक्रममा परिवारका सदस्य गुमाएका २ परिवारलाई प्रति परिवार १५ हजार रुपैंया तथा अन्य परिवारलाई प्रति परिवार २ हजार रुपैंया र खाद्यान्न तथा लत्ता कपडा प्रदान गरिएको हो ।
कार्यक्रममा घटनाबाट प्रभावित ५ विद्यार्थीलाई जनही रु २ हजारका दरले सहयोग वितरण गरिएको थियो ।
राहत वितरण कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी दोलखाका पूर्व अध्यक्ष हर्कबहादुर श्रेष्ठले रेडक्रसका एसेस्कर सदस्य विष्णुलक्ष्मी श्रेष्ठले राहतका लागि रु १ लाख रुपैंया बराबरको नगद तथा जिन्सी तथा दोलखाको भीमेश्वर मन्दिर पुजा व्यवस्थापन समितिले सबै पिडितहरुका लागि लगाउने लुगा उपलब्ध गराएको जानकारी दिनुभयो ।

राहत वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिरी उपशाखालाई जिल्ला शाखाले ५ हजार रुपैंया प्रदान गरेको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी दोलखाका उपसभापती इश्वरी दाहाल प्रमूख जिल्ला अधिकारी प्रल्हाद पोखरेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

पहिरोमा परि ४ जनाको मृत्यु भएको थियो भने ९ जना घाईते भएका थिए ।


सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना