• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

आजको भोली कहाँ हुन्छ र?

एक मित्रले केहि दिन अघि सामाजिक सञ्जालमा लेखे 'नेपालमा अझै पनि दलितहरुलाइ हेर्ने सोच बदलिएको छैन ।' छोटो त्यस लेखमा असन्तुष्टी भन्दा धेरै निराशा थियो । त्यसपछि सो पोष्टमा आएका प्रतिक्रिया र त्यसमा उनको जवाफ हेर्दा त्यो आक्रोशभीत्रको निराशा बुझ्न सकिन्थ्यो ।

परिवर्तनका उत्कट चहानामा नेपालमा ठूलाठूला आन्दोलन भए । पश्चिमको विभेद र अविकासमा माओवादीले रुमानी सपनाको व्यापार गर्यो  । त्यसका कारण १३ हजारबढिले ज्यान गुमाए । मधेस आन्दोलनमा पनि सयौंले ज्यान गुमाए । आन्दोलनकै कारण अहिले समाजमा कसैले पनि आफ्ना विरुद्ध भएका विभेदका विरुद्ध आवाज उठाउने साहस गर्न थालिसकेको छ । राज्यका निकायमा सबै जातजाती भाषा, धर्म, भूगोलको प्रतिनिधित्व हुन लागेको छ । हुनुपर्ने आवाज गम्भिर रुपमा उठेका छन् ।

आन्दोलनमा जनमत जुटाउनका लागि नेताहरुले कतिपय सन्दर्भमा सुन्दा गज्जब लाग्ने तर व्यवहारमा पुरा नै गर्न नसकिने र कतिपय अवस्थामा तत्कालै पुरा हुन नसक्ने आश्वासन बाँड्छन् । भैरहेकै कुरा नगरेर सपनाको व्यापार नगरे आन्दोलनमा जनसहभागिता जुट्नै सक्दैन । जमानामा माओवादीले जनसरकार, जनअदालत लगायतका संरचना बनाएकै हो । सामन्तका जमिन बाँड्ने भनेर केहि गरेकै थियो । अहिले बल्ल सबैले बुझ्न थालेका छन् । ति सपना तत्काल पुरा हुन सम्भव छैन। मधेस आन्दोलनको पनि कथा उस्तै उस्तै हो ।

इतिहास हेर्दा नेपालमा जति छिटो परिवर्तनहरु भएका छन् । तिनमा हामीले गर्व गर्न सकेका छैनौं ।  २ दशकअगाडी सम्म कमैया प्रथा मुलुकमा जिवितै थियो । उनिहरुले कतिसम्म सास्तीको जीवन विताउँथे भनेर थाहा पाउन शान्ता चौधरीको कमलरीदेखि सभासद पढे पुग्छ । केहि समयअगाडी एक नेताले भनेजस्तै कुर्सीमा वस्न हिच्किचाउने मान्छेहरु समाजमा अझै छँदैछन् । के हाम्रो यथार्थ यो मात्रै हो र ?

तत्काल नभएपनि हामी ति आन्दोलनले खोजेका उपलब्धितिरको यात्रामा छौं । नेपालमा समावेशीकरणको वहस भएको १ दशक पुगेको छ। २०६२/६३ को आन्दोलनपछि राज्यका सबै निकायहरुमा समावेशीकरणको बहस चल्यो । यसैका कारण लोकसेवा आयोगमा आरक्षणको व्यवस्था सुरु भयो । सेना, प्रहरी, शिक्षक, सेवा लगायतमा आरक्षण सुरु भयो । संसदमा समावेशीकरणका लागि समानुपातिक निर्वाचनको व्यवस्था लागु गरियो । राज्यद्धारा सञ्चालित दैनिक पत्रिका गोरखापत्रमा धेरै भाषा तथा लिपीमा सामाग्रीहरु प्रकाशित हुन लाग्यो ।

पक्कै पनि हामीले जति चाहेका खोजेका थियौं । त्यो मात्रामा पुरा भएको छैन । तर पनि अहिले समावेशीकरणको मुद्धा समाजको तल्लो तहसम्म पुगेको छ । यसले समाजमा भएको भेदभाव धेरै हदसम्म घटाएको छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा समावेशीकरण उल्लेख गर्न लायक छ । यसले पक्कै पनि नेपाली समाजमा अझै समावेशिताका बारेमा व्यापक छलफल चलाउने नै छ । काठमाण्डौकै पुतली परियारले आफ्नो ५७ वर्षिय जिन्दगीमा पहिलोपटक ठूला ठानिएकाहरुसँग छोइएर खाना खाइन् । विधवा भएर सारीको कुनै कुनाको रातो देखाउन आँट नगरेकी उनलाई समाजले सिन्दुरजात्रा गराइदियो । उनले पनि धक फुकाएर रातो रङ्ग मिसिएको सारी लगाएको तस्विर पनि सार्वजनिक भयो ।

कुनै कुरा बलपूर्वक लाद्न खोजेर परिवर्तन हुँदैन भन्ने कुरा जनयुद्ध हेरे पुग्छ । जनयुद्धका क्रममा अनिष्ट हुन्छ भनेका धेरै काम भए तर कुनै अनिष्ट त भएन । त्यस समयमा धेरै पण्डितका घरमा दलितहरु प्रवेश गरे । दलितहरु तथा अन्य जातजातीसँग सामुहिक भोजहरु आयोजना गरिए । त्यसका आधारमा हेर्ने हो भने अहिले छुवाछुत जुन रुपमा घट्नुपर्ने थियो । त्यसो त भएन । त्यसको एउटै कारण के हो भने कुनै पनि कुरा जवरजस्ती लादेर परिवर्तन हुँदैन ।

पक्कै पनि व्यक्तिगत रुपमा हामीहरुसँग केहि मान्यताहरुले घर गरेकै छन्। तिनलाई निर्मुल पार्न समय त लाग्छ नै । आफुसँग नमिल्ने जातलाई हामीले कहिँ न कँहि होच्याएकै छौं । कुनै न कुनै कुराले अपमान गरेकै छौं । नेपाली समाजमा चलेका उखानहरुको अध्ययन गर्दा त्यो प्रष्टसँग देख्न सकिन्छ ।

हामीले खोजेको विकास भनेको ठूला ठूला भवन र चिल्ला सडक मात्रै हो र ? विकास भनेको सोच व्यवहारमा परिवर्तन आउनु हो; जसले सबैलाइ समान दृष्टिले हेर्न सहयोग गरोस । कुनै ठाँउमा, जातमा धर्ममा, जन्मँदैमा हामीमा हिनतावोध नहोस, अहमता नहोस् ।

समाजमा विभिन्न मान्यताहरु छन् । जुन आजको भोली परिवर्तन हुँनै सक्दैनन् । तिनलाई घटाउँदै लैजानुपर्छ । हामीले खोजेको त्यही हो । अन्तमा भन्नैपर्ने हुन्छ, अलि सकरात्मक भएर हेरौं, धेरै भैराको छ । आजको भोली त कहाँ हुन्छ र !

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना