देश बन्छ कसरी यो प्रश्नमा सबैका आफ्ना आफ्ना उत्तरहरु हुन सक्छन् । कोरियाको सोल बुसान राजमार्गको निर्माण इतिहास पढ्दा हामी धेरै जवाफ पाउन सक्छौं । नेपालका २ क्षेत्रका विज्ञहरुको उक्त राजमार्गबारेको जानकारी यहाँ प्रस्तुत गरेको छु । यो जानकारी नेपाल निर्माण व्यवसायी महासंघको रजत जयन्ती का अवसरमा प्रकाशन गरिएको निर्माण दर्पणबाट लिइएको हो । पुर्वाधार विकासका क्षेत्रमा लामो समय काम गरेका सुर्यराज आचार्य र अर्थसचिवको जिम्मेवारी समाल्हेका रामेश्वर खनालको उक्त राजमार्गबारेको जानकारी
सुर्यराज आचार्य
कोरियाको सोल बुसान राजमार्ग एकदमै प्रेरणादायी कथा मानिन्छ । त्यो बनेपछि देश अगाडी बढयो । अहिलेको राष्ट्रपतिको पिताको त्यो डिम प्रोजेक्ट हो । उ सत्तामा आउनेवित्तिकै त्यसको काम सुरु भएको हो । ४२८ किमिको ४ लेनको बाटो हो । वल्र्ड बैंकका प्राविधिकहरु गए र भने १.५ लेनको बनाउने, तिमीहरुसँग गाडी पनि छैनन । ठूलो बाटोको काम छैन । त्यहाँको राष्ट्रपतिले भने ‘यो देशको भविष्य मलाई थाहा छ । हामी सधैं गरिब रहँदैनौं । तिमीहरु पैसा पनि देउ बाटो पनि बनाइदेउ ।’ बैंकका मान्छेहरुले २ ओटा प्रस्ताव राखे । पहिलो बाटोको लेन घटाउनुपर्ने । काम गर्ने व्यवसायी र परामर्शदाता पनि विदेशी हुनुपर्ने । त्यसमा राष्टपतिले भने ‘बाटो ४ लेन नै हुनुपर्छ । व्यवसायी विदेशी ठीक छ तर त्यसमा नेतृत्व गर्ने हाम्रै देशको हुनुपर्छ । कानुन त सरकारले बनाउने हो ।’ वल्र्ड बैंककाहरुले राष्ट्रपतिलाई उडाए । ‘क्षमता छैन भन्ने कुरा स्विकार गर्ने । तर नेतृत्व गर्न पाउनुपर्छ भन्ने ।’ राष्टपतिले जवाफ दिए ‘क्षमता नभएर त नेतृत्व गर्न पाउनुपर्छ त । मेरो देशका व्यवसायीको क्षमता बनाउन हामीलाई जापानले काम दिन्छ र ?’ इञ्जिनियरलाई राम्रोसँग पढाए उ राम्रो इञ्जिनियर बन्न सक्छ । निर्माण व्यवसायी राम्रो हुनका लागि त काम नै गर्नुपर्छ । त्यसपछि बैंकले त्यो योजना छोड्यो ।
राष्ट्रपतिले देशका निर्माण व्यवसायीलाई बोलाएर छलफल गरे । अहिलेको हुन्डोइ कम्पनीको मालिक पनि त्यो छलफलमा सहभागी थियो । उसले अमेरिकन सेनाको रासन सप्लाईबाट आफ्नो काम थालेको थियो । त्यसपछि उसले थाइल्याण्डमा पुल बनायो । पेटी ठेक्का गथ्र्यो । सोलमा भएको एउटा पुलको उ पेटी ठेकेदार थियो । कामदार सप्लाइ गर्ने । उ एकदमै जोखिम लिन चाहने प्रवृत्तिको थियो । छलफलमा राष्ट्रपतिले निर्माण व्यवसायीलाई बोलाएर हामी बनाउन सक्छौं भनेर सोधे । उसले जवाफ दियो तपाँइले भनेपछि सकिहाल्छौं नि । उसको नेतृत्वमा १७ वटा ठेकेदारको टिम बनाइएको थियो । त्यो कामका लागि इञ्जिनियर पुगेनन् । उनिहरुले व्यक्तिगत रुपमा फोन गरेर क्यानडा, अष्टे«लीया भएकाहरुलाई बोलाए । सडकमा सुरुङको काम पनि थियो । त्यसमा दुर्घटना भएर मान्छे पनि मरे । निर्माण औजारहरु थिएनन् । सबैमा भन्सार शुन्यको अवस्था बनाइयो । राष्ट्रपतिले ठेकेदारहरुलाई सामान आयात गर्दा कुनै मन्त्रालयले फाइल रोके भने भन्न आउनु भनेर भने । २ हप्तामा १ पटक ठेकेदारसँग बसेर छलफल गर्थे राष्ट्रपतिले । अभियान भनेको यो हो नि । विश्व बैंकले तोकेको भन्दा १.५ वर्ष अघि नै त्यो योजना पुरा गरे कोरियनहरुले ।
रामेश्वर खनाल
पूर्व अर्थ सचिव
कोरियामा भुसाम देखि सोल सम्मको राजमार्ग अहिले छ लेनको भैसकेको छ त्यति बेला चार लेनको बनाउने कुरा भयो । त्यको निर्माण सुरु गर्ने बेलामा विश्व बैंकलाई सहयोगका लागि आग्रह गरिएको थियो । उसले हामी सहयोग गर्न सक्दैनौ, आर्थिक रुपले सम्भाव्य नै छैन । तिमीहरु गरिब गुरुवाको देशमा यत्रो महंगो, ठुलो र फराकिलो सडक बनाएर के गुडाउने भनेर सहयोग गरेन । पछि कोरियाली सरकारले तत्कालिन अवस्थामा देशको कुल गार्हस्थ उत्पादनको एक चौथाई त्यसमा लगानी गरेर निर्माण गर्ने निर्णय गर्यो । अहिले नेपालको २५ सय अर्ब जति छ । २५ सय अर्ब को एक चौथाइ भनेको करिव ६ सय २५ अर्ब भयो । अहिले हामीले छ सय २५ अर्बको आयोजना सुरु गर्यौं भने यहा पनि हामीलाई पागल नै भन्छन । त्यो बेलामा त्यहाका राष्ट्रपतिले तयारी गर्नुभयो । कसैले पनि बाहिरबाट पैसा दिएन । पैसा नदिएपछि बाहिरबाट ठेकेदार आउने कुरा पनि भएन । उहाँले कोरियाकै निर्माण व्यवसायिलाई सिकाउदै । उनीहरुलाई राष्ट्रलाई माया गर्नुपर्छ भन्दै काम अगाडी बढाउनुभयो । काम समयमा नै सम्पन्न पनि भयो र अहिले कोरियाको विकासको पछाडि त्यहि सडकको महत्वपुर्ण भुमिका छ भन्ने निष्कर्ष धेरै मान्छेले निकाल्छन । कोरियाको कुल गर्हस्थ उत्पादनको करिब ६२ प्रतिशत त्यहि सडकको सेरोफेरो बाट आउँछ । एउटा सडकले एउटा देशको कायकल्प बनाउने रहेछ भन्ने यसले देखाउँछ । सायद कोरिया अहिले आर्थिक स्तरमा ४०, ४१ स्थानमा पर्छ होला । आर्थिक वृद्धिदको हिसाबले १९८० को दशकमा राम्रो गर्यो, १९९० मा अझ धेरै, १९७० मा उनीहरुको विकासले गति लिन सुरु गर्यो ।
No comments:
Post a Comment