• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

सोध्न मात्रै आँउछन् ।

असार १७

लामोसाँगु जिरी सडकको किनारैमा पर्छ धनकुमारी श्रेष्ठको घर । नजिकै भत्किएको घरको भग्नावशेष छ । लाकुरीडाँडा गाविसकी ७० वर्षिय श्रेष्ठ हिजोआज खेतीबारीमा व्यस्त हुन लागेकी छिन । “खाने अन्न निकालियो । जस्ता निकालेर टहरा बनायौं । बाँकी सामान पन्छाउन पनि ठाँउ छैन”, श्रेष्ठले भनिन् । गाँउमा विभिन्न किसिमका मानिसहरु आएर सोधिखोजी मात्रै गर्दा स्थानियहरु झर्को मान्न थालेका छन् । “सधैं मान्छेहरु आँउछन्  के के सोध्छन अनि जान्छन । दिक्क लाग्न लागिसक्यो । ”


भूकम्पले खण्डहर बनाईदिएको घर नजिकै बनेको छाप्रोमा ५ परिवार बसोवास गर्छ । भत्किएको घरको काठ र जस्ता प्रयोग गरि नयाँ छाप्रो बनाएको उनले बताईन । “१० दिन लगायर बनाईयो । गाँउमा काम गर्ने मान्छे छैनन् ।” गाँउमा अर्मपर्म गरेर धेरैले टहरा निर्माण गरिसकेका छन् ।

भूकम्पसँगै पहिरोको जोखिम बढेपछि पेमडोल्मा तामाङ्गले बारीमा भएको आलु मासेर अस्थायी टहर बनाईन । “अरुलाई पर्खेर बस्दा वर्षामा विजोग हुन्छ”, उनले भनिन । “वर्षा लागिसक्यो । खेती नगरी सधैं अर्काले देला भनेर बसेर के हुन्थ्यो ।”

गाविसमा रहेका १ हजार ५ सय १२ घरमध्ये ८ ओटा वाहेक सबै घर पूर्ण रुपमा क्षति भएका छन् । भूकम्पका कारण गाविसमा मानविय क्षति नभएपनि २७ ओटा पशुपन्छि मरेको जिल्ला विकास समितिको कार्यालयले जानकारी दिएको छ ।

सरकारले भूकम्पपिडितलाई अस्थायी आवास निर्माणका लागि वितरण गर्ने भनेको १५ हजार रुपैंया जिल्लाका धेरै गाविसमा अझै वितरण हुन सकेको छैन । गाविस सचिवहरुले स्पष्ट कार्यविधी नभएसम्म गाँउमा रकम वितरण गर्न नसकिने भन्दै काम गर्न नमानेका कारण रकम वितरण हुन नसकेको हो ।

भूकम्पका कारण ५ अपराधिक घटना 

भूकम्पपश्चात जिल्लामा ५ ओटा अपराधिक घटनाहरु घटेको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ । विभिन्न स्थानमा भईरहेको राहत वितरण कार्यलाई अवरोध गरेको कारण जिल्लाका विभिन्न स्थानका १२ जनाविरुद्ध सार्वजनिक अपराधअन्तर्गत मुद्धा चलाइएको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकृत एवं प्रहरी निरिक्षक सन्तकुमार लामाले जानकारी दिए । उनका अनुसार भूकम्का कारण जिल्लामा ३ ओटा सार्वजनिक अपराध, १ ओटा जवरजस्ती करणी उद्योग र १ ओटा कर्तव्य ज्यानको घटना प्रहरीमा दर्ता भएका छन् ।

भूकम्पका कारण जिल्लामा ३९ अर्व ७६ करोड क्षति

जिल्लामा भूकम्पका कारण ३९ अर्व ७६ करोड बराबरको धनमालको क्षति भएको छ । जिल्ला विकास मिति दोलखाले दिएको तथ्याङ्कका अनुसार ३८ अर्व बरावरको वासस्थान, १ अर्व ९० करोड बरावरको पशु चौपाय २१ करोड बरावरको खाद्यान्न क्षति भएको छ । जिल्ला विकास समितिका सुचना अधिकृत विक्रम कार्कीका अनुसार भूकम्पले जिल्लामा ५० हजार २ सय ८४ घर पूर्ण रुपमा क्षति भएको जानकारी दिए । “जिरी र भीमेश्वर  नगरपालिकाको तथ्याङ्क यसमा समावेश छैन । यिनीहरुको तथ्याङ्कपछि मात्रै पूर्ण क्षतिको विवरण प्राप्त हुन्छ”, कार्कीले भने ।

प्रकाशित मिति: बिहीबार, आषाढ १७, २०७२ १५:५१:११



सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना