• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

चरिकोट अस्पताल विवाद: समाधान कसरी; प्रजिअको राय

अस्पतालमा ल्याइएका विरामीहरुको मर्त्यु भएपछि दोलखा सदरमुकाम चरिकोटमा बन्न लागेको प्रस्तावित चरिकोट अस्पतालमा कामकाज ठप्प भएकाे छ। विरामी मृत्यु भएपछि अस्पताल प्रशासन र स्थानीयबासिन्दाका बीचमा भएकाे विवाद समाधान हुन नसक्दा कामकाज ठप्प भएको हो। विवाद समाधानका लागि बनाइएको समितिको अन्तिम प्रतिवेदन नआउँदै डाक्टरहरुलाई माफि मगाइएको भन्दै डाक्टरहरुले आकस्मिकबाहेकको सेवा बन्द गरेपछि समस्या झन् जटिल बनेको हो । 

समस्या समाधानका लागि उपाय के त? मैले लेखेको फेसबुक स्टाटसमा दोलखाका प्रमूख जिल्ला अधिकारी पुष्पराज शाहीले राखेको विचार, जस्ताको तस्तै..

शान्ति सुरक्षा भएन भनी डक्टरका पेशागत नेताले चरिकाेटबाट जवरजस्ती डक्टरलाई हिडाए भन्ने सुने, याे दुखद र गैरजिम्वारपूर्ण काम हाे। अस्पतालमा 2/2 बटा विरामी मरेर अान्दाेलन हुनु, क्षमता भन्दा बढि विरामी लिनु तर डक्टर नर्सहरु विरामिअनुपातमा नथप्नु, पत्रपत्रिकामा अस्पतालकाे अनियमितता र लापरबाहि बारे साप्ताहिकजसाे नियमित समाचार अाउनु, नागरिक समाजबाट नियमित गुनासाे अाउनु के शान्ति सुरक्षाकाे अभावले हुन्छ? सेबा तुरन्त सुचारु गर्नुपर्छ, काम ठप्प राखेर कुनै पनि छलफल हुदैन, अन्यथा अनियमिता र अराजकताकाे सुरक्षा गर्ने जिम्मेवारी स्थानीय प्रशासनकाे हुदैन, सुशासन, नागरिक सेवाग्राहिप्रति उतरदायी र सदाचारी अनुयायी संस्थाकाे मात्र हिफाजत गर्ने जिम्मेवारी हाम्राे हाे, अाफ्ना कमजाेरीकाे लान्छना प्रशासन र सुरक्षा संयन्त्रमा लगाउने कार्यकाे खण्डन गर्दै स्वच्व मुल्याकन गरिदिन नागरिक समाजमा अपिल गर्दछु, जिल्लाकाे शान्तिसुरक्षाकाे तत्परता पेशा व्यवसायकाे हकहित र संस्थागत सुशासनमा अाधारित रहनेछ, जहिलेपनि जहापनि, शर्तरहित हरतरहले।तसर्थ सेवाग्राहि दाेलखा बासीहरुसग अाफ्नाे विश्वास प्रमाणित गर्न र सर्मपण कायम राख्न सेबाप्रर्वाह जारि राख्दै विरामीसेवाग्राहीहरूसग रहेका बेमेल र अाफ्ना कमजाेरी बारे छलफल समीक्षाहरु र सेवा सुचारु सगसगै जारिराख्नु अस्पताल व्यवस्थापनकाे बुद्दमानी कदम हुनेछ ।


बरु एउटा डक्टर र नर्सले एक दिनमा अधिकतम विरामी हेर्न सक्ने क्षमता वा सीमा केहाे? त्यतिमात्र गर्नु, त्याे भन्दा बढि विरामि भर्ना नलिनु नै पेशागत धर्म र सुरक्षा हाे, त्यतिका चरिकाेटमा निजि अस्पताल किन खाेले, सरकारले नसकेका काम गराैला भनी खाेलेका हुन, क्षमता भन्दा बढि काम लिनु भनेकाे अहिले गाविस सचिवलाई २९ बटै मन्त्रालयका कामहरु थुपार्नु जस्तै कामकाे लथालिङ पार्नु हाे ।

त्यसैले डक्टरहरु साच्चै बुद्दमानी हुुन र छन भने राेजगारदातासग दिनमा कति ध्यानपूर्वक हेर्नसक्नुहुन्छ त्यतिमात्र व्वस्थापनसग काम माग्ने स्वीकार्ने गर्नुहाेस। के दिनमा तपाईं एक्लै 25 जना सिकिस्त विरामी हेर्न सक्नुहुन्छ????????

तपाईकाे छलफल सरकारकाे शान्तसुरक्षाकाे सवालसग हाईन अहिले, तपाईकाे व्वस्थापकसग छलफल गर्नु जरुरी देखेकाे छु।

याे मुलुकमा किन सि डि याे, एल डि याे, जि शि अ,प्रहरी प्रमुख, कार्यकारी अधिकृत, गा वि स सचिवहरु किन त्यति सफल देखिदैनन त?, यसकाे मुख्य कारण भनेकाे क्षमता भन्दा बढि काम थुपार्नु हाे।

त्यसैले चरिकाेट अस्पतालमा व्यवस्थापकीय कमजाेरी सुधारकाे पक्षमा छु।

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना