• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

सकियो सिटामोल

दोलखाको सिङ्गटी बजारका लोकराज पाठक रुघाखोकीका कारण विरामी परेपछि बजारमा रहेको स्वास्थ्य संस्थामा जाँच गराउनका लागि गए । स्वास्थ्यकर्मीले उनको जाँच त गरे तर संस्थामा औषधी नभएका कारण उनि रित्तै फर्किए । “डाक्टरहरुले राम्रैसँग चेकजाँच गरे । औषधी छैन भनेर लेखेर पठाए । बजारमा रहेका औषधी पसल चहार्दा बल्ल बल्ल औषधी पाईयो ।”

पाठकमात्रै हैन सिङ्गटी बजारमा रहेका स्वास्थ्य संस्थामा आउने बिरामीहरु औषधी नपाएर फर्कनुपरिरहेको छ । दैनिक ४, ५ जना स्वास्थ्य संस्थामा सेवा लिन आउने गरेपनि औषधीबिना रित्तै फर्किरहेको पाठकले बताए । “निजी औषधी पसलमा पनि औषधी पाउन छोडिएको छ ।”

सिङ्गटी बजार जिल्लाको उत्तरी क्षेत्रका २२ गाविसको व्यापारिक स्थल हो । यहाँ रहेका स्वास्थ्य संस्थामा अहिले औषधीको चर्को अभाव देखिन लागेको छ । सिङ्गटी बजारको जस्तै समस्या जिल्लाभर देखिन लागेको जिल्ला स्वास्थ्य कार्यालय दोलखा स्विकार गर्छ । 

तराईमा जारी सडक अवरोध र भारतिय पक्षले गरेको नाकाबन्दीका कारण भूकम्पले थलिएको दोलखा झनै थला परेको छ । स्वास्थ्य संस्थामा केहि औषधीहरु पाउन छोडिएको छ । केहि औषधी मुस्किलले २ हप्तालाई पुग्ने अवस्था रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जानकारी दिएको छ । “बालबालिकाका लागि ज्वरोका लागि प्रयोग गरिने सिटामोल सिरप, तथा पखालाका लागि प्रयोग हुने मेट्रोनिडाजोल लगायतका औषधी सकिएको छ”, कार्यालयका प्रमूख डा. माधव लम्सालले भने । 

दोलखा जिल्ला भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्येको एक हो । टहरामा बास बसिरहेका भूकम्पपिडितका चिसोका कारण बिरामी परिरहेका छन् । सरकारले भूकम्पप्रभावित जिल्लाका लागि सुरुमा धेरै मात्रामा औषधी पठाएको थियो । यसका कारण मात्रै अहिलेसम्म औषधीको अभाव भोग्नु नपरेको हो । “सुरुमा अलि धेरै औषधी आएका कारण अहिलेसम्म अभाव नदेखिएको हो । नत्र यसबेलासम्म औषधीको चर्को अभाव देखिईसक्ने थियो”, लम्सालले भने ।

तत्काल औषधीको अभाव आउन नदिनका लागि आन्तरिक रुपमा स्वास्थ्य संस्थाहरुमा जानकारी गराईसकिएको कार्यालयले जानकारी दिएको छ । कार्यालय प्रमूख लम्साल स्वास्थ्य संस्थामा रहेका औषधी आधाआधा गरेर दिनका लागि स्वास्थ्य संस्थाहरुमा जानकारी गराईएको बताँउछन । “स्थिती सामान्य भएमा स्टकमा रहेको औषधीले २ हप्ता पुग्छ । महामारी देखियो भने भन्न सकिन्न ।”

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना