• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

भवनमा स्टिकर, चौरमा विद्यार्थी

मालु गाविसको सिद्धेश्वर माध्यामिक विद्यालयमा १ सय ७९ जना विद्यार्थीहरू अध्ययन गर्ने गर्दछन्। ५ वटा भवनका १३ वटा कक्षाकोठामा सञ्चालन भईरहेको यस विद्यालयमा अहिले बालबालिकाहरु चौरमा बसेर अध्ययन गरिरहेका छन्।
विनाशकारी भूकम्पका कारण विद्यालयका सबै भवनहरुमा ईञ्जिनियरसहितको टोलीले असुरक्षित ठहर गरेर रातो स्टिकर लगाईदिएको छ। विद्यालयका प्रधानाध्यापक डोलबहादुर बस्नेत भन्छन्, ‘अहिले कक्षाहरु वाहिर राखेर चलाइएको छ। कार्यालयको काम असुरक्षित भवनहरुबाटै भईरहेको छ।’
विद्यालयमा रहेका संरचनाहरु भत्किएपछि विद्यार्थीहरु पनि त्रसित बनेका छन्। यसले गर्दा प्रायः विद्यालयहरुको पढाई चौरमा भईरहेको छ। च्यामा गाविसको जनकल्याण प्राथमिक विद्यालयले पनि विद्यार्थीहरुलाई चौरमा राखेर पढाई सञ्चालन गरिरहेको छ। विद्यालयकी प्रधानाध्यापक रिना फुँयाल कार्की चर्किएका भवनहरुका कारण शिक्षकहरु नै ढुक्कसँग कक्षामा बस्न सक्ने अवस्था नरहेको बताँउछिन्। ‘हामीलाई त कक्षाकोठा हेर्दा अत्यास लाग्छ। विद्यार्थीलाई त्यस्ता कक्षामा राखेर विद्यार्थी कसरी पढाउने?’
जिल्ला शिक्षा कार्यालय दोलखाका अनुसार जिल्लामा रहेका ३ सय ६३ विद्यालयका १ हजार २ सय ६८ भवनमध्ये १ सय १५ वटा भवनहरु मात्र पठनपाठनका लागि योग्य छन्। बाँकि १ हजार १ सय ५३ भवनहरु पूर्ण रुपमा क्षति भएका छन्। विद्यालयहरुमा पठनपाठन सञ्चालन गर्नका लागि जिल्ला शिक्षा कार्यालयले सबै विद्यालयहरुलाई पालको व्यवस्था गरेको र अस्थायी सिकाई केन्द्र निर्माणका लागि विभिन्न गैरसरकारी संस्थाहरुसँग समन्वयमा काम भईरहेको सहायक जिल्ला शिक्षा अधिकारी माधवप्रसाद शर्माले जानकारी  दिए। उनका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा ८ ओटा गैरसरकारी संस्थाहरुले केन्द्र निर्माणका लागि काम गरिरहेका छन्।
जिल्लाका विभिन्न १ सयवटा विद्यालयमा अस्थायी सिकाई केन्द्र निर्माण गर्न लागेको रेष्टलेश डेभलप्मेन्टले अस्थायी सिकाई केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। विद्यालयमा अभिभावकसमेतको सहभागितामा अस्थायी सिकाई केन्द्र निर्माण गरिएको संस्थाका चिरन मानन्धरले जानकारी दिए।
विद्यालयलाई जग्गाको अभाव
भूकम्पबाट पूर्ण रुपमा क्षति भएर स्थानान्तरण हुने अवस्थामा पुगेका विद्यालयहरुले जग्गा अभावको समस्या झेलिरहेका छन्। भूकम्पका कारण भवन तथा विद्यालय हातामा पूर्ण रुपमा क्षति भएको मालु गाविसको लट्टेश्वर प्राथमिक विद्यालय अहिले स्थानीयसँग जग्गा लिएर सञ्चालन भईरहेको छ। विद्यालयका प्रधानाध्यापक ओमबहादुर श्रेष्ठ भन्छन,‘ सुरक्षित स्थानमा जग्गा मिलाउन विद्यालयलाई हम्मेहम्मे परेको थियो। अन्तमा स्थानीयहरु जग्गा प्रदान गर्न राजी भए।’
शुक्रबार, आषाढ ४, २०७२ १८:५३:१०

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना