• अब फर्कौं !:

    पोखराको फेवाताल किनारमा सुर्यास्तमा आफ्नो बासमा फर्कंदै चराहरु
  • फूलमा माहुरी...

    रस चुस्दै माहुरी, दोलखामा माहुरीपालन खस्कँदो छ ।
  • ह ह तारे ह ह...

    प्रमुख खाद्यान्न बाली धानको परम्परागत दाँई गरिँदै
  • देशको आशाको केन्द्र

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको गोगरको सुरुङ्ग
  • हलुवामा बालुवा !

    गुलाफको फुलमा रमाइरहेको किरा
  • मै, छोरी सुन्दरी....!

    दोलखाको लामावगर गाविसमा पानी ओसार्दै बालिका
  • आहा ! कत्ति राम्रो

    दोलखाको छ्योतछ्योतबाट देखिएको गौरिशंकर हिमाल
  • लाग्दछ मलाई रमाईलो !

    कालीञ्चोक जाँदा देउरालीनिरको संरचना ©सन्तोष बोहोरा
  • ... गाईबस्तु चराँउदै

    पशु विकास फर्म जिरीका गाई चरनमा
  • खियाँईदैछ दिन प्रतिदिन

    यो तस्विर र देशको हालत कतै मिल्छ कि !

Widgets

भीमबहादुर; २०५१ को निर्वाचन

यो लेख अहिले नै लेख्ने सोच थिएन। भीमबहादुरको वार्षिकि यसै बेलामा पर्छ भन्ने ख्याल नगरेका कारण। भीमबहादुरले सादगिको जीवन जिए। नजिकबाट जान्नेहरुले यसै भन्छन्। उनिसँग दोहोरो कुरा हुन पाएन जस्तो लाग्छ। कुरा भएको भए केहि उहाँका बारेमा सुनेका हल्लाहरुबारे प्रश्न गर्ने थिएँ। आलेखमा अझै तथ्यहरु समावेश हुने थियो।

२०५१ को मध्यावधि निर्वाचन नजितेका भए भीमबहादुरलाई समाजले यहि रुपमा चिन्थ्यो कि चिन्दैनथ्यो भन्न गाह्रो छ। यो निर्वाचनमा विजयी भएपछि उनले कानुन तथा न्याय मन्त्री बन्न पाए। त्यसपछि लगातार २ वटा चुनावमा उनले पराजय व्यहोरे। 

२०५१ मा भएको चुनावमा उनले १६ हजार ६ सय ७३ मत पाए। उनका प्रतिष्पर्धी आनन्द प्रसाद पोखरेलले १५ हजार ७ सय ९० मत पाएका थिए। यस चुनावमा कांग्रेसले धेरै स्थानमा बुथ कब्जा गरेको थियो भन्ने जिल्लाका कम्युनिष्ट नेताहरुको दावी छ। यसै विषयमा मैले कांग्रेस र कम्युनिष्ट नेताहरुबाट सुनेका केहि भनाइहरु यहाँ जस्ताको तस्तै राखेको छु। 

कांग्रेस नेता 
  • झूलेमा धेरै मत झर्‍यो। त्यो मतपेटिका ल्याउनका लागि त्यहाँ खटिएर गएको प्रहरीले सक्ने अवस्था देखिएन। त्यो अवस्था देखेपछि जिल्ला प्रहरी प्रमूखले विशेष सक्रियता देखाएर मतपेटिका जिल्लामा ल्याए। 
कम्युनिष्ट नेता 
  • झूलेमा धाँधली गरेर मत हालेको भनेपछि मतपेटिका बोकेर आउँदा लाहाछाप तोड्न कार्यकर्ताहरुले विभिन्न ठाँउमा प्रयास गरे। तामाकोसीमा एउटा मतपेटिकामा लाहाछाप तोड्ने काम पनि भयो। तर त्यसका बारेमा कतै सुनुवाइ भएन। यसलाइ लिएर पराजित उम्मेदवार आनन्द पोखरेल अदालत गए। तर त्यो मुद्धा तामाङको कार्यकाल सकिएपछि मात्रै फैसला भयो । 
  • झुलेको मतपेटिकामा ३४ ओटा प्याड स्टिचसम्म नखोली मतपेटीकामा हालेर ल्याइएको थियो । तिनलाइ मान्यता दिएर मतगणना भएको थियो । 
यसबाहेक पनि चुनावकै बारेमा सर्वसाधारणसँग भएका अरु सम्झना
  • चुनाव जितेपछि एकजना कार्यकर्ता उनलाई भेट्न एकाविहानै उनको डेरामा पुगेका थिए । उनले एकाविहानै के काम लिएर आएको भनेर उनलाई हप्काए। कार्यकर्ताले उनलाई आफ्नो काम भने र चुनावमा बुथ कब्जा गरेर जिताएका कारण त्यो काम गरिदिन आग्रह गरे। उनले जवाफ दिए 'मैले बुथ कब्जा गरेर मलाइ जिताउनु भनेको थिएँ र?'
  • २०६४ को चुनावमा उनले खारेका एकजना कार्यकर्तालाई फोन गरेर भने। त्यहाँ यताउति केहि नगर्नुस है। जनताकै मतले मैले जित्छु। (यो चुनावमा उनले तेश्रो स्थान हासिल गरे। विजयी तत्कालिन नेकपा माओवादीकि देवि खड्का भइन्। 
 कुनै तथ्यहरु थप्न, सुधार गर्न चाहनुहुन्छ भने कमेन्ट गर्नुहोस है  

सामाग्री बारे फेसबुकमा प्रतिक्रिया लेख्नुहोस ......

No comments:

Post a Comment

हाम्रो फेसबुक पाना