भूकम्प आयो । धनजनको क्षति भयो । सर्वस्व सकियो । पराकम्पनहरु जारी छन् तैपनि नेपाली मनहरुमा अझै आशा बाँकी छ । ज्यानमा जाँगर बाँकी छ । पराकम्पनहरुसँगै समाजमा विभिन्न कुराहरुबारे बहस जारी छ । त्यसमा पनि देश जापानतिर जाने हो कि हाईटी भन्नेमा बहस चर्को छ । यसैमा धेरैको चासो छ । भूकम्पपछि देखिएका २ दृश्यहरुले हामीलाइ्र्र दुवैतिरको बाटोको सम्भावना देखाएकै हुन । आधार बलियो भएका कारण हाईटीतिरको बाटो समाईनहाल्ला कि भन्ने देखिन लागेको छ । तर पनि ढुक्क भईहाल्ने स्थिती छैन ।
भूकम्पका कारण नेपाली समाजले अहिले आफुलाई प्रष्ट रुपमा चिनाउन पाएको छ । देशी विदेशी गैरसरकारी संस्थाहरुले नेपालको विकास गर्ने ठेक्का लिएको जमानादेखी नै हो । तिनीहरुका कारण देशमा कति विकास भयो ? त्यसैबाट जीविका धान्नेहरुभन्दा वाहेकलाई सोध्दा हुन्छ । सुकिला लुगा लगाउने, पछाडी चिटिक्कका झोला बोक्नेले देश विकास गर्न सक्दैनथे । सकेनन् । तर पनि उनिहरु सधैं देश विकास गरेको भनेर चिच्याईरहे । विद्यालयमा गएर शिक्षा नलिनु, पश्चिमाको जस्तै जीवनशैली जीउन नजान्नु लगायतका कारण नेपालीलाई दोश्रो दर्जाको नागरिक बनाईएको थियो । बनाँईदै छ । भूकम्पले सबै ध्वंस बनाँउदै गर्दा नेपालीहरु जसरी पुर्ननिर्माणमा जुटे । यसले नेपालीहरु प्रचार गरिएजस्तै कमजोर हैनन भन्ने तथ्यलाई पुष्टि गरिदिएको छ ।
भूकम्पका कारण नेपाली समाजले अहिले आफुलाई प्रष्ट रुपमा चिनाउन पाएको छ । देशी विदेशी गैरसरकारी संस्थाहरुले नेपालको विकास गर्ने ठेक्का लिएको जमानादेखी नै हो । तिनीहरुका कारण देशमा कति विकास भयो ? त्यसैबाट जीविका धान्नेहरुभन्दा वाहेकलाई सोध्दा हुन्छ । सुकिला लुगा लगाउने, पछाडी चिटिक्कका झोला बोक्नेले देश विकास गर्न सक्दैनथे । सकेनन् । तर पनि उनिहरु सधैं देश विकास गरेको भनेर चिच्याईरहे । विद्यालयमा गएर शिक्षा नलिनु, पश्चिमाको जस्तै जीवनशैली जीउन नजान्नु लगायतका कारण नेपालीलाई दोश्रो दर्जाको नागरिक बनाईएको थियो । बनाँईदै छ । भूकम्पले सबै ध्वंस बनाँउदै गर्दा नेपालीहरु जसरी पुर्ननिर्माणमा जुटे । यसले नेपालीहरु प्रचार गरिएजस्तै कमजोर हैनन भन्ने तथ्यलाई पुष्टि गरिदिएको छ ।
राज्य सञ्चालकहरु त्यसमा पनि राजनैतिक दल, जसको बारेमा आम मानिसमा राम्रो धारणा छैन उनिहरुका लागि भूकम्प नेपालीहरुमा आशा सञ्चार गर्ने गतिले समय बन्न सक्थ्यो, बनेन । अवसरको सदुपयोग कलाकार, प्रहरी, सेनाले गरे । त्यसै भनिएको हैन जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड । लाखौं नागरिकहरु घरबार विहिन भएका बेला किनिएको पालमा पनि घोटला भएको सुन्न प¥यो । अझ यसै बेलामा सरकार फेर्नुपर्छ भनेर केहीले कम्मर नकसेका पनि होईनन् । यस्ता रमिताको सुचि बनाँउदा त्यो लामै बन्छ । राज्य सञ्चालकहरु यस्तै रमितामा मस्त हुँदै गर्दा गाँउगाँउमा घर बनाउनका लागि अर्मपर्म सुरु भईसकेको थियो । गाँउमा मानिसहरु छानाका लागि बाँसका चित्रा बनाउन थालीसकेका थिए । जस्तापाता किन्नका लागि पैसा साथमा थिएन । सरकार कस्ता घर बनाउने भन्दै छलफल आयोजना गर्ने सुरसार गर्दा गाँउगाँउमा बाँसका घर बनिसकेका थिए । पूर्ननिर्माणको लागि दाता सम्मेलन सुरु गर्दा नागरिकहरु घर बनाईसकेर धान कोदो रोप्न लगाउन खेतबारीमा छिरिसकेका थिए । अझै उनिहरु काममा छन् । केहि दाताहरु आफूअनुकुलका तस्विरका लागि उनिहरुलाई बराल्दा छन् । समाजका अगुवा हामीलाई उर्दि लगाईरहेछन् । हामी पछाडी लागिरहेका छौं ।
सहयोगको ओईरो लाग्यो । मनकारीहरु सडक नाघेर वस्ति छिर्न सकेनन् । उडेर पुगेकाहरु पनि चौरमा नै अलमलिए । चौरभन्दा अलि परका कुना कन्दरामा पनि मानिस छन् भन्ने जानेनन् वा नजानेझै गरे । कुरा धेरै सुनिएनन् । उनिहरुको आवाज कुनाकन्दरामा नै हरायो । खानेपानीको मुहानै मुहान भएका गाँउमा पानी राहत वितरण भयो । विपदका बेलामा पोषणयुक्त खानेकुरा खानुपर्नेमा कुहिएको चामल नाम चलेको संस्थाले नै वितरण गरेको खबर आए । अझै पत्रकार सम्मेलन गरेर कार्यालयका जिम्मेवार व्यक्तिले वाहियात समाचार भन्दै सहयोग नै फिर्ता लैजाने धम्की दिए । घटनाका बारे संस्थाकै जिम्मेवार अर्का अधिकारीले एक सञ्चारमाध्यमलाई अन्तर्वाता दिँदै कुहिएको खाद्यान्न बाँडिएको स्विकार गरे । अरुलाई अर्ति दिएर नथाक्नेहरुको वास्तविक अनुहार प्रष्टैसँग देखियो । नेपाल सरकारले अव उनिहरुलाई कसरी व्यवहार गर्छ त्यो नै मूख्य कुरा हो ।
दाताहरुको स्वभावै हो, दान राम्रैसँग बाँडिएको देखाउनु । दानको आवश्यकता अति नै धेरै थियो भन्ने पुष्ट्याँई गर्नु । त्यसका लागि उसले जमात नै नचाहिने ठाँउमा जमात जम्मा गर्छ । व्यवस्थित तरिकाले बाँड्न सकिने राहत बाँड्न अनावश्यक जमात बटुलेर तनाव सिर्जना गराँउछ । गरिरहेकै छ । आफुलाई चाहिएको जस्तै फोटो खिच्छ । चाहिने नचाहिने शर्त थोपर्छ । हामी सचेत हुनुपर्ने नै यहीँनेर हो । हामीले चाहेजस्तै विकास गर्ने हो भने दाताहरुको चाहना भन्दा आफ्नै चाहनालाई बढावा दिनुपर्छ । आफ्नै योजनामा विकास गर्न नसक्ने हो भने त्यसले हामीलाई दीर्घकालिक रुपमा मगन्ते बनाईरहनेछ ।
अन्तमा नेपालीहरु प्रचार गरिएझै कमजोर, कंगाल, अशिक्षित रहेनछन् । प्रचार गरिएजस्तै भएको भए नेपालीहरु भूकम्पमा भन्दा धेरै वर्षामा रुझेर वित्ने थिए । जुन सम्भावना टरिसक्यो । गाँउगाँउमा राहत नपुग्दापनि मानिसहरु खानाकै कारण मृत्युको जोखिममा परेनन् । दाताहरुले प्रस्तुत गरेका रिर्पोटमा उनिहरुले गरेका कामको पूष्ट्याँई गर्नुपर्छ । त्यसैकारण कतिपय अवस्थामा उनिहरुलाई तथ्यको तोडमरोड गर्नु आवाश्यक पर्छ । त्यस्ता रिर्पोटहरुमा शतप्रतिशत विश्वास नगर्दा फरक पर्दैन । यो विपतमा जसरी एक नेपाली अर्को नेपालीको सहयोगका लागि जुट्यो त्यो उदाहरणिय छ । यसले नै भोलिको नयाँ नेपालको खाका कोरेको छ । जुन विदेशी दाताहरुले दिन नसक्ने नेपालीको सम्पत्ती हो ।
No comments:
Post a Comment