• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

योग दिवसमा योग शिविर

दोलखा असार ६

अन्तराष्ट्रिय योग दिवसको अवसरमा आईतबार चरिकोटमा योग शिविरको आयोजना गरिएको छ । आर्ट अफ लिभिङ्ग दोलखा, ब्रह्मकुमारी राजयोग चरिकोट र पतञ्जली योग समितिको संयूक्त आयोजनामा सम्पन्न शिविरमा २०० जना सहभागि भएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमूख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भूकम्पका कारण गाँउगाँउहरुमा योग शिविर सञ्चालन गर्नुपर्ने बताए । योगले मानसिक फाईदा दिन्छ । भूकम्पबाट आहत भएका मानिसहरुलाई केन्द्रित गरि योग कार्यक्रम आयोजना गर्नुपर्छ । कार्यक्रममा बिर्ख क्रान्तिले योग दिवसका बारे अवधारणापत्र प्रस्तुत गरेका थिए । अवधारणापत्र प्रस्तुत गर्दै क्रान्तिले योग पूर्विय समाजको अमूल्य सम्पत्ती भएको कारण यसको व्यपक प्रचार प्रसार गर्न आवाश्यक रहेको बताए । संयुक्त राष्ट्रसंघले योग दिवस मनाउने निर्णय गरेको १ वर्षभित्रमा ८० प्रतिशतभन्दा बढि सदस्य राष्ट्रले यसलाई अनुमोदन गरेका कारण यो विश्वव्यापी बन्दै गएको उनको भनाई थियो ।

दिवसको अवसर पारेर विभिन्न विद्यालयहरुमा योग कक्षा सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना