• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

रमिते राज्य, निरिह नागरिक !

प्रसङ्ग आफ्नै अनुभवबाट सुरु गरौं । म यो देशको ३९११४ नम्बरको नागरिक । राज्यले मलाई प्रदान गरेको यो नागरिकताको परिचयपत्रसँगै केहि जिम्मेवारी दिएको छ । साथै केही हकहरु पनि । नेपाली नागरिक भएवापत मैले राज्यले भनेका सबै कर्तव्य पालन गरेको छु । गर्न सकिन भने राज्यले प्रचलित ऐन कानुनका आधारमा गर्ने कारवाहीहरु पनि मेरा लागि स्विकार्य छन । मैले राज्यलाई विभिन्न समयमा कर तिरेको छु । राज्यबाट उपलब्ध हुने सेवा सुविधामा राज्यले तोकेको रकम कुनै विवाद नगरी बुझाएको छु । मैले कहिल्यै रकम कम गर्नुप¥यो भनेको छैन । बरु सेवासुविधा चुस्त र दुरुस्त होस भनेको छु ।


राज्यले मलाई दिन्छु भनेको हकका लागि संविधान जारी गरेको छ । यही संविधानको घेरामा रहेर मैले राज्यले आफूलाई दिने कुरा नदिएमा अदालतमा मुद्धा दायर गर्न सक्छु । अन्य विभिन्न निकायहरु छन जसले मलाईजस्तै राज्यलाई पनि उत्तरदायी वनाउने गर्छन । एक नागरिकले अर्को नागरिकलाई दुख पिडा दिन पाउन्न । दिएमा कानुनबमोजिम कारवाही गर्ने ठाँउ छ ।

बसको सिटमा नै रात विताउनुपर्दा अहिलेसम्म वुझेको वुझाई नै गलत थियो कि भन्ने लाग्न लागेको छ । केही समय अगाडी मलाई राजधानी जानुपर्ने भयो । बाटामा पर्ने सिन्धुपाल्चोकको खाडीचौरमा सवारी दुर्घटना भएको रहेछ । सवारी साधनहरु वन्द गरिएका थिए । दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुपाल्चोक लगायतका स्थानमा जाने र ती स्थानबाट काठमाण्डौ जाने यात्रु बाटामा अलपत्र परेका थिए । सबैको आफ्नै योजनाहरु अराजक भीडका अघिल्तिर निरिह बनेका थिए । राज्य(प्रहरी) अराजक भीडको क्रियाकलापको रमिता हेरेर बसेको थियो । राज्य नै रमिते भएपछि म लगायत ५ सय बढि सर्वसाधारणले १६ घण्टाभन्दा बढि वन्दीजस्तै बन्नु अनौठो भएन ।

यसरी नागरिक अराजक बन्ने क्रम कहिले सम्म रहला ? मजस्तै मानिसहरुले गाडीका सिटमा नै रात विताउनुपर्ने चलनको अन्त हुन अव कति समय कुनुपर्छ होला ? प्रश्नहरु गर्नेमात्रै न हो । उत्तर त दिनुपर्नेहरु सँग पनि छैन होला । म सँग के हुन्थ्यो !

नागरिकहरु यसरी अराजक बन्नुमा उनिहरुको मात्रै गल्ति त पक्कै छैन । अराजकता फैलाउने भनेर चिनिएकाहरुको मृत्युमा देशको संसदमा हंगामा हुन्छ । गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्छ । माननीयहरु मन्त्रीलाई नै कुटौंला जसो गरेर प्रस्तुत हुन्छन । लाग्नुपर्नेलाई लाज लाग्दैन । प्रत्यक्ष प्रसारण हेरिरहेको नागरिक लाजले रातोपिरो हुन्छ ।

एउटा माननिय मात्रैको कुरा भएको भए यसलाई सामान्य नै मान्न सकिन्थ्यो । हामी कहिल्यै नेपाल बन्द गर्दैनौं भनेर चुनावी प्रतिवद्धतापत्र तयार गरेको र त्यसैका आधारमा दोश्रो ठूलो दल भएको नेकपा एमालेले पनि जिल्ला बन्दको कार्यक्रम राख्यो । आफ्नै कुरामा टिक्न नसक्ने अनि देश विकास नहुनुको अनेक देखाएर भाषण गर्ने हाम्रो राजनीति नसुध्रेसम्म दिगो विकास असम्भव नै छ । नाराले मात्रै विकास हुने हो भने त यो देश जमानामै स्वर्ग भईसकेको हुने थियो ।

पक्कै पनि राज्यले मानिसको हत्या गर्न पाउन्न । गैरन्यायिक हत्याका विरुद्ध आवाज उठाँउदा नागरिकले माननियप्रति गर्व गर्न सकेन । माननियहरुले हुम्लामा त्यस्तै प्रकृतिको घटना घटेको थाहै पाएनन् । त्यतीमात्रै हैन गोरखामा गोली लागेर काठमाण्डौको अस्पतालमा आँखा चिम्लिएकाबारे पनि कुनै भेउ पाएनन । सधैं नमस्ते गर्ने, नजिकै बस्ने तथा सधैं दौराका फेर समात्नेहरुका बारेमा मात्रै हाम्रा माननियहरुलाई थाहा हुन्छ । ‘सबै नागरिक राज्यका नजरमा बराबर हुन्छन’ भन्ने कानुनी राज्यको सिद्धान्त हैन, ‘सबै समान हुन्छन तर कसै कसैलाई विशेषाधिकार हुन्छ’ भन्ने एनिमल फार्ममा बनाइएको नियम जो लागु हुन्छ यहाँ ।

राज्य मात्रै हैन राज्यका हरेक कामको खबरदारी गरेको दावी गर्ने नेपाली मिडियाले पनि ‘चरी’ बारेकै समाचारहरुलाई धेरै ठाँउ दिए । १ सय ५० बढि सर्वसाधारणहरुको ज्यान गएको सिन्धुपाल्चोक पहिरो तथा सयौंलाई विस्थापित बनाएको पश्चिमको बाढीपहिरोले जती स्थान पाउनुपथ्र्यो पाएन । ‘दुर्गममा मरेको मानिसभन्दा मिडिया हाउसका आँगनमा घाईते भएको कुकुरको समाचारलाई मिडियाले धेरै महत्व दिन्छ’ भन्ने मिडियाहरुको आलोचनालाई धेरै मिडियाको प्रस्तुतीले मान्यता नै दियो ।

हाम्रो वौद्धिक ठानिएको वर्गले आफ्नो वौद्धिकता लिलामी गरिसकेको छ नै । नत्र त राजाले आफैले आफ्नो तलव बढाँउदा धुवाँदार विरोध गर्नेहरुले संसद विकास कोषको १० लाख प्रभावकारी नहुँदा नहुँदै १ करोड पु¥याँउदा राम्रै विरोध गर्नुपथ्र्यो । विरोधको सट्टामा सर्मथनका शब्दहरु सुनिए जनमतको दुहाई दिंदै ।

विदेशीहरुले राजनीज्ञिहरुलाई प्रयोग गरेको कुरामा साक्षी किनारा बसेर आएको केही वर्ष नै नवित्दै त्यस्तै खालको अर्को पुस्तक आँउदा महान एवं गौरवशाली पार्टीका नेताहरुले तुच्छ शब्दको वर्षा गरे । राजनैतिक नेतृत्वको यस्तै चरित्रका कारण समाज भ्रष्टिकरणमा जाँदै छ । रोम जल्दा निरो बाँसुरी बजाएर आनन्द लिइरहेका थिए रे त्यस्तै अवस्था भोग्दैछ मेरो देश ।

जतीसुकै राम्रा कुरा भए पनि उपभोग गर्न सक्ने वातावरण नभए त्यसको अर्थ छैन । पुरा हुन नसक्ने कुराको भाषण छाँट्नुभन्दा उपभोग गर्न सक्ने अधिकार मात्रै देउ । कसैको सनकका भरमा देशभित्रै दोश्रो तहको नागरिक बनाउने अवस्थाले भने नयाँ नेपाललाई जिस्काइरहेको छ । यस्तो परिवर्तन चाहिएको छ्रैन । बरु प्रतिगमनकारी बन्नु परे मञ्जुर छ ।
apawad@hotmail.com

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना