• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

जिल्ला जनसंख्याभन्दा सहकारीमा १ तिहाइ सदस्य धेरै

दोलखामा बसोबास गर्ने नागरिकभन्दा झण्डै १ तिहाइबढि सदस्य सहकारीमा आवद्ध भएको पाइएको छ । जिल्लामा सहकारी संस्थाहरुको अनुगमन तथा नियमन गर्ने संस्था डिभिजन सहकारी कार्यालय दोलखाले प्रकाशन गरेको सहकारी जागरण पुस्तिका २०७४ मा उक्त तथ्य फेला परेको हो ।

पुस्तिकामा उल्लेख भएअनुसार दोलखा जिल्लामा ५ सय १७ ओटा सहकारी संस्थाहरु रहेको र उक्त सहकारीहरुमा ८६ हजार ३ सय ११ पुरुष र ९८ हजार ५ सय ४६ महिला गरि १ लाख ८४ हजार ८ सय ५७ शेयर सदस्य आवद्ध रहेका छन् ।

bffकेन्द्रिय तथ्याङ्क विभागले २०६८ सालमा लिएको जनगणनाअनुसार जिल्लाको जनसंख्या १ nfलाख ८६ हजार ५ सय ५७ रहेको छ । जसमा १५ वर्षसम्मको जनस‌ख्या ६२ हजार ७ सय ६६ र १५ वर्षमाथिको जनसंख्या १लाख २३ हजार ७ सय ९१ छ । जिल्लाको जनसंख्या वृद्धिदर -०.९१ रहेको छ । यसलाई आधार मानेर हिसाब गर्दा २०७४ सालमा १५ वर्षमाथिको जनसंख्या १ लाख १७ हजार १ सय ८४ हुन्छ । यसलाई आधार मानेर हेर्दा जिल्लामा रहेका सहकारीहरुमा जिल्लाको जनस‌ंख्याभन्दा ६७ हजार ६ सय ७३ जना शेयर सदस्यहरु बढि हुन आउँछ । यो संख्या हाल जिल्लामा बसोबास गर्ने शेयर प्राप्त गर्न योग्य जनसंख्याभन्दा झण्डै १ तिहाइले बढि हो । सहकारी स‌ंस्थाको शेयर सदस्य हुनका लागि नागरिकताको प्रमाणपत्र अनिवार्य हुन्छ । १६ वर्षमा नागरिकता लिने व्यवस्थालाइ मध्यनजर गर्दा यो संख्या अझै कम हुन आउँछ ।

१ लाखबढि आवद्ध : संघ

जिल्ला सहकारी संघ दोलखाले भने जिल्लाको १ लाख भन्दा धेरै जनसंख्या सहकारीमा आवद्ध भएको बताएको छ । संघका अध्यक्ष हेमन्त चौंलागाँईले दोहोरो सदस्यताका कारण संख्या धेरै देखिएको हो । दोहोरो सदस्यता हटाउँदा पनि १ लाख बढि जनसंख्या सहकारीमा आवद्ध छ, चौंलागाँइले भने । जिल्लाका अधिकांश क्षेत्रमा सहकारीहरु रहेका कारण सहकारीबाहिर रहने जनसंख्या धेरै नभएको उनको दावी छ ।

दोलखा जिल्लामा २०७४ असार मसान्तसम्म ६ वटा सहकारी संघसहित ५ सय २४ सहकारी रहेका डिभिजन सहकारी कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार उक्त अवधीसम्ममा सहकारी संस्थाहरुले जिल्लामा ५ अरब ९० करोड ६९ लाख ६१ हजार ३ सय ९१ रुपैया कारोबार गरेका छन् । 

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना