• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

बित्यो छ महिना, भूकम्पपिडित अन्यौलमा !

दोलखा सदरमुकाम चरिकोटको नजिकै पर्छ ढाँडखर्क गाँउ । चरिकोट बजारको सातदोवाटो चोकबाट १५ मिनेट ओरालो झरेपछि पुगिने यो गाँउमा रहेका अधिकांश घर भूकम्पका कारण भत्किएका छन् । केही भत्एिका घरका सामाग्रीहरु पन्छाईएको छ । केही पन्छाउन अझै बाँकी छ । भूकम्प गएको ६ महिना वितिसक्दा पनि अझै टहरामा बसिरहेका छन् स्थानियहरु । 
६५ वर्षकी मिनमाया तामाङले टहरामै वर्षा कटाईन । हिँउदमा टहराको वसाई थप कष्टकर हुने पिरलो उनमा थपिईसकेको छ ।  “बुढाबुढी टहरामा बसेका छौं । जस्ताले छाएको टहरोमा जाडो कसरी कट्ला ?” 

गाँउकै मनमाया श्रेष्ठको टहराअगाडी भत्किएको घर अझै पन्छाइएको छैन । हिँउद आँउदा नयाँ घर बनाउने योजनामा छिन् श्रेष्ठ । नयाँ घर कस्तो बनाउने ? श्रेष्ठजस्तै गाँउलेहरुको प्रश्नको जवाफ आजसम्म कसैले दिएको छैन । “घर त बनाउन हुन्थ्यो कस्तो बनाउने अझै टुङ्गो छैन ।” सरकारले भूकम्प गएको ४ महिनापछि गाँउमा १५ हजारका दरले राहत वितरण ग¥यो । ढिलो गरि प्राप्त राहत रकम टहरा बनाउने ज्यामीलाई खाजा खुवाउँदै खर्च भयो । गाँउमा राहतस्वरुप खाद्यान्न, एकथान ब्लाङ्केट र पालभन्दा अरु केहि नपाएको श्रेष्ठले जानकारी दिईन । 
दोलखा जिल्ला बैशाख १२ र त्यसपछि गएका भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्ये १ हो । ढाँडखर्क गाँउजस्तै जिल्लाका ४८ गाविस र २ नगरपालिकाको अवस्था उहि छ । गाँउ गाँउमा नयाँ घरहरु बनाउनेबारे छलफल हुन थालेका छन् । नयाँ बन्ने घरहरु भूकम्प प्रतिरोधी बनाउनका लागि गाँउमा तालिमप्राप्त जनशक्ति छैनन् । 
“परम्परागत तरिकाले घर बनाउँदा बलियो नहुने रैछ । गाँउमा भूकम्प थेग्ने तालिम सञ्चालन भए त्यस्ता मानिस लगाएर घर बनाउन हुन्थ्यो,”  जफे गाविसमा दिपक कार्कीले भने । विभिन्न संस्थाहरुले गाँउ गाँउमा अस्थायी आवासका लागि जस्ता तथा अन्य निर्माण सामाग्री उपलब्ध गराएका छन् । यसले पनि धेरै समय नधान्ने पिडितहरु बताँउछन् । मालु गाविसका राजन पोखरेल भन्छन तीन तलामा चलेको जिविका साँघुरो टहरामा चलाउनुपर्दा साह्रै सकस छ । 
भूकम्प प्रतिरोधी घरहरुको निर्माण गर्नका लागि नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाले जिल्लाका १० गाविसमा डकर्मीहरुलाई लक्षित गरि तालिम सञ्चालन गरेको छ । तालिममा सहभागि भएकाहरु भूकम्प प्रतिरोधी घरहरु निर्माण गर्नका लागि उत्साहि छन । शहरे गाविस वडा नंं ७ का कुमार मिजारको पेशा नै डकर्मी हो । उनी पनि रेडक्रसले सञ्चालन गरेको डकर्मी तालिममा सहभागी भए । उनि भन्छन “परम्परागत रुपमा घर बनाँउदा भन्दा भूकम्प प्रतिरोधी घर बनाउँदा गारो लगाउने कुरामा विशेष ध्यान दिनुपर्ने रहेछ ।” भूकम्पप्रतिरोधी संरचना बनाउन तालिम पाएका मानिसहरु एकदमै कम भएका कारण गाँउमा पुर्ननिर्माण काममा धेरै समय लाग्ने उनि बताँउछन् । 
जिल्ला दैवीप्रकोप उद्धार समितिको सिफारिसअनुसार जिल्लाका १० गाविसमा स्विस रेडक्रस सोसाईटीको सहयोगमा तालिमहरुको सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाईटि दोलखा शाखाका मन्त्री गोकर्ण पोखरेलले बताए । “यसले थोरै मात्रामा भए पनि पुर्ननिर्माणको कामलाई सुरक्षित बनाउन सहयोग गर्छ ।”
पुर्ननिर्माणको काम अघि बढाउन स्थानिय बासिन्दाहरुले घरको नक्सा तथा डिजाईन माग गरिरहे पनि हालसम्म जिल्लास्थित कुनै सरकारी निकायले सो उपलब्ध गराएका छैनन् । जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक एवं प्रमूख जिल्ला अधिकारी देबेन्द्र लामीछानेले जिल्लामा भवन निर्माण सम्बन्धी काम गर्न भवन निर्माण डिभिजन कार्यालय स्थापना भएकोले नक्सा लगायतका काम कार्यालयमार्फत हुने जानकारी दिए । “नागरिकहरुले भवन निर्माणका बारे कार्यालयमार्फत जानकारी लिन सक्छन ।”

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना