• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

भूकम्पका कारण तामाकोसीमा ३ अर्वको क्षति।


माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा भूकम्पका कारण तीन अर्व रुपैया बराबरको क्षति भएको छ । आयोजनाका प्रवक्ता गणेश न्यौपानेले आयोजनाको विभिन्न संरचनाहरुमा भूकम्पले तीन अर्व रुपैंया बराबरको क्षति पुर्‍याएको प्रारम्भिक विवरण आएको जानकारी दिए ।

“क्षति विवरण संकलनको काम पुरा भईसकेको छैन । ठेकेदार कम्पनीहरुले संकलनको काम गरिरहेका छन् । पुरा विवरण आउनका लागि अझै केहि समय लाग्छ”, न्यौपानेले भने । उनका अनुसार भूकम्पका कारण आयोजनाको प्रवेशमार्गमा सबैभन्दा धेरै क्षति पुगेको थियो । सडकका साथसाथै प्रसारण लाईन लगायतका संरचनाहरुमा भूकम्पले क्षति पुर्‍याएको थियो । अहिले भूकम्पबाट क्षति पुगेको सडक मर्मतको काम भईरहेको छ । बाँधस्थल लामाबगरसम्म सडक पुर्‍याउने काम भईरहेको छ ।  भुकम्पका कारण सुरुङ्गमा भने कुनै क्षति नभएको न्यौपानेले बताए ।

सुरुङ्ग निर्माणको काम मार्चबाट
आयोजनाको भूमिगत विद्युतगृहका लागि निर्माण गर्नुपर्ने सुरुङ्गको काम मार्च महिनाबाट सुरु गरिने भएको छ । भूकम्पअघि विद्युतगृह निर्माण स्थलमा कङ्क्रिटिङ गर्ने काम भईरहेको थियो । “मार्चबाट सुरुङ्गको काम सुरु गर्ने तयारीमा छौं” न्यौपानेले भने ।

लामो मजदुर आन्दोलनपछि निर्माण कार्यले गति लिन लागेका बेला भूकम्पका कारण आयोजना निर्माण सम्पन्न हुने समयाबधी पछि धकेलिएको छ । ४ सय ५६ मेगावाट क्षमताको यो जलविद्युत आयोजना स्वदेशी लगानीमा दोलखाको लामाबगर गाविसमा निर्माण भईरहेको छ । वर्षेनी उर्जा संकट बढ्दै गईरहेको सन्दर्भमा यो आयोजनाले उर्जा संकट कम गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको थियो ।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना