• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

आँखा खुल्न अब कति कुर्नुपर्ला ?

केहि त होला भन्ने आशैआशमा २०१६ सकियो । संविधान आएपछि रामराज्य हुनेछ भन्थे । १५ महिना वितिसकेछ । देश अगाडी जान्छ भन्थे । अगाडी गयो कि उँही छ मेसो पाउन सकिएको छैन । शंका लाग्छ पछाडी पो हट्यो कि !

भन्नेहरु भन्थे । यो देशमा राजतन्त्र भएर विकास भएन । १ दशक पुरा भयो राजतन्त्र विदाई गरेको । जनताले आफैं संविधान बनाएपछि अग्रगमनको यात्रा सुरु हुन्छ भन्थे । भनेजस्तो विकास भएको छैन । बरु भन्नेहरुका भाखा फेरिन लागेका छन् । अव संसोधन, चुनाव के के भन्न लागेका छन् । घटनाक्रमहरुले प्रमाणित गरिरहेछन् नेपालमा यसो भएपछि गज्जब हुन्छ; उसो भएपछि गज्जब हुन्छ भन्ने केवल बहाना मात्रै हुन् । 

सबै कुराको निदान सम्भव छ बहानाबाहेक । टाउको दुखेको उपचार गराउन दन्त चिकित्सककहाँ गएर हुँदैन ।

एक मित्रले बरोबर भन्थे लक्ष्य निर्धारण नगरेकाहरु जति हिँडे पनि कँहि पुग्न सक्दैनन् । नेपाल राज्यको सन्दर्भमा कुरा गर्दा हामीलाई चाहिएको कुरामा हामी लगभग स्पष्ट छौं । हामीलाई चाहिएको विकास, शान्तीसुरक्षा, आर्थिक प्रगति, आफ्नै देशमा रोजगारी लगायतका विषय हुन् । वाद, तन्त्र त्यसपछिका प्राथमिकता हुन् । नेपालका सबैलाई हाम्रो आवश्यकता थाहा छ । सबै कुरा थाहा भएर पनि हामीले गन्तव्य भेटाउन सकेका छैनौं । हामी जाने बाटोमा अझै अलमल छौं । यहाँ जाने भन्ने मात्र थाहा भएर हुँदैन । त्यहाँ सम्म पुग्नका लागि दृढसंकल्प पनि हुनैपर्छ । नेपालका नेताहरुमा जुन ठाँउमा गयो उसलाई उचाल्ने र अरुलाई पछार्ने काममा स्वयं प्रधानमन्त्री लागेका छन् । यहाँ अरु उफ्रिए भनेर चिन्ता गर्नु नै बेकार छ ।

पृथ्वी जयन्ती आउँदैछ । सम्मान गर्ने कि अपमान गर्ने भनेर समाज विभाजित छ । इतिहास गलत थिएन भने उनले काठमाण्डौ राजधानी सरे । आफ्नै संस्कार संस्कृति स्थानीयमा लाद्ने प्रयास गरेनन् । बरु स्थानीयले वर्षौंदेखि मानेर आएको कुमारी प्रथालाई स्विकार गरे । तत्कालिन अवस्थामा कुमारीको खुट्टा ढोगे । यसले गर्दा स्थानीय र राजपरिवारको सम्बन्ध सुमधुर भएकै हो ।

नेपाल बन्न नसकेको श्रोत साधनका अभावले हैन । नेतृत्वको बेइमानीले हो । यस्तो बेइमानीका कारण नेपाल बन्न नसक्नुमा यो वा त्यो दोष देखाएर हामी रमाइरहेका छौं ।

सति प्रथामा सति जल्दै गर्दा नौमती बाजा जोडले बजाउने गरिन्थ्यो रे । त्यसका लागि तर्कहरु जेसुकै प्रयोग भएपनि आगोमा जल्दाको सतिको चित्कार त्यही बाजाका आवाजमा हराओस भन्ने नै थियो । नेपालमा पनि विकास नहुनुको मूख्य कारण भनेको राजनैतिक नेतृत्व नै हो । यसबाट ध्यान अन्यत्र मोड्नका लागि उसले कहिले राणाशासन देखाउँछ । कहिले १७ साल देखाउँछ । पञ्चायत बहुदल सबै उसले देखाइरहेकै छ । यिनै बहानामा उसले देशलाइ झन् झन् बर्वादीतर्फ धकेलिरहेको छ ।

नेपालमा गरिबी छ । अशिक्षा छ । बेरोजगारी छ । विभेद छ । समस्याहरुकै चाङ छ । यस्ता चाङलाई देखाएर यहाँ सबै दलको राजनीति चलेको छ । यस्तै केहि वर्षसम्म चल्ने निश्चित छ ।

वालुवा नै वालुवा भएको देशमा मान्छे बोका काट्दाझै काटिन्छन् । विकास रोकिएको छैन । महिलाले केहि वर्ष अघिमात्रै चुनावमा मतदानको अवसर पाए । श्रीमानविना पसलमा सामान किन्न जाँदा कारवाही हुने देशमा महिलाअधिकारको कुरा सुनिन्न । यहाँ भने महिला अधिकारका नाममा रोईलो चलिरहेको छ । चल्दै रहनेछ ।

सबै कानुनका दृष्टीमा समान भन्ने अवधारणाका विचमा पनि केहि समुदाय अगाडी गएको पक्कै हो । यसका बारेमा न गम्भिर छलफल हुन सक्यो न विमर्श । केहि वर्ग उत्थानका नाममा संविधानमै तोकेर अग्राधिकारको बहस चलेकै हो । अझै पनि क्रान्तिकारी कमरेडहरुमा यसको अवशेस बाँकी छ ।

लेखको अन्त्यमा एउटा घटना उल्लेख गर्नु सान्दर्भिक लागेको छ । देश परिवर्तनको उत्कट चाहना पालेका एक युवा माओवादी युद्धमा सामेल भए । त्यहा हुने प्रशिक्षणले आफ्नै बाबुलाइ सामन्त देखे । उनका बाबु पूर्व पञ्च थिए । क्रान्ती सफल गर्न सामन्तीहरुको सफाया गर्नु पर्थ्यो । नसके सम्पत्तिमा क्षति । उनले सामन्तका घरमा बम राखे । सामन्तको सम्पती नष्ट गरेकोमा हर्षढाँइ गरे ।

युद्धविराम भयो । माओवादीले चुनावमा भाग लियो । नेताहरुको जीवनस्तर फेरिन लाग्यो तव उनलाइ पनि आफुसँग सम्पत्ती चाहिने कुराको दिव्यज्ञान प्राप्त भयो । यो दिव्यज्ञानसँगै उनलाइ अर्को दिव्यज्ञान पनि प्राप्त भयो कि कुनै समय सामन्तको भनेर नष्ट पारिएको सम्पत्ती त आफ्नै थियो ।

एउटा बसमा यात्राका क्रममा भेट भएथ्यो उनिसँग । उनले भने 'अहिले बुझ्दैछु । मेरा बा कसरी सामन्त हुन सक्थे र । उनले जीन्दगीमा बनाएको त्यही एउटा घर न थियो । त्यही पनि खरानी पारियो । अहिले साह्रै ग्लानी हुन्छ ।'

उनको कुरा बेला बेला सम्झिन्छु । अहिले पनि नेपालमा त्यस्तै उन्माद बोक्ने युवाहरु छन् । नेताहरु छन् । देशको भलाइका लागि भनेर गरेका काम कतै तिनै युवाले सामन्तवाद अन्त्य गरेजस्तै त छैनन् ! आँखा कहिले खुल्ला ? खुलुञ्जेल के के गुमिसक्ला !

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना